नवलपरासी,२८ पुस
जिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो १३ औ गाउसभाको शुभारम्भ गर्दै हिउँेदे अधिवेशन शुरु गरेका छ । विहिवार लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेशसाँसद) देवकरण कलवारको प्रमुख आथित्यता र जिसस प्रमुख भगौती यादवको विशिष्ठ आथित्यतामा गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले हिउँदे अधिवेशनको एक कार्यक्रम विच शुरभारम्भ गरेका हुन् ।
विगत बर्षमा एक दिनमै सभाको अधिवेशन सकाउदै आए पनि यो बर्ष देखी संसदिय अभ्यास गर्ने उदेश्यले लामो समयसम्म सभा सञ्चालन रहने जानकारी समेत अध्यक्ष यादवले गराएका थिए । उनले अधिवेशनको शुभारम्भमा गाउसभाका सदस्य समक्ष विभिन्न २६ बुदे प्रस्तावहरु प्रस्तुत गरेका थिए । प्रस्तुत प्रस्तावबारे सभा सदस्यहरुले केही समय लिएर अध्ययन गर्ने,आफ्ना सुझावहरु प्रस्तुत गर्ने गरि अध्ययनका लागि विहिवारका लागिसभा स्थगित गरिएको समेत जानकारी गराएका थिए । सभामा प्रस्तुत प्रस्तावमा हालसम्मको गाउपालिकाले गरेको आय ब्याय र बार्षिक योजना कार्यक्रम,गाउपालिकाले निर्माण गर्न लागेको विभिन्न कानुनहरु,चालु आबको अनुगमन प्रतिवेदन,बार्षिक समिक्षा प्रतिवेदन,लिलाम विक्रि सम्बन्धित विषय बस्तुहरु प्रस्तावमा उल्लेख छन् ।
त्यसै गरि गाउपालिकाको न्यायिक समितिलाई सबल सक्षम बनाउने गरि मेलमिलापकर्ताको सुचिकृत गर्ने,भु उपयोग जग्गा र्बिगकरण,टाँगीकोट पुल निर्माण,सुकुम्बासी,दलित सुकुम्बासी र अब्यवस्थित जग्गाको लगत संकलन,प्रतापपुर सुस्ता अन्तर स्थानिय तह समन्वय समिति,गाउसभा रकार्यपालिका बैठकहरुका निर्णय अनुमोदन,जनशतिm ब्यवस्थापन,गाउपालिकाबाट गठन भएका समिति र त्यसका प्रतिवेदन,सडकको क्षेत्रधिकार र मापदण्ड,राजश्व बाडफाडबाट प्राप्त अनुदान तथा सबै किसिमकाअनुदान र राजस्व,सवारीसाधन खरिद,करदातालाई कर मिन्हा,विभिन्न शिर्षकमा रकम विनियोजन र अनुमोदन,समपुरक अनुदान तथा संघिय अनुदान,खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि योजना,विभिन्न कोषहरुको स्थापना,टोलविकास संस्था गठन,निशुल्क शिक्षा सम्बन्धि ब्यवस्था,जमुनिया हाटबाजरको राजश्व र सेवा सुविधा सम्बन्धि प्रस्ताव शिर्षकहरु सभामा प्रस्तुत गरिएको थियो ।
सभा सदस्यहरुलाई यि प्रस्तावबारे सम्बन्धित सरोकारवाला र शाखासँग समन्वय गरि अध्ययन गर्ने र आर्को दिन बस्ने गाउसभामा आफ्ना विचार राख्ने गरि सभा अध्यक्ष यादवले सभा स्थगत गरेका थिए । उनले गाउपालिकाले लिएको लक्ष्यमा अन्य महत्वपुर्ण कार्यहरुको प्रगति र संक्षिप्त जानकारी समेत गराएका थिए । जस्मा गाउपालिका भित्र सबै खेतमा कृषि विद्युतीकरणका लागि डिपिआर बनाउने कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी गराएका थिए । सो डिपिआरमा विद्युत पोल,तार र ट्रान्सफर्मर खरिद गर कुल ४३ करोड रकम लाग्ने अनुमान गरिएको छ । त्यसै गरि साढे ११ करोड लागतको गाउपालिकाको प्रशासनिक भवनको टेण्डर भई सकेको जानकारी गराएका थिए । गाउपालिकाले रिँगरोडको अवधारणा अनुसार कामलाई अगाडी बढाएको र सरावल,सुस्ता र प्रतापपुर गाउपालिकाको समन्वयमा दमकल खरिद र सञ्चालनमा ल्याउने गरि काम अगाडी बढाईको समेत बताए । उनले चालु आबको हालसम्म अघिल्लो गाउसभाले पास गरेको प्राप्त हुने कुल ६८ करोड अनुदानमा ३९ करोड अनुदान प्राप्त भएको र त्यस मध्ये १५ करोड रकम मात्र खर्च हुन सकेको बताएका थिए ।
त्यसैगरि गाउसभामा गाउपालिकाकी उपाध्यक्षले आफ्नो न्यायसम्पादनको प्रगति प्रतिवेदन र अनुगमन प्रतिवेदन पनि प्रस्तुत गरेकी थिईन् । गाउसभालाई ब्यवस्थित र मार्यादित तरिकाले नै सञ्चालन हुने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । यसका लागि सबै बन्दोबस्त मिलाईएको उनको भनाई थियो । गाउसभाको उदघाटन गर्दै लुम्बिनी प्रदेश साँसद कलवारले प्रस्तापुरको विकासमा लुम्बिनी प्रदेश सहकार्य गरेर अगाडी बढने प्रतिवद्धता जनाएका थिए । संघको विकास निर्माण होस वा प्रदेशको विकास निर्माण कार्य होस ति सबै स्थानिय जनताको लागि हो,त्यो भएर गाउसभा सदस्यहरु सबैले जनताको सेवाका लागि निरन्तर लागि रहन आग्रह गरेका थिए । जनताको सेवा गर्नुस, उनले भने, निर्वाचनको बेला जनताको घरदैलो चहार्दै भोट माग्न पर्दैन् । जनता आफैले मुल्याँकन गरि पुनः मतदान गरि जिम्मेवारी सुम्पने छन् । सभालाई सम्बोधन गर्दै जिसस प्रमुख यादवले पनि गाउपालिकाको बिकास निर्माण वा स्रोत ब्यवस्थापनको समन्वयमा निरन्तर लागि पर्ने बताएका थिए । गाउपालिकाको विकास जोडेर नै जिल्लाको विकास हो,प्रदेशको विकास हो र मुलुकको समृद्धि र विकास हो । त्यसमा जिससले खेल्नु पर्ने भुमिकाबाट पछाडी नहट्ने प्रतिवद्धता दोहर्याएका थिए ।