नवलपरासी,२५ पुस
(बार्षिक रु.८ करोड १० लाखको माछा उत्पादन गर्न सकिने विज्ञको भनाई)
जिल्लाको प्रतापपुर गाउपालिका भित्र रहेको भारतिय मुख्य पश्चिमी नहर सिचाई प्रणालीका किनारका जलासयलाई गाउपालिको ब्यवस्थित गरि मत्स्य पालनमा उपयोग गर्ने भएको छ । बर्षाै देखी खेर गईरहेको उतm जलासयको उपयोग गर्ने गरि नीति कार्यक्रम बनाउने कार्य भई रहेको गाउपालिको जनाएको हो ।
गाउपालिका भित्रै साधन स्रोत छ,गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने,तर अहिलेसम्म ध्यान कसैको गएन् । नेपाली भुमि भएर भारतिय नहर बगेको छ । नहर किनारमा जलासय बनेको छ । सो जलासय बर्षाै देखी अलपत्र अवस्थामा छ । रोजगारी खोज्दै स्थानिय युवा विदेशीएका छन्,उनले थपे्,विदेशका माछाले नेपाली बजार लिदैछ । यसबारे स्थानिय युवालाई मत्यस्य पालन योजनामा ल्याउन सकियो भने विदेशी माछाको आयात घटाउछ । नेपाली युवालाई आफ्नै देश र घरमा बसेर रोजगारी दिलाउन सक्छ । तर यसको नेतृत्वदायी भुमिका भन्ने गाउपालिकाले नै लिनु पर्ने उनले धारणा ब्यतm गरेका थिए । हुन त मत्यस्य पालन गरेर अनुभवन समेत सँगालेका गाउपालिका अध्यक्ष यादव सोही जलासय किनारमा आफ्नो मत्स्यपालन योजना शुरुवात गरेका थिए । त्यसैबाट सफलता हात पार्दै अहिले गाउपालिकाको नेतृत्वदायी भुमिका खेल्ने स्थानमा पुगेका छन् ।
भारतिय मुख्य पश्चिमी गण्डक नहरको पुर्वी भागमा मात्रै ४५ हेक्टरको जलासय फैलिएको छ । सो जलासयमा समान्य छेकबार बनाउने वित्तिकै पोखरीको आकार लिन सक्छ । थोरै लगानीले ति जलासय उपयोगमा ल्याउन सकिन्छ । स्थानिय युवालाई सोही पोखरीमा माछापालनका लागि प्रोत्साहित गर्न सकिन्छ । माछाबजारको अभाव पनि छैन् । उतm जलासयमा सधै पानी जम्मा रहने हुदा पानी अभाव पनि हुदैन् । नहर छेउको जलासयमा नहरको चुहावट(सिपेज) भएर जाने पानीले पनि जल परिपुर्ण हुने देखिएको छ । यसले किसानलाई पानीका लागि पनि छुट्टै लगानी गर्नु पर्दैन्,उनले भने,पोखरी ब्यवस्थित गरि समान्य छेकबारको ब्यवस्थापन गर्ने हो,। माछा भुरा हालेर नियमित दाना मात्र खवाएर हुर्काउने अवस्था पनि सहज नै छ ।
नहरको चिस्यानले जहिले पनि माछालाई गर्मियाममा गर्मिले माछा मर्ने जोखिक पनि कम छ । सबै क्षेत्रमा माछापालन गर्न सकियो भने मत्यस्य क्षेत्र विकासको स्वरुप पनि लिन सक्छ । कृषि पर्यटनलाई पनि यसमा जोड्न सकिन्छ । तर युवाहरु अग्रसर हुन पर्यो,उनले थपे,एक जना युवा विदेश जादा कम्तीमा एक देखी दुई लाख खर्चने गरेका छन् । तर त्यही लगानी एक पटक सो जलायसमा हाल्न सक्यो भने,विउ पुजिँको रुपमा सो रकम हुन सक्छ । स्थानिय युवालाई सरकारबाट आउने अनुदान,शिप लालिम,उद्यमशिलता सबै गाउपालिकाले उपलब्ध गराउन सक्छ । पशु सेवा विज्ञ कार्यालय परासीले समेत यसमा लगानी गर्न सक्छ । प्रदेश सरकार तथा संघिय सरकारको लगानी पनि भित्रयाउन सकिन्छ ।
४५ हेक्टर क्षेत्रफल रहेको उतm जलासयका लागि पहिला ब्यवस्थित गर्ने नीति बनाउछौ,त्यस पश्चात युवाहरुद्धारा प्रस्ताव माग गर्ने र त्यसलाई वृहद मत्स्यपालन परियोजना बनाइने लक्ष्य रहेको गाउपालिका अध्यक्ष यादवले बताए । एक जना युवालाई कम्तीमा १० कट्ठाको दरले यदि उपलब्ध गराउन सकियो भने १ सय ३५ जना युवालाई यसै मत्स्यपालन योजनामा रोजगार प्रदान गर्न सकिन्छ । त्यसै खेर गईरहेको जलासय अतिक्रमण हुने गरेको छ । पटेरले भरिएको उतm जलासय अहिले फोहर जस्तै देखिने गरेको छ । सो फोहरलाई मोहरमा परिणत गर्ने,माछापालनमा युवालाई आकर्षित गरि रोजगारी सृजना गर्ने र उत्पादित माछाले नेपालमा माछा आयात विस्थापन गर्दै बजार सन्तुलनमा पनि सहयोगी बनाउन सक्ने अवस्था देखिएको छ । यसबारे चाडै नै योजना बन्ने उनको भनाई थियो ।
गाउपालिकाले यदि यस्तो योजना अगाडी सार्यो भने, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा मत्यस्य विकास अधिकृत श्रवण कुमार चौधरीलेले यस कार्यालयबाट पनि सहयोग रहने बताए । नयाँ पोखरी भन्दा पुरानै जलासय ब्यवस्थित गरि माछापालन गरियो भन्ने झ प्रभावकारी हुने उनको भनाई थियो । उनका अनुसार यदि राम्रोसँग माछालाई दाना हाल्ने,उपचार गर्ने,कृषि कर्म गर्न सकियो भन्ने प्रति कट्ठा ३ क्वीन्टलसम्म माछा उत्पादन लिन सकिन्छ । यसरी सो जलासयबाट बार्षिक ८ करोड १० लाखको माछा उत्पादन गर्न सकिन्छ । तर त्यसका लागि गाउपालिका र स्थानिय युवाले काम गर्ने साहष देखाउनु पर्छ । आखिरमा ति जलासय त्यसै खेर गईरहेको छ उनले भने ।