एउटै कम्पाउण्डबाट आयुर्वेदिक चिकित्सा र एलोपैथी उपचार सेवा दिदै प्रतापुर गाउपालिकाको जगर्नाथपुर स्वास्थ्य केन्द्र
जिल्लाको प्रतापुर गाउपालिका स्थित अस्पताल उन्मुख जगर्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद र एलोपैथी उपचार एउटै (कम्पाउण्ड)परिसरबाट शुरु गरिएको छ । गाउपालिका भित्र १५ सैया अस्पताल निर्माणको क्रममा बन्दै गरेको केन्द्रमा आयुर्वेदिक सहितको एलोपैथिक सेवाले स्थानियबासी लाभान्वित भएका हुन् ।
एउटै परिसरमा आयुर्वेदिक र एलोपैथिक सेवा दिने जिल्लाको पहिलो स्वास्थ्य केन्द्र भएको केन्द्रका सिनियर अहेव इन्द्र लामिछानेले जानकारी गराए । यसले आउने विरामीलाई सहज भएको छ,उनले भने,केन्द्र आउने विरामीले एकै स्थानमा टिकट काट्छन्,पहिला एलोपैथी सेवा तर्फ जान्छन्,दिर्घ रोगको लक्षण देखिए ति विरामीलाई चिकित्सकले आयुर्वेद विभागमा पनि देखाउनु भनि परामर्श दिने गरिएको छ । यसले विरामीलाई पनि सन्तुष्टि बढेको छ । यस्तो सेवा शुरु गरिए पनि प्रचार प्रसार नहुदा कतिपय विरामी अहिले पनि बाहिर क्लिनिकमा भौतारिन परेको महशु...

