जग्गाको ‘भु—उपयोग’ बर्गिकरण कार्यमा खटिए प्रतापपुर गाउपालिकाका जनप्रतिनिधि

नवलपरासी,४ माघ
भु उपयोग बर्गिकरण कार्य बेलामा हुन नसक्दा रोकिएको जग्गाको कित्ता काटले नागरिकको सम्पती राख्ने,खरिद विक्रि गर्न सक्ने ‘मौलिक हक हनन’ नहोस भनेर जिल्लाको प्रतापपुर गाउपालिकाले सो कार्य पुरा गर्न तत्परता दिएको छ । जिल्लाको रामग्राम नगरपालिकाले बनाएको भु उपयोग बर्गिकरण कार्य हावादारी भएको नापी कार्यालय जनाइरहेकै बेला प्रतापपुर गाउपालिकाले भु उपयोग बर्गिकरणका लागि वार्ड र टोल टोलमै पुगेर आफ्ना वार्ड सदस्यहरुलाई बर्गिकरण कार्य गर्नका लागि जनप्रतिनिधि परिचालित भएका हुन् ।
बर्गिकरण कार्यलाई जति सक्दो छिटो छरितो गरि नापी कार्यालयमा लगत विवरण पाठएर कित्ताकाट प्रकृया खुल्ला गर्ने उदेश्यले गाउपालिका लागि परेको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । यस्तो काममा कर्मचारी मात्रै खटेर हुदैन्,उनले भने,त्यही भएर अहिले वार्ड वार्ड र टोल टोलमै पुगेर सम्बन्धित किसानका जग्गा विवरण तयार गर्न लगाइएको छ । नापीले उपलब्ध गराएको नक्सा अनुसार कित्ता नम्बर नै उल्लेख गरि कित्ता नं.क्षेत्रफल र बर्गिकरणमा राखेर सम्बन्धित किसानको हस्ताक्षर समेत गराउदै आएको छ ।
किसानले पछि मैले भनेको होईन,भनेर भन्न नपाउन भनि सम्बन्धित किसानबाट हस्ताक्षर गराउने र त्यसको साक्षीको रुपमा सम्बन्धित वार्डका वार्ड अध्यक्ष र वार्ड सदस्यहरु बस्ने गरेका छन् । अहिले धेरै वार्डले जग्गाको भु उपयोग बर्गिकरणमा लागि परेका छन् । किसानले बर्गिकरण गरे पछि सबै लगत संकलन गरि एक प्रति पालिकामै राखेर सो विवरण नापी कार्यालयमा पठाउने अध्यक्ष यादवको भनाई थियो ।
कित्ता नम्बर सहितको लगत विवरणलाई वार्ड कार्यालयमा ब्यवस्थित गर्दै गरेको अवस्थामा भेटिएका प्रतापपुर गाउपालिका वार्ड नं.९ का वार्ड सदस्य विरेन्द्र कुमार चौधरीले जग्गा बर्गिकरणको महत्व सम्झाउदै किसानको घरदैलो गर्दै काम गरिहेका छौ । सरकारले यो दायित्व स्थानिय तहलाई नै जिम्मा लगाएको छ । स्थानिय तहको जिम्मेवारी पुरा गर्ने कार्य मात्रै नभएर जुन प्रतिवद्धता गरेर जनप्रतिनिधि चुनिएका छौ,त्यो त पुरा गर्नै पर्यो । त्यो पनि आफ्नै गाउ ठाँउको काम हो । एक पटक यसरी बर्गिकरण गरिए पछि सधैलाई काम पुरा हुन्छ । यसले गाउपालिकालाई पनि फाईदा नै रहेको छ । किसानहरुको काम रोकिदा उनीहरु गुनासो लिएर हामी वार्ड र टोलमा बस्ने जनप्रतिनिधि कहाँ नै आउने गरेका छन् । अरुलाई देखाएर उम्किने भन्दा जनप्रतिनिधि खटिएर किसानको जग्गा बर्गिकरण गराईदिए पछि सो कामबाट उन्मुतिm हुन्छ । साथै किसानलाई पनि राहत हुन्छ ।
नागरिकले जग्गाको विक्री वितरण होस वा अंशबण्डा,नामसारी सबै कामका लागि नापी कार्यालय जादा जग्गा बर्गिकरण नभएको बन्दै कित्ताकाट रोकिएको भनेर नापी कार्यालयका कर्मचारीले फर्काउदै आएका छन् । जग्गा बर्गिकरणका कार्य सकिने वित्तिकै कित्ताकाट खोलिने हुदा किसान र नागरिक पनि सहज ढंगले नै विवरण भरिदिने गरेका छन् । यो कार्य पुरा गरिदिए पछि नागरिकको मौलिक हक हनन हुदैन्,उनले भने, जिम्मेवार जनप्रतिनिधिको काम गराईदिन दायित्व पनि हो । अहिले नवलपरासी जिल्लामा रहेका तिन नगरपालिका र चार गाउपालिका मध्ये प्रतापपुर गाउपालिकाले भु उपयोगका लागि जग्गा बर्गिकरणका कार्यलाई तिब्रता दिएको छ । केही पालिकाले टेण्डरमार्फत भु उपयोग जग्गा बर्गिकरण गर्न तर्फ लागेका छन्,भने केही अहिले पनि अलमलमै देखिएका छन् । सरकारले गत मंसिर २४ गते भित्रै जग्गा बर्गिकरण गरि विवरण पठाईदिनका लागि नापी विभागले सबै स्थानिय तहलाई पत्राचार गरेको थियो । तर अहिलेसम्म कुनै पालिकाले विवरण बुझाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *