महेशपुर—त्रिवेणी सडकलाई ‘नेपाल—भारत मैत्री मार्ग’ रुपमा निर्माण गरिनेछ ः प्रदेश साँसद कलवार

नवलपरासी,३ मंसिर
जिल्लाको महेशपुर नाका जोड्ने महेशपुर त्रिवेणी सडकलाई नेपाल भारत मैत्री मार्गको रुपमा स्थापित गरि निर्माण गरिने सो क्षेत्रका जनप्रतिनिधिले बताएका छन् । सो सडकमा नेपालीसँगै भारतिय नागरिकहरुको आवागमन हुने हुदा नेपाल भारत मैत्री मार्गको रुपमा स्थापित गरि काम हुनु पर्ने नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य देवकरण जैसवाल(सन्तु)ले बताएका हुन् ।
उनका अनुसार भारतिय सिमासँग जोडिएको उतm सडक लुम्बिनी प्रदेशमा पर्ने महेशपुर भन्सार नाका देखी गण्डकी प्रदेशको त्रिवेणी नाका जोड्ने सडक हो । नेपालको लुम्बिनी र गण्डकी प्रदेशलाई सडकले जोडेको छ,उनले भने,नेपालको मात्रै होईन,भारतको उत्तर प्रदेश र विहार प्रदेशलाई पनि जोड्ने सडक पनि हो । यस सडकमा नेपाली भन्दा भारतियले आवागमन गर्ने गरेका छन्, उनले थपे, यो सडक प्राचिन काल देखी नै चल्ने गरेको भए पनि नेपाल सरकार र भारत सरकारको ध्यान गएको छैन् । एक दशक पहिला जिल्ला विकास समितिले मर्मत सम्भार गरि सडकलाई ओटासिल गरेको थियो ।
तर जिविस खारेज भए देखी उतm सडक अलपत्र परेको छ । ठाँउ गाँउमा सडक भत्किदा स्थानियले सास्ती झेल्दै आएका छन् । पाल्हीनन्दन गाउपालिका,सरावल गाउपालिका,प्रतापपुर गाउपालिका र सुस्ता गाउपालिका जोड्ने गरेको छ । अन्तमा भारतको विहार प्रदेश पश्चिमी नम्पारनको भैसालोटन बजारसम्म जोडिने हुदा यो सडकलाई अब नेपाल भारत मैत्री मार्गको रुपमा चिनाउनु पर्ने धारणाा प्रदेश साँसद कलवारले राखेका थिए । यसका लागि आफुले प्रदेश सरकार मात्रै नभई संघिय सरकारसँग पनि पहल गर्छु,उनले भने,सो सडकमा लागनी गर्नका लागि आफुले भारतिय दुताबासमा समेत पहल गरिने छ । मलाई विश्वास छ,उनले थपे,यसका लागि यसै क्षेत्रबाट संघिय साँसद विनोद चौधरीले पनि आवश्यक पहल गर्नेछन । भारतसँग भए पनि नेपाली लगानी भए पनि यसै बर्ष देखी यसको कार्य प्रारम्भ गरिने उनको दाबी थियो ।
विगत बर्षका जनप्रतिनिधिले यो सडक प्रति वेवास्ता गरे पनि सडकलाई नेपाल भारत मैत्री मार्गको नामाकरण सहित चाडै नै निर्माणका लागि आफुले पहल गर्ने दाबी प्रदेश साँसद कलवारको थियो । सो सडकको अधिकाँस भाग जिल्लाको पुर्वि क्षेत्रका तत्कालिन साँसद र प्रदेश साँसद मन्त्रि बने तर सो क्षेत्रको सडक नबनेको गुनासो स्थानियबासीले गर्दै आएका थिए । जिल्लाको निर्वाचन क्षेत्र नं.१ साँसद हृदेश त्रिपाठी संघिय मन्त्री बने क्षेत्र नं.१(ख)का प्रदेश साँसद अजय बहादुर शाही प्रदेश सरकारका मन्त्री भए पनि सोही क्षेत्रको प्रमुख सडक महेशपुर —त्रिवेणी सडक जिर्ण सडक बन्न नसकेको गुनासो गर्दै हालको निर्वाचनमा चुनावी एजेण्डा समेत सडक बनेको थियो । सो चुनावी एजेण्डाले जनतामा प्रभाव पार्दा दुबै संघिय साँसद त्रिपाठी र प्रदेश साँसद शाही दुबै जना चुनावमा पराजित भएका छन् । जनताले चुनावमा पराजित गरि खहिले सो क्षेत्रबाट विनोद चौधरी र देवकरण कलवारलाई चुनाव जिताएको हुदा सो सडकलाई पहिलो प्राथमिकतामा रहेको प्रदेश साँसद कलवारको भनाई छ ।
तत्कालिन जिविसबाट निर्णय गराएर परियोजना मार्फत सडकलाई ओटासिल गराएका थिए । जिविस खारेज भए पछि सो सडकको मर्मत सम्भार पुर्ननिर्माण कस्ले गर्ने ? बारे पनि अन्यौलता छ । स्थानिय तहमा नपर्ने उतm सडक कि संघ सरकार र कि प्रदेश सरकारको स्वतः जिम्मेवारी हो,तर यसै क्षेत्रका दुबै मन्त्रि रमितेमै दिन विताए,सडक प्रति वास्ता नगर्दा अहिले सो सडक वेवारिसे भएको स्थानिय ४१ बर्षिय अंगद कुमार यादवले बताएका थिए ।
सन २०१२ साल विश्व बैंकको सहयोगमा ग्रामिण पहुँच सुधार तथा विकेन्द्रकरण परियोजना(आए ए आई डिपि) अयोजना मार्फत साढे ८ किलो मिटर सडकमा माटो पुर्ने,सडक ग्राभेल गरि ओटासिल गर्ने काम मात्र गरेको थियो । ओटासिल गरेको उक्त सडक दुई चार बर्ष धुलो मुक्त बनायो, तर पछि मर्मत सम्भार गर्ने निकाय नहुदा सडक भत्किएर फेरी ग्राभेलमा परिणत भएको छ । सडकमा आवत जावत गर्न समस्या भएको गुनासो यादवको थियो । महेशपुर देखी त्रिवेणी जोड्ने मार्ग मात्रै नभई भगवान बुद्धले महाभिनिष्क्रमण लिएको स्थान अनोमाघाट(ठाढीघाट) र सुस्ता भुमिलाई समेत सोही सडकले जोड्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *