
नवलपरासी,२९ भदौ,
नेपाल भरिका विद्यालयहरुमा बालबालिकाहरुले विभिन्न कार्यक्रम गरि राष्ट्रिय बाल दिवस मनाई रहदा रामग्राम नगरपालिकामा विद्यार्थीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् । विद्यालयका प्रधानाध्यापक र शिक्षकको नगरपालिकाले सरुवा गरेको विरुद्ध विद्यार्थीले नाराबाजी गरेका हुन् ।

जिल्लाको पवन माविका बालिकाहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा रहेका अधिकाँश बालबालिकालाई आफु के कस्का लागि आन्दोलन गर्न आएको भन्ने थाहा नभएको र साथीहरुले जानु पर्छ भनेर आएको भनि प्रतिकृया दिएका थिए । अधिकाँश विद्यार्थीले आफ्नो मागबारे अनभिज्ञता प्रकट गर्दा विद्यालयबाट सरुवा भएका शिक्षकहरुले उक्साएर विद्यार्थीलाई नगरपालिका विरुद्ध नाराबाजी गराएको आरोप नगरपालिकाका केही कर्मचारी र जनप्रतिनिधिहरुले लगाएका थिए । शिक्षकले पठन पाठन गर्नु गराउनु छाडेर आफ्ना बालबालिकालाई आफ्नो स्वार्थमा प्रयोग गरेको अभिभावकले हस्ताक्षर नै गरेर नगर प्रमुख धनपत यादवलाई बुझाएको समेत नगरप्रमुख यादवले बताए । शिक्षा क्षेत्रको अनुगमन गरि शैक्षिक सुधार हेतु सरुवा गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । तथापी अहिले शैक्षिक सत्रको विचमा आएर शिक्षक प्रधानाध्यापकको सरुवा गुर्न उचित नभएको समेत प्रतिकृया केही स्थानियले दिएका थिए ।


सरुवा गर्दैमा शैक्षिक सुधार भई हाल्छ भनि कुनै ग्यारेन्टी नभएकोले विद्यालयको शैक्षिक सुधारका योजनाका लागि अभियान सञ्चालन गर्नु पर्ने नगरपालिकामा उपस्थित केही स्थानियबासीको राय थियो । तर सरुवालाई नै आधार बनाएर आफ्नो स्वार्थ सिद्धिका लागि शिक्षकले विद्यार्थीलाई आन्दोलनमा उतार्नु आर्को अतिबाद शिक्षकद्धारा प्रस्तुत गरिएकोबारे पनि असन्तुष्टी ब्यतm गरेका थिए । शिक्षक सरुवा नै गर्नु हुदैन भन्ने मान्यता गलत हो,तर सरुवा गर्ने निकायले पनि कुन बेला सरुवा गर्ने ? मा विचार पुर्याउन नसकेको समेत आरोप स्थानियबासीको थियो । विद्यालयका विद्यार्थीहरुलाई शिक्षकले उक्साएको हो कि स्वतःविद्यार्थी आन्दोलित भएका हुन्,त्यसका लागि अनुसंन्धान र छानविन आवश्यक रहेको छ । यदि साच्चै आफ्नो स्वार्थमा शिक्षकले विद्यार्थी उक्साएका हुन्भने त्यस्ता शिक्षकलाई कारवाही समेत गर्नु पर्ने माग उठिरहेको थियो । यस सन्दर्भमा नगरकार्यपालिकाको बैठक बसेर निष्कर्ष निकालिने नगर प्रमुख यादवको भनाई थियो । नगरक्षेत्रमा ३२ सामुदायिक विद्यालय छन् । त्यसमा मावि तहका ८ जना निमाविका २० जना प्राविका ५ जना गरि कुल ३३ जना शिक्षकको सरुवा नगर शिक्षा समितिले गरेको थियो ।