प्रतापपुर गाउपालिकाको बाउन्नगढी नै प्राचीन बौद्ध कालिन गजगढी
नवलपरासी,१८ फागुनजिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाएको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका हुन् ।प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उतm सैनिक गढ पनि यसै क्षेत्रमा रहेको बौद्ध गन्थहरुमा उल्लेख भएको पाइन्छ । सोही गजगढी कालान्तरमा बाउन्नगढी भएको र यस क्षेत्रमा देवीदेवताको पुजा आजा समेत हुने गर्दा यहाँ बाउन्नगढी देवीको रुपमा अहिले पनि पुजापाठ हुदै आएको छ,गाउपालिका अध्यक्ष यादवले भने,तर यसको प्राचिनताको पहिचान र ऐतिहासिक खोज अनुसंधान गर्दै यसलाई वृहद लुम्बिनीक्षेत्र(ग्रेटर लुम्बिनी)सँग जोडेर विकासका लागि गाउपालिकाले योजना बनाउने छ । यो प्राचिन सम्प...








