रामग्रामको पुर्वाधार विकासमा दातृनिकायको आकर्षण बढ्दो
नवलपरासी,३१ भदौ
जिल्लाको रामग्राम नगरपालिकामा अहिले विकास पुर्वाधारका लागि लगानीकर्ताको आकर्षण बढदै गएको छ । नगरप्रमुख धनपत यादवले नगरक्षेत्रको पुर्वाधार विकासका लागि लगानीकर्ता खोज्दै स्थान देखाउदै सहजीकरणमा लागे पश्चात लगानीकर्ताको आकर्षण बढेको हो ।
लगानीकर्ता मध्येकै विश्व बैंकको टोलीले सर्वेक्षण थालेको छ । शुक्रवार विश्व बैकको अनुदानमा काम हुने गरि परासी सदरमुकाम देखी प्राचिन कोलिय गणराज्यको राजधानी समेत रहेको प्राचिन रामग्राम(पण्डितपुर) जोड्ने सडकको सर्वेक्षण कार्य शुभारम्भ भई सकेको छ । सोही आयोजना अन्तरगत रामग्राम ६,१०,१४,१५ र १८ वार्डको भुमिमा विस्तार हुदै गएको औद्योगिक क्षेत्रलाई पनि ब्यवस्थित गर्ने गरि योजना अगाडी सारिएको नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । यसका लागि करिब ६२ करोड लगानी विश्व बैंकले गर्नेछ,उनले भने, विश्व बैंकको शहरी शासकिय तथा पुर्वाधार आयोजना(एनयुपिआईपी) अन्तरगतको हो । उनका अनुसार यसले सदरमुकाम नगरपालिकामा ति क्षेत्रका जनताका लाग मात्र नभई प्राचिन रामग्राम अर्थात कोलिय गणराज्यको राजधानी फेला परेको पुरातात्विक,ऐतिहासिक पर्यटकिय क्षेत्रलाई पनि प्रवद्र्धन गर्नमा सहयोगी हुने छ ।
औद्योगिक क्षेत्रको रुपमा विकसित हुदै गएको क्षेत्रमा भने सडक,जलनिकास,पार्क लगायतका पुर्वाधारहरु बन्न नसक्दा औद्योगिक क्षेत्र अस्तब्यस्त बन्दै गएको थियो । औद्योगिक क्षेत्रमा बहुराष्ट्रिय उद्योग पेप्सी,वियर,चाउचाउ लगायतका दुई दर्जन भन्दा बढि ठूलठूला उद्योगहरु रहेका छन् । ति उद्योगहरु आफै जग्गा खरिद गर्दै स्थापना हुदै गए पनि सरकारी स्तरबाट भने ब्यवस्थापन हुन सकेको थिएन् । अहिले यो आयोजनाले सो क्षेत्रमा काम गर्ने भए पछि औद्योगिक क्षेत्र पनि ब्यवस्थित हुदै जाने छ । पोखरापाली देखी धरमपुरसम्म जोड्ने सडक बजार क्षेत्रमा ४० फिट र बजार बाहिर ६० फिटको दुई लैनको सडक बन्ने छ । जलनिकासका लागि ढल,उद्योग क्षेत्रमा मजदुर साईकलले हिड्ने हुदा साईकल लैन,फुटपाथ,आवश्यक कलभर्ट लगायतका पुर्वाधारहरु यसमा समेटिने छ ।
झण्डै साढे ८ किलोमिटर सडक बन्ने छ । यो सडक धरपुर हुदै देवदह नगरपालिकासम्म पुग्ने र उता तिलोत्तमा नगरपालिकाले समेत सोही प्रकारको सडक जोड्ने हुदा कालान्तरमा यो सडक हुलाकी राजमार्ग र पुर्वपश्चिम महेन्द्र राजमार्गको विचमा बैकल्पिक मार्गको रुप लिने छ । सो आयोजना हिउँद अगाडी नै शुरु हुने नगरप्रमुख यादवले जानकारी गराए । सर्वेक्षणको कार्य सकिने वित्तिकै नगरपालिकाले सडक छेउछाउमा परेको रुख,विरुवा,भौतिक संरचनालाई खाली गराईदिन्छ । त्यस पछि आयोजनाले आफ्नो निर्माणको कार्य अगाडी बढाउने छ ।
केही महिना पहिला नगरप्रमुख यादवले पहल गरे पछि १० करोडको लगानीमा परासी बजारको बाईपास चोक देखी मन्झरियाचोकसम्मको ६ लैनको सडकको निर्माण शुरु भई सकेको छ । त्यसै गरि एशियाली विकास बैंकको करिब ५० करोडको लागतमा आयोजनाहरु छनौटको प्रकृयामा रहेको छ । एशियाली विकास बैंकको आर.यु.डि.पी कार्यक्रम अन्तरगत जिल्लामा रामग्राम नगरपालिका छनौटमा परेको छ, नगर प्रमुख यादवले भने, त्यसका लागि विभिन्न योजनाहरुको माग आई रहेको छ । सम्भाब्यता अध्ययन गरि सो कार्यक्रमलाई छिट्टै बुझाईने छ । परासी बजार क्षेत्रमा जिल्ला अदालत अगाडी रहेको दैनिक हाटबजार सञ्चालनमा आउन नसकेको हुदा त्यसबारे पनि नगर विकास कोषसँग पहल गरि एक टावर भवनको निर्माण गर्ने र त्यहा सपिगँमलको निर्माण गर्ने गरि काम नगरपालिकाले अगाडी बढाएको छ । नगरक्षेत्रमा दु्रत गतिमा अहिले पुर्वाधार विकास गरि एक सफासुन्दर शहरको रुपमा विश्व सामु चिनाउने लक्ष्य अनुरुप नगरप्रमुख यादवले काम गरिरहेको बताए । विश्वसम्पदा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन रामग्राम(पण्डितपुर) र रामग्रामका कोलिय राजाहरुले स्थापना गरेको भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप छ ।
रामग्राम भनेर विश्वले अध्यात्मिक र ऐतिहासिक रुपमा चिनेको छ,तर यहाँ सोही मापदण्डको अन्य भौतिक पुर्वाधार छैन् । संसार भरिबाट आउने पर्यटक एक शुन्दर सफा,शान्त नगरको परिकल्पना गरि आउने तर सो अनुरुपको पुर्वाधार र वातावरण नदेखिदा खल्लो मान्ने गरेको उनीहरुले अनुभुति सुनाउने गरेका छन् । प्राचिन विश्वसम्पदा त छ,तर आधुनिक भौतिक पुर्वाधार छैन् । ति सबै विभिन्न दातृनिकायलाई भन्दै गए पछि सबैले रामग्रामलाई प्राथमिकतामा राख्दै आयोजना दिने भन्दै आएकाछन् । जस्को उदाहरण यो सय दिनमै सावा अर्ब भन्दा बढिको लगानी हुने गरि काम अगाडी बढि सकेको छ । थप लगानीकर्ता खोजिने कार्य निरन्तर भई रहेको छ । रामग्राम स्तुपा र राजधानी पण्डितपुरलाई पनि ब्यवस्थित गर्ने गरि योजना पनि नगरपालिकाले बनाउदैछ, नगरप्रमुख यादवले भने,अझै पाँच बर्षमा अहिलेको भन्दा फरक हुदै जानेछ ।