
नवलपरासी ११ पुस
जिल्लामा भित्रका बनबाट उत्पादन हुने काठ दाउराको सहज आपुर्ति गराउन डिभिजन बन कार्यालयले काठ दाउराको उपलब्धता सहज बनाइएको दाबी गरेको छ । बनका काठ सहज आपुर्तिमा जटिलता रहेको हुदा एका तिर उपभोतmाले काठ दाउरा नपाउने आर्को तिर बनमा काठदाउरा थन्किने समस्या देखिन थाले पछि डिभिजन बन कार्यालयले सहज आपुर्तिको ब्यवस्थानमा लागेको जनाएको हो ।
हरियो बन नेपालको धन भन्ने विगतका नारालाई अहिले समय सापेक्ष हुन नसक्दा बन क्षेत्रबाट गरिने हुने आयमा चुनौती थपिदै गएकोले सहज आपुर्तिका लागि डिभिजन बन कार्यालयले केही प्रकृया सहज बनाउनमा लागि परेको बरिष्ठ डिभिजनल बन अधिकृत राजु क्षेत्रीले बताए । उपभोतmालाई काठ उपलब्ध गराउदा गाउपालिका र नगरपालिकाले नक्सा पास गराउनेलाई मात्र उपलब्ध गराउने गरि डिभिजन बन कार्यालयमा परिपत्र गरेको हुदा समान्य उपभोतmाहरुले काठ नपाउने अवस्था देखिएको थियो,तर अहिले नक्सा पास नभए पनि आम उपभोतmाई जिल्ला बन पैदावार आपुर्ति समितिले ४० घनफिटसम्म काठ उपलब्ध गराउने नीति बनाएको अधिकृत क्षेत्रीले जानकारी गराए । त्यसै गरि दाउराको हकमा पनि आम उपभोतmाहरु पनि नागरिकता प्रमणपत्र र वार्डको सिफारिस लिएर आएमा प्रति ब्यतिm २ क्विन्टलसम्म दाउरा उपलब्ध गराईने उनको भनाई थियो ।
पहिला सस्थागत रुपमा वा स्थानिय सरकारले मात्रै चट्टाको रुपमा दाउरा लगेर विक्रि वितरण गर्ने गरि नीतिगत रुपमा काठ दाउरा आपुर्तिमा जटिलता बनाइएको थियो । अधिकृत क्षेत्रीका अनुसार लुम्बिनी प्रदेश सरकारले पनि अब सरकारी भवनहरुमा काठको उपभोग बढाउनका लागि झ्यालढोकाको स्टिमेट गर्ने गरि पहल गरिरहेको छ । यस्ले पनि काठको उपभोग स्थानिय स्तरमा बढदै जाने छ । पुर्नत्पादन गर्न सक्ने उर्जा काठ हो,उनले भने,यसलाई नीतिगत जटिलता भन्दा उपभोग बढाउनु पर्छ । यस्ले राजस्व,रोजगारी,आयात प्रतिस्थापन गर्दै राष्ट्रिय ब्यपार घाटा समेत घटाउनेमा मद्दत पुर्याउछ । अहिले समृद्धिका लागि बन ब्यवस्थापन कार्यक्रम मार्फत प्रयाप्त मात्रामा काठ दाउरा बनक्षेत्रबाट निस्कने अवस्थामा छ । उपभोग बढाइएन भने थन्किने र कुहिने अवस्था सृजना हुन्छ । दाउरा र झ्यालढोकामा मात्र काठ प्रयोग भन्दा गमला,फर्निचर,घरमा प्रयोग बढाउनु पर्ने देखिएको उनको भनाई थियो । उनले उपभोतmालाई चिरान गरि आवश्यक पर्ने काठ नै उपलब्ध गराउने गरि सामुदायिक बनलाई चिरान आदेश पनि दिदै आएको जिकिर गरेका थिए ।
स्वार्थले प्रेरित नेपालको काठ र काष्टजन्य बस्तुको आयात बढाउने र नेपालको बनमा उत्पादन हुने बन पैदावार नीतिगत समस्याको उल्झनमा पारेर समस्याग्रस्त बनाउदा हरियो बन धमिराको धन बन्न थालेको थियो । बन पैदावार आपुर्तिको सहज ब्यवस्थाप नभएको र अहिले बनपैदावारको वैकल्पिक ब्यवस्था बन्दै जानुका साथै नेपालका बनपैदावार आपुर्ति ब्यवस्थालाई जटिल बनाउने र विदेशबाट काठ आयात गरेर कमिसन खाने पद्यतीले जिल्लामा उत्पादित काठ विक्रि हुन नसकेको गुनासो बन कर्मचारी,सामुदायिक बन समुहका पदाधिारी तथा साझेदारी बन समुहका सदस्यहरुले स्वीकार्दै आएका छन् । काठ दाउरा विक्रि हुन नसक्दा कहिने अवस्थामा छन्,जिल्ला स्थित बुद्ध शान्ति साझेदारी समुहका अध्यक्ष विरेन्द्र चौधरीले भने,बन भित्र कार्ययोजना अनुसारको काठ दाउरा निकासी तँ परै जओस अहिले मौज्दात काठ दाउरा पनि विक्रि भई रहेका छ्रैनन् । यस्ले समुहले तिर्नु पर्ने उधारो बक्यौता पनि तिर्न समस्या भई रहेका छन् ।
साझेदारी बन समुहमात्र नभई सामुदायिक बनहरुले संकलन गरेका काठहरुको विक्रि वितरण नभई रहेको गुनासो गरिरहेका छन् । जिल्लामा साझेदारी बन समुहले सबै भन्दा बढि काठ दाउरा निस्कासन गर्ने समुह भए पनि २८ वटा सामुदायिक बन समुहले समेत ठूलो परिमाणमा काठ दाउरा बनक्षेत्रबाट आपुर्ति गर्ने गरेका छन् । जिल्लाका कुल १ लाख ६९ हजार ७ सय ९५ घनफिट काठ गत आर्थिक बर्षमा बनक्षेत्रबाट निस्कासन गरिएको थियो । त्यसमा साझेदारी समुहको ३० हजार ३१ घर फिट काठ मात्र हो । त्यस बाहेक २८ वटा सामुदायिक बन क्षेत्रबाट १ लाख ३९ हजार ७ सय ६४ घनफिट काठ छन् । सरकारद्धारा ब्यवस्थित बन क्षेत्रबाट पनि २ हजार ७ सय ६४ घनफिट काठ निस्केका थिए । नम्बरी अवादीबाट निजि क्षेत्रको पनि ५० हजार ३९ फिट काठ जिल्लामा उत्पादन भएका छन् । यसरी एक आर्थिक बर्षमा जिल्लाबाट कुल २ लाख २२ हजार ५ सय ९८ घनफिट काठ उत्पादन भएको देखिन्छ ।
सरदर काठको मुल्य प्रति क्वीन्टल १ हजार प्रतिघन फिट मात्र अनुमान गरियो भन्ने जिल्लामा २२ करोड २५ लाख ९८ हजार मुल्य बराबरको काठ बार्षिक उत्पादन देखिन्छ । काठको मुल्यमा परिमार्जन नहुदा अहिले काठ प्रति आकर्षण घटेकोले विक्रिमा समस्या देखिएको रामग्राम ६ का आलमुनियमका फर्निचर उत्पादन गर्ने ब्यवसायि अनिल अग्रहरीले बताए । उनका अनुसार एउटा ३ वाई ६ को अलमुनियम ढोका १० हजारमा पनि बनाउन सकिन्छ । तर काठको ढोकाको लागत २० हजार बढि पर्न जान्छ,उनी भन्छन्,काठका ढोका अलमुनियम भन्दा बलियो तँ हुदैन्,तर जटिल प्रकृया र मुल्यमा परिमार्जन हुन नसक्दा काठको आकर्षण कम छ । यसमा सरकारले परिमार्जन सहित सहज आपुर्तिको ब्यवस्थापनमा ध्यान दिन आवश्यक छ । काठ आफ्नै देशको बस्तु हो उनले उनले प्रश्न गरे,अलमुनियम र फलाम विदेशबाटै आयात हुने गरेको छ ।
