जिल्लाको रामग्राम नगरपालिका वार्ड नं.२ स्थित साप्ताहिक हाटबजारलाई दशै देखी छठसम्म दैनिक रुपमाम सञ्चालन गर्ने गरि योजना अगाडी सारिदै छ । हाटबाजर रहेको वार्ड नं.२ का वार्ड अध्यक्ष निरज रौनियारले दशै सस्तो बजार बनाउने गरी दैनिक बजार सञ्चालन गर्ने गरि विभिन्न पक्षसँग छलफल भई रहेको जानकारी गराएका हुन् ।
नेपाली नागरिक सस्तो भनेर भारतिय ठूठीबारी बजार जाने र त्यहा झन महगोँमा मालसमान किन्नु पर्ने बाध्यता रहेको हुदा यो बर्ष देखी परासी बजारमै सस्तो दशै बजार सञ्चालन गर्ने योजना ल्याइएको उनले बताए । साताको बुधवार र शनिवार लाग्ने गरेको साप्ताहिक हाटबजार स्थलमा अहिले नयाँ सटरहरु बनेका छन्,उनले भने, ति सटरलाई पनि कम्तीमा छठसम्म ब्यवसायिहरुलाई निशुल्क उपलब्ध गराउने,साप्ताहिक हाटको दिन बाहेकका दिन लाग्ने बजारको बैठकी करलाई पनि सहुलियत दिएर सस्तो बजार बनाउने गरि आन्तरिक छलफल र ब्यवसायिहरुसँग परामर्श भई रहेको छ । दशै सस्तो बजारको नाम दिए पनि सो बजार छठ पर्वसम्म नै लैजाने सोच रहेको उनको भनाई थियो ।
दशै सस्तो बजार बनाउनका लागि नगरप्रमुख धनपत यादव समेत सकारात्मक देखिएको जनाउदै वार्ड अध्यक्ष रौनियारले नेपालमै भारतिय बजार भन्दा सस्तो,गुणस्तरिय,ताजा मालबस्तु कसरी उपलब्ध गराउने भनि ब्यवसायिहरुसँग छलफल भई रहेको र केही दिनमै निष्कर्षमा पुगिने उनले जानकारी गराए । बजारलाई ब्यवस्थित उपभोतmा बजारको रुपमा चिनाउन खोजिएको छ,उनले थपे, यो पहिलो बर्ष शुभारम्भ गर्दै छौ,आउने दिनमा यस सस्तो बजारबाट पाठ सिक्दै सुधार्दै लैजान सकिन्छ । वार्ड अध्यक्षको योजना परासी बजारका लागि उत्साहजनक रहेको नगरप्रमुख यादवले बताए । नगरपालिकाबाट अधिक्तम सहयोग गरिन्छ, उनले भने, तर त्यसको नेतृत्व सम्बन्धित वार्डका जनप्रतिनिधि ब्यववसायी,उपभोतmा हित सस्था तथा अन्य सरोकारवालाले लिनु पर्छ ।
बजार दैनिक रुपमा परिणत भए पछि रात्रीबालिन कार्यक्रम समेत बनाएर यसलाई उत्सवको रुपमा लैजान सकिने नगरकार्यपालिका सदस्य अमृत जिसीले बताए । सोही वार्डका जनप्रतिनिधि रहेका केसीले बजारमा दैनिक औपचारिक कार्यक्रम गर्ने,यहाँका नेतृत्व बर्गको अध्यक्षतामा अन्तरक्रियात्मक कार्यक्रम पनि गर्न सकिन्छ । रामग्राम नगर तथा परासीबाजरलाई कसरी एक आर्थिक केन्द्र बनाउन सकिन्छ ? भनेर त्यसमा जोड्न सकिने हुदा यसको सर्वपक्षिय भेला गराई कार्यक्रमको रुप रेखा बनाउन सकिने उनका ेभनाई थियो । सस्तो बजार उपभोतmालाई आवश्यकको विषय हुन्छ, यसलाई मञ्चिय कार्यक्रमसँग जोडेर नगर विकासको बहस स्थल बनाउन सकिन्छ । साँस्कृतिक कार्यक्रम समेत जोडेर स्थानिय सांस्कृतिको जगेर्ना मनोरन्जनात्मक कार्यलाई बढावा दिन सकिने उनको भनाई थियो ।
परासी हाटबाजरको संरचनाको उपयोग गर्दै दशै सस्तो बजार कार्यक्रम वार्डले ल्याउनु सकारात्मक भएको उद्योग बाणिज्य संघका पुर्व बाणिज्य उपाध्यक्ष समेत रहेका हाटबजार ब्यवसायि राधेश्याम अग्रहरीले बताए । वार्डले के कस्तो सहयोग ब्यवसायिबाट चाहन्छ ? त्यसको प्रारुप बनाईनु पर्छ । त्यसमा ब्यवसायिहरुको सहमति लिएर अगाडी बढेमा खासै गाह्रो नहुने उनको भनाई थियो । हाटबजारमा अहिले पनि ५६ वटा सटरमा ताला लगाएर बर्षाै देखी राखिएको छ । बजारमा दुई वटा सार्वजनिक सौचालय छ । दर्जनौ सेडहरु रहेका छन् । बजार भरि नै ब्लक राखेर धुलो हिलो मुतm बनेको छ ।
झरही किनारमा खुल्ला स्थान पनि रहेको छ । भैरहवा भुमही सडकसँग जोडिएको परासी हाट बजारमा दशै सस्तो बजार सञ्चालनले बाजर मात्रै नभई एक प्रदर्शनी स्थलको रुपमा विकास हुने उनको भनाई थियो । किसानका लागि संकलन केन्द्र,ब्यवसायिका लागि बिक्री केन्द्र र उपभोतmाका लागि एक मेला महोत्सवको रुपमा सञ्चालन हुने उनको भनाई रहेको थियो । चुनौतीको रुपमा रहेको शान्ति सुरक्षा ब्यवस्थाको जिम्मेवारीका लागि नगरपालिका र स्थानिय प्रशासनको समेत सहयोग आवश्यक रहेको हुदा त्यसबारे पनि वार्ड समितिले सोच्नु पर्छ । यो वार्ड स्तरको कार्यक्रम भए पनि उपयुतm स्थान भएको हुदा जिल्लाकै एक महोत्सव स्थलको रुप लिने छ ।