थारुको परिकारको रुपमा चिनिने घोँघी अहिले खुल्ला बजारमा

नवलपरासी,१२ पुस
थारु समुदायको लोकप्रिय परिकार माध्ये घोँघी अहिले खुल्ला रुपमै विक्रि वितरण हुन थालेको छ । थारु मात्रै नभई अन्य समुदायले चाँसो लिई उतm घोँघी खान थालेका कारण बजार र चोक चोकमा विक्रि वितरण हुन थालेका हुन् ।
माछा जस्तै घोँघीले पनि अब बजार पाउन थालेको छ । जस्ले गर्दा माछापालक किसानहरु घोँघी पनि संकलन गरि विक्रि वितरण तर्फ आकर्षित हुन थालेको पाल्हीनन्दन गाउपालिका १ महेशपुर चोकमा घोँघी बेच्दै गरेका एक किसानले सुनाए । पोखरीमा पहिला घोँघी त्यसै छाडिदिन्थ्यौ,तर अहिले यसको माग बढदो छ । त्यही भएर पोखरी तथा अन्य जलासयबाट पनि संकलन गरि तरकारीसँगै बेच्दै गरेको देखाए । प्रति केजी १ सय ५० रुपिया देखी १ सय २० रुपियासम्म आफुले विक्रि गर्दै आएको सुनाए । पहिला थारु समुदायका महिलाहरु जलासयहरुमा घोँघी सित्तैमा संकलन गरेर लैजाने गरेका थिए । तर पछिल्लो समय बजारमा पाइए किनेर नै मान्छे लैजान खोजे पछि संकलन गरि ल्याइएको उनको भनाई थियो ।
घोँघी स्वस्थ्यकर परिकार हो,उनले भने, पहिला थारु जातीलाई घोँघी खाने जात भन्दै थारु जातीलाई घोँघी भनेर प्रायबाजी नाम नै प्रयोग गर्ने गरेका थिए,तर अहिले उतm घोँघी थारु समुदायमा मात्रै सिमित रहेन्,माछा जस्तै मधेशका अन्य समुदायले पनि खान रुचाउन थाल्दा यस्को माग पनि माछा जस्तै हुन थालेको छ । हुन तँ अहिले माछा जस्तै ब्यवसायिक पालन भई रहेको छैन् । प्राकृतिक जलासय,पोखरी तथा माछा पालन भएका पोखरीमा पनि घोँघी आफै आउछन् । तर माग बढदै गयो भने माछापालन जस्तै घोँघीको पनि पालन हुन सक्ने अवस्था देखिएको उनको भनाई थियो ।
घोँघी खाने जात थारु भनेर चिनिने अहिले सबैको मिठो परिकार बन्दै गएको सरावल गाउपालिकाका अध्यक्ष समेत रहेका सुखाडी चौधरीले बताए । उनका अनुसार सरावल २ मनरी स्थित थारु साँस्कृतिक पार्क नजिकै थारु रिसोर्टमा तँ घोँघी खाने भनेर नै अर्डर आउने गरेका छन् । राजमार्ग क्षेत्रमा पनि धेरै होटलमा घोँघी एक परिकार पस्किने गरिएको छ । समुद्री किनारमा सिफुड जस्तै यस क्षेत्रमा अहिले घोँघी धोईपखाली सिधै पकाउने गरिएको छ । घोँघीको झोल बनाउने झोलसँग भात रोटी खाने र घोँघी भित्र रहेको मासुको भाग मुखले जोड लगाई तान्ने(सर्कने) गरि खाने गरिन्छ ।
पौष्टिक खानाको रुपमा रहेको घोंघीमा प्रोटिन, क्याल्सियम, आइरन र जिंक प्रशस्त हुन्छ, जसले शरीरलाई शक्ति दिन्छ । साथै घोँघीको खानेको हड्डी बलियो बनाउँछ, क्याल्सियम धेरै हुने भएकाले हड्डी र दाँत मजबुत हुन्छन् । रगत बढाउन मद्दत, आइरनको मात्रा राम्रो भएकाले रगतको कमी (एनीमिया) मा फाइदा पु¥याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ पोषक तत्वका कारण शरीरको इम्युनिटी मजबुत हुन्छ । शतिm प्रदान गर्छ मेहनत गर्ने व्यक्तिका लागि राम्रो ऊर्जादायी खाना मानिन्छ । ब्यवसाय गर्न सकियो भन्ने आयआर्जनको स्रोत, घोंघी संकलन, पालन तथा बिक्रीबाट स्थानीयस्तरमा आम्दानी गर्न सकिन्छ । परम्परागत औषधीय प्रयोग पनि गर्ने गरिन्छ जस्मा केही समुदायमा घोंघीलाई कमजोरी, थकान आदिमा उपयोगी मानिन्छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *