रामग्राम नगरपालिकाले मेगा, ज्योती र सनराईज बैंकसँग गर्यो समाजिक शुरक्षा वितरणको सम्झौता

नवलपरासी,२१ भदौ
जिल्लाको रामग्राम नगरपालिकाले समाजिक शुरक्षा भत्ता वितरण वार्ड वार्डबाटै गर्ने योजनालाई सहयोग गर्ने तिन वटा बैंकसँग सम्झौता गरेको छ । सहयोग नगर्ने बैंकसँगको सम्झौता रद्द गरि सो सहयोग गर्ने तिन वटा बैंकलाई वार्ड विभाजन गरि जिम्मेवारी दिएर सम्झौता गरेको हो ।
सम्झौता गर्ने बैंक मध्ये मेगा बैंक लिमिटेड परासी शाखा,ज्योति विकास बैंक लिमिटेड परासी शाखा र सनराईज बैंक परासी शाखासँग सम्झौता भएको नगरपालिकाले जनाएको छ । केही दिन अगाडी नगरपालिकाले सदरमुकाम परासीमा रहेका विभिन्न बैंकहरुसँग वार्ड वार्डमा गएर समाजिक शुरक्षा भत्ता वितरणको ब्यवस्था मिलाउन आग्रह गरेको थियो । त्यो बेला समाजिक सुरक्षा भत्ता पाउने जेष्ठनागरिक,अपाँग,दलित,लोपोन्मुख,अल्पसंँख्यक,विधवा,एकल महिलाहरुको विभिन्न बैंकहरुमा खाता खोली बैंक मार्फत भुतmानी हुदै आएको थियो । ति बैंकहरुले परासी स्थित शाखामै उपस्थित गराएर रकम भुतmानी गर्दा उनीहरुले सास्ती ब्यहोर्न परेको हुदा बैकहरुलाई वार्ड वार्डमै पुगेर भत्ता वितरण गरिदिन नगरपालिकाले आग्रह गरेको थियो । बैंकहरुले चाँसो नलिए पछि विचमा ताकेता समेत गरेको थियो । त्यसको पनि वेवास्ता गर्न थाले पछि नगरपालिकाले उनीहरुसँग भएको समझौता रद्द गरि वार्ड वार्डबाटै भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका ति तिन वटा बैंकसँग सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए ।
नगरपालिकालाई सहयोग गर्ने बैंकलाई नगरपालिकाले पनि सहयोग गर्छ,उनले भने, असहयोग गर्नेलाई नगरपालिकाले सहयोग गरि राख्न बाध्य छैन् । वार्ड वार्डमा जुन बैंक पुगेर भत्ता बाड्न तयार भए ति बैंकहरुसँग सम्झौता गरियो । बाकी बैंकसँग नगरपालिकाको सहकार्य रहेन् । उनका अनुसार मेगा बैंक परासी शाखालाई वार्ड नं.५,६,१०,११,,१४ र १५ वार्डमा समाजिक शुरक्षा भत्ता वितरण हुने छ । ज्योती विकास बैंक परासी शाखा मार्फत १,२,४,७,१२,१६ र १८ वार्डको समाजिक शुरक्षा वितरण गरिने छ । त्यसैगरि वार्ड नं.३,८,१३ र १७ को समाजिक शुरक्षा भत्ता वितरण गर्ने गरि सम्झौता भएको छ । शुक्रवार ज्योती विकास र मेगा बैंकले सम्झौता गरेका हुन भने मंगलवार सनराईज बैंकसँग सम्झौता भएको समाजिक शुरक्षा शाखाले जनाएको छ । समाजिक शुरक्षा वितरणमा सहयोग गर्ने बैंकमा मात्रै नगरपालिकाको विकास योजनाका काम गर्ने उपभोतmा समितिहरुको खाता पनि खोल्नका लागि सिफारिस गरिने प्रमुख प्रशासकिय अधिकृत खड्काको भनाई थियो ।
नगरपालिकाले समाजिक शुरक्षा वापतको रकम त्रैमासिक रुपमा प्रत्येक त्रैमासिक ४ करोड ६१ लाख ३८ हजार ४ सय ५६ रुपियाको हिसाबले रकम बैंकहरुलाई छोड्ने गरेको थियो । यसरी बार्षिक १८ करोड ४५ लाख ५३ हजार ८ सय २४ रुपिया हुन्छ । रामग्राम नगरपालिकामा ७० बर्ष माथिका जेष्ठनागरिक २ हजार २ सय २४ जना रहेका छन् । त्यसैगरि दलित जेष्ठनागरिक ४ सय ८९ जना, एकल महिला जेष्ठनागरिक ५ सय १७ जना,विधवा आर्थिक सहायता पाउने ७ सय ४९ जना,पुर्ण अपाँगता क बर्गमा पर्ने २ सय २९ जना,अति अशतm अपाँगता ख बर्ग का २ सय ७८ जना,दलित बालबालिका ६ सय ६७ जना र लोपोन्मुख जनजाती १ सय ४३ गरि कुल ५ हजार १ सय ६८ जनाले समाजिक सुरक्षा भत्ता पाउदै आएका छन् । विगतमा ११ वटा बिकास तथा बाणिज्य बैंकहरु मार्फत समाजिक सुरक्षा वितरण हुदै आएको थियो । रामग्राम नगरपालिकाममा १८ वडा रहेका छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *