Health Advertisement

प्रतापपुर गाउपालिकाको सार्वजनिक सुनुवाई

नवलपरासी,६ माघ
जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिकाको सेवाबाट प्रदान गरिने सेवा सुविधाबारे जनताको गुनासो र प्रतिकृया लिने उदेश्यले सार्वजनिक सुनुवाई गरेको छ । गाउकार्यपालिका तथा विभिन्न शाखा र वार्ड कार्यालयहरु मार्फत सम्पदान हुने कार्यक्रमबारे जनताले प्रत्यक्ष सवाल जवाफ गर्ने गरि सो सार्वजनिक सुनुवाई भएको हो ।
त्रिभुवन नमुना मावि परिसरमा शुक्रवार भएको सार्वजनिक सुनुवाईमा ४६ जना सेवाग्राही र स्थानियबासीले गाउ कार्यपालिका अध्यक्ष उमेशचन्द यादव लगायतका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरे सहित प्रमुख शाखाहरुमा शिक्षा र स्वास्थ्य,योजना,कृषि लगायतका कार्यक्रमसँग सम्बन्धित प्रश्नहरु उठाएका थिए । स्थानियबासीको प्रश्नको जवाफ तथा जिज्ञासा मेटाउदै अध्यक्ष यादवले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै अबका दिनमा गाउपालिकाबाट सेवा प्रवाहमा कुनै प्रकारको ढिलाई,जनभावना विपरित हुने कार्यलाई रोक्ने प्रतिवद्धता जनाएका थिए ।


नेपालमा संघिय सरकार र प्रदेश सरकारको संसदमा प्रतिपक्षको भुमिका भएको र प्रत्यक्ष निर्वाचित हुने स्थानिय सरकारमा प्रतिपक्षको भुमिका नभएका कारण यहिँ ‘सार्वजनिक सुनुवाइर्’ मार्फत नै जनताले स्थानिय सरकारसँग सवाल जवाफ गरेर सरकारलाई जवाफदेही बनाउने र आवश्यक रचनात्मक सुझाव पनि दिने हुदा यो सुनुवाई गरिदै आएको हो । बर्षमा दुई पटक यस्तो सार्वजनिक सुनुवाई निरन्तर हुने अध्यक्ष यादवले जानकारी गराएका थिए । स्थानिय सरकार सञ्चालन ऐन,संघ र प्रदेशको कानुनको अधिनमा रही सबै काम कारवाही हुदै आएको छ । जनताको भावना र चाहना अनुसार नै अहिलेको कार्यपालिकाले काम गर्नेछ,उनले भने, सबै सिक्ने क्रममै छौ,जनताको सुझाव प्रत्यक्ष र परोक्ष आवश्यक छ । सबै मिलेर नै गाउपालिकाको विकास सम्भवन छ ।


कार्यक्रमको समन्वय कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिले गरेको थियो । सार्वजनिक सुनुवाई हुनु पहिला नै समन्वय गर्ने सस्थाले सर्वेक्षण र अनुसंधान गरेको थियो । वार्ड नं.९ मा एउटा नमुना सुनुवाई पनि गरिएको प्रालिका प्रवन्ध निर्देशक बेचु गौडले जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत घिमिरेले शाखाहरुबाट काम कारवाही ढिलो भए प्रशासकिय अधिकृतलाई तत्कालै गुनासो राख्न आग्रह पनि गरेका थिए । कार्यक्रममा २ सय २० जनाको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई उत्साहजनक रहेको स्थानिय युवा युवराज मौर्यले बताए । यस्तो सार्वजनिक सुनुवाई निरन्तर भई राख्नु पर्छ,उनले भने,अनि मात्र जनताका कुरा सार्वजनिक रुपमा जनप्रतिनिधिले सुन्ने छन्,जिम्मेवार भई काम गर्ने छन् । यो कार्यक्रमले निरन्तरता पायो भने मात्र पालिकाको कामकारवाही पारदर्शी हुदै जानेमा उनले विश्वास ब्यतm गरेका थिए । कार्यक्रम सञ्चालन पत्रकार हुसेन अंसारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *