Health Advertisement

प्रतापपुर गाउपालिकाद्धारा प्रशासनिक भवन निर्माण कार्यमा तिब्रता

नवलपरासी,२६ माघ
जिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनियक भवन बनाउने कार्यलाई तिब्रता दिएको छ । अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागिएको गाउपालिकाले जनाएको हो ।
साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन नसकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आए पछि प्रशासनिक भवन जसरी पनि बनाउने लक्ष्य लिई काम गर्न थालेको हो । अहिले सरकारको तोकेको मापदण्ड र नीति अनुसार नै नजिकै रहेको प्रतापपुर स्वास्थ्य चौकी भवन क्षेत्रको जग्गामा भवनको निर्माण गर्ने गरि कार्य अगाडी बढाइएको गाउपालिका अध्यक्ष उमेश चन्द यादवले बताए । स्वास्थ्य चौकीको भवन जिर्ण भई सकेको थियो,उनले भने,अब गाउपालिकाले नै स्वास्थ्य चौकीको लागि नजिकै भवन बनाउने र स्वास्थ्य चौकी भवन रहेको स्थानमा गाउपालिकाको प्रशासनिक भवन बनाउने गरि कार्य अगाडी बढाईएको छ । स्वास्थ्य चौकी र प्रशासनिक भवनको शिलान्यास पनि एकै दिन गर्ने गरि योजना अगाडी बढाउने लक्ष्य रहेको छ । सोही अनुसार काम पनि भई रहेको छ ।
करिब ९ कट्ठा जग्गामा प्रशानिक भवनको निर्माण हुने गरि भवन निर्माणका लागि टेण्डर समेत भई सकेको उनले बताए । १२ करोड बढि लागतको बन्ने प्रशासनिक भवन निर्माणमा केही अवरोधहरु समेत सिर्जना गर्ने गतिविधि भएको थियो,उनले थपे,तर सबै कार्य कानुन सम्मत तरिकाले विधि पुर्याएर काम भइ रहेको छ । यसले भवन निर्माणमा अब बाधा नआउने उनको भनाई थियो । स्वास्थ्य चौकी भवन भत्काउनु पुर्व स्वास्थ्य चौकीलाई नजिकै रहेको साविक प्रतापपुर गाविस भवन,हालको प्रतापपुर गाउपालिका वार्ड नं.९ को वार्ड कार्यालयमा सारिएको छ । त्यहाबाट स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । वार्ड कार्यालयलाई भारतिय मुख्य पश्चिमी गण्डक नहर नजिकै रहेको उखु उत्पादक कृषक समितिको भवनमा सारिएको छ । सो स्थानबाट वार्डका सेवाहरु प्रवाह भई रहेको छ ।
आफ्नै कार्यकालमा सकिने गरि भवन निर्माणका कार्य भई रहेको जनाउदै उनले जिर्ण स्वास्थ्य चौकी भवन भत्काउने गरि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिई भत्काउने कार्य भई रहेको छ । भवन भत्काएर सफाई हुने वित्तिकै गाउपालिकाको प्रशासनिक भवनको शिला न्यास हुन्छ । लगत्तै भवनको निर्माण कार्य शुरु हुन्छ । भवन निर्माण कार्यले स्थानिय उत्साही भएका छन् । प्रतापपुरबाट भवन अन्यत्र सार्ने चलखेत पनि भई रहेको थियो,तर अहिले गाउपालिका अध्यक्ष यादवको क्रियाशिलताले यथास्थानमै भवन बन्ने कुराले सो वार्डका बासिन्दा खुशी भएको स्थानिय युवराज मौर्यले बताए । प्रतापपुर हुलाकी राजमार्गसँगै भवन जोडिएको हुदा टाढाबाट आउने सेवाग्राहीलाई भवनमा पुगेर सेवा लिइने सुविधा रहने छ । तर गाउपालिकाले जसरी स्वास्थ्य चौकीको जग्गा उपयोग हुने गरि गाउपालिकाको प्रशासनिक भवन बनाउदै छ,त्यसैगरि स्वास्थ्य चौकीलाई पनि उपयुतm जग्गामा भवन पुर्वाधार समेत निर्माण गर्नु पर्छ ।
गाउपालिकाको प्रशासनिक भवन सबै गाउपालिकाको पुर्वाधार हो,उनले भने,तर स्वास्थ्य चौकीले पनि वार्ड नं.९ का बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको हुदा यसको पनि पुर्वाधार सँगसँगै निर्माण गर्दै लगे पछि स्थानियबासीमा पनि गाउपालिका प्रतिको विश्वास बढदै जाने उनको भनाई थियो । स्वास्थ्य चौकीहरु पनि गाउपालिकाकै स्वास्थ्य शाखा मार्फत सञ्चालन हुदै आएको र सेवा प्रवाह हुदै आएको हुदा स्वास्थ्य सेवा पनि गाउपालिकाको अभिन्न अंग भएको हुदा त्यस प्रति गाउपालिका गम्भिर रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । यस प्रति गाउपालिका परिवार प्रतिवद्ध छ र गम्भिर पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *