
नवलपरासी,२९ भदौ,
डिभिजन बन कार्यालय नवलपरासी अन्तरगत रहेका शसस्त्र बन रक्षकको पदपुर्ति नहुदा बन जोगाउन समस्या भएको छ । बन जंगल जोगाउने एउटा महत्वपुर्ण शुरक्षा निकाय शसस्त्र बन रक्षक दरबन्दी रितm हुदै जानु र सरकारले हालसम्म सो दरबन्दी पुरा नगर्दा डिभिजन कार्यालयलाई बन जोगाउनमा चुनौती थपेको हो ।
बन संरक्षणका लागि साधारण कर्मचारीसँगै शसस्त्र बन रक्षक आवश्यक रहेको छ । तर सरकारले बन रक्षकहरुको पदपुर्ति नगर्दा बन संरक्षण कार्यमा चुनौती थपिएको डिभिजन बन कार्यालयका डिभिजन बन अधिकृत महेन्द्रराज बाग्लेले बताए । उनका अनुसार डिभिजन बन कार्यालयसँग १९ जना शसस्त्र बन रक्षकको दरबन्दी रहेको छ । जस्मा १६ जना शसस्त्र बन रक्षक सिपाही पदका छन् । ति मध्ये ११ जना बन रक्षकको रदबन्दी रितm छ । ५जना शसस्त्र बन रक्षक सिपाही छन् । बनजंगलमा रात्रि गस्ति गर्नु पर्छ,अधिकृत बाग्लेले भने, त्यसका लागि शसस्त्र बन रक्षकसँगै हुन आवश्यक पर्छ् । त्यही भएर गस्ति प्रभावकारी हुन सकेको छैन् । शिविल कर्मचारीले के गर्ने ? हुन त २५ जना शिविल बन रक्षक छन्,तर तिनीहरु मात्रै भएर बनगस्ति त्यसमा पनि रात्री गस्ति गर्न झन चुनौती हुने गरेको उनको भनाई छ । शसस्त्र बन रक्षकको पदपुर्तिका लागि पटक पटक सरकार र शसस्त्र बन रक्षक तालिम केन्द्र टिकौली चितवनमा लेखि पठाइएको छ । तर पदपुर्ति हुन नसकेको उनको गुनासो थियो ।
डिभिजन बन कार्यालयका अनुसार जिल्लामा सरकारद्धारा ब्यवस्थित बन १२ हजार १ सय ६९ हेक्टर बन छ । १ हजार २ सय ४ हेक्टर साझेदारी बनको रुपमा १ वटा बुद्ध शान्ति साझेदारी बन क्षेत्र छ । समुदायद्धारा ब्यवस्थित ५६ वटा सामुदायिक बनको ९ हजार २ सय ६३ हेक्टर बनक्षेत्र रहेको छ । निजी बनको रुपमा जिल्लामा ८५ वटा रहेको छ । जिल्लाको सबै भन्दा बढि बन क्षेत्र सुनवल नगरपालिकामा १ सय २ बर्ग किलोमिटर रहेको छ । दोश्रो स्थानमा वर्दघाट नगरपालिकामा ९७ बर्ग किलोमिटर बन क्षेत्र रहेको छ । त्यसै गरि सुस्ता गाउपालिकामा १० र सरावल गाउपालिकामा ७ बर्गकिलोमिटर बन क्षेत्र रहेको छ ।
साझेदारी बन,सामुदायिक बन,विरुवा उत्पादन,बन सम्वद्र्धन कार्य,वृक्षारोपण,कृषि बन प्रवद्र्धन गरेर मात्रै बार्षिक ३ लाख ८६ हजार श्रमदिनको रोजगारी सृजना गर्दै आएको डिभिजन बन कार्यालयले जानकारी गराएको थियो । सामुदायिक,साझेदारी,निजी अवादी,जिल्ला बन पैदावार आपुर्ति समिति माफै १ लाख ५५ हजार ७ सय ५६ क्युफिट काठ र १ सय ४८ चट्टा दाउरा उत्पादन गरेको छ । राजकोषमा पनि डिभिजन बन कार्यालयले ३ करोड ४२ लाख ७२ हजार ५ सय ८२ रुपिया राजश्व योगदान समेत पुर्याएको छ । बन संरक्षण गरि आर्थिक भन्दा पर्यावरणिय योगदान हुने हुदा बन संक्षरक्षणमा ध्यान पुर्याउनु पर्ने अधिकृत बाग्लेको भनाई थियो ।
बन संरक्षणको जिम्मा बन डिभिजनलाई,राजश्व र विकास स्थानियलाई जस्तै बनेको जनाउदै अधिकृत बाग्लेले बन क्षेत्रमा ब्यतिmगत भन्दा संस्थागत बन क्षेत्र अतिक्रमण ठूलो चुनौती रहेको सुनाएका थिए । उनका अनुसार ७ सय ५१ हेक्टर बन क्षेत्र ब्यतिm र सस्थाको नाममा अतिक्रमण भएको तथ्याँक छ । जस्मा गत बर्ष ५ हेक्टर खाली गराईएको दाबी थियो । बन संरक्षणका लागि शसस्त्र बन रक्षकको आपुर्ति तत्काल आवश्यक रहेको र दिर्घकालिन रुपमा शसस्त्र बन रक्षकको दरबन्दी पनि परिमार्जन गरि वृद्धि गरिनु पर्ने आवश्यकता उनले औल्याएका थिए ।