नियमन निकायले अनुगमन नगर्दा निर्माण कार्यमा अनियमितता बढेको स्थानियको आरोप
नवलपरासी,२ पुुसजिल्ला भित्र अहिले ठाँउ ठाँउमा निर्माण कार्यमा अनियमितता भई रहेको भए पनि नियमन गर्ने निकाय मौन रहेको आरोप स्थानियबासीले लगाएका छन् । जिल्ला अनुगमन सिमिति होस वा जिल्ला भित्रका भए गरेका गतिविधिका लागि जनप्रतिनिधि मुलक निकाय जिल्ला समन्वय समिति(जिसस)ले समेत ति अनियमितता प्रति ध्यान नदिनु प्रति स्थानियले आश्चर्य ब्यतm गरेका हुन् ।जिल्लाको प्रमुख मार्ग हुलाकी राजमार्ग निर्माणमा कमसल इटको प्रयोग होस वा महेशपुर मुल भन्सार जोड्ने सडकको ढल दुबैमा कमसल समाग्रि प्रयोग भई रहेका छन् । कमसल समाग्रि प्रयोग गर्दा महेशपुर भन्सार जोड्ने सडकको ढल भत्किएको छ । त्यसै गरि हुलाकी सडकका पुल कलभर्ट निर्माणमा सिम इटका प्रयोग भई रहेका प्रमाण सहित विभिन्न आम सञ्चार माध्यम र समाजिक सञ्जालमा आउदा समेत नियमन गर्ने निकाय कानमा तेल हालेर बसेको आरोप स्थानियबासीको रहेको छ । अनुगमन निकाय पनि भत्ता मुखी हुदा य...








