
नवलपरासी,१२ पुुस
जिल्ला स्थित सरावल र प्रतापपुर गाउपालिकाका दर्जनौ गाँउ डुबानको कारक बन्ने लिटिल गण्डक सफाई गर्न नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयले अग्रसरता देखाएको छ । जल निकास ब्यवस्थापनमा योगदान पुर्याउने लिटिल गण्डक नामक घोल(ड्रेन) अतिक्रमण हुदै र पुरिदै जादा सो क्षेत्रमा डुबान हुने कारक बनेको स्थानियले विगत बर्षबाट गुनासो गर्दै आएको र त्यसलाई सम्बोधन हुने गरि सफाई कार्यक्रम हुन लागेको हो ।
ब्यवस्थापन कार्यालयद्धारा लिटिल गण्डक ड्रेन अतिक्रमण गरि बनाइएको विभिन्न घर टहरा, तथा अन्य संरचनाहरु ७ दिन भित्र खाली गर्न गराउनका लागि सरावल र प्रतापपुर गाउपालिकालाई आग्रह गर्दै सार्वजनिक सुचना समेत जारी गरिएको छ । २०८२ पुस ९ गते नै सार्वजनिक रुपमा सुचना जारी गरिएको छ, प्रतापपुर ३ का स्थानिय समाजसेवी निवास यादवले भने, यो सुचना स्वागत योग्य छ । पालिका र स्थानियले अतिक्रमित संरचना खाली गरि सहयोग गर्नु पर्छ । यसले लामो समय देखीको जनताको पर्खाइ पुरा हुने देखिएको छ । ब्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीद्धारा जारी सुचना प्रतापपुर र सरावल गाउपालिकामा समेत बुझाइ सकिएको यादवले जनाए ।«
स्थानियको बर्षाै देखी माग लिटिल गण्डकको सफाई थियो,ब्यवस्थापन कार्यालयका प्रमुख बुढाथोकीले भने,स्थानिय सरकारले अतिक्रमित संरचना खाली गराउनमा सहजीकरण गरिदिन पर्यो । सिचाई प्रणालीको आफ्नै एक्साभेटर,जेसिबी प्रयोग गरि सफाई गराई दिन्छौ । यसले जलनिकास हुने र डुबानबाट जोगाउने छ । विगत पाँच दशक पहिला २०२८ सालमा गण्डक(नारायणी नदी) को बाँध भत्किएर धार परिवर्तन भई बनेको घोल (लिटिल गण्डक) अहिले पुरिदै जादा सो क्षेत्रमा डुबानको कारण बन्दै गएको स्थानियले गुनासो गर्दै आएका थिए ।
भारतिय सिमावर्ती क्षेत्रमा रहेको प्रतापपुर गाउपालिका हुदै सरावल गाउपालिका भएर सो लिटिल गण्डक घोलले बर्षाै देखी जलनिकासमा योगदान गर्दै आएको छ । झण्डै ६ किलोमिटर लामो र सरदर ३० मिटर चौडाई भएको लिटिल गण्डक घोल हो । तर अहिले कहिँ कहिँ दुई मिटरमा खुम्चिएको अवस्था छ । यस्ले प्रतापपुर र सरावलका एक दर्जन बढि गाँउ बस्तिको जलनिकास थुनिएर डुबानको खत्तरा बढाएको छ । स्थानिय बस्ती तथा खेतबारीका पानी बगाउदै झरही नदीमा पुर्याउने एक महत्वपुर्ण जलनिकास गर्ने प्राकृतिक घोल स्थानियबासीकै अतिक्रमणले साँगुरो हुदै गएकोले बर्षायाममा डुबानको कारण बन्दै गएको सरावल ७ भुजहवाका स्थानिय मुराली मौर्यले बताएका थिए ।
लिटिल गण्डक यस क्षेत्रको जलभण्डार राख्ने स्रोत पनि हो, उनले भने,हिउँदमा बालीनालीमा सिचाई गर्ने पानीको स्रोत हो । बर्षायाममा पानीको निकास हुने घोल पनि हो । गण्डक नदीको बाँध फुटेर बाढी आउदा प्राकृतिक रुपमा पानी बग्ने घोलको रुपमा परिणत भएको थियो । पछिल्लो समय मानविय अतिक्रमणमा सो घोल परेको छ । यसले स्थानिय बस्ती नै डुबान पनि हुने गरेको छ ।
बर्षायाममा लिटिल गण्डक सम्झने तर हिउँदमा त्यही लिटिल गण्डकको उपेक्षा गर्दै अतिक्रमण गर्ने गरिएको छ । लिटिल गण्डकलाई सरसफाई गर्नका लागि बेला बेला स्थायिन सरकार तथा नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयमा कुरा पनि उठ्ने गर्छ । तर चर्चाको विषय हुने र सफाईका योजना नबन्दा दिन प्रति दिन लिटिल गण्डक घोल अतिक्रमण भई रहेको स्थानियको आरोप थियो । वरिपरिका ब्यतिmले त खानजोत गर्दै अतिक्रमण त बढाएकै छन्,उनले थपे,सरकारी निकायको संरचना निर्माण गर्दा पनि त्यो घोल नै सरकारी अतिक्रमणको निसानामा पर्ने गरेको छ ।
उनले अतिक्रमण सरकारी तथा सामुदायिक रुपमा अतिक्रमणको अवस्था देखाउदै भने, घोल तर्फ नै विस्तार गर्ने गरि सामुदायिक वृक्षारोपण गरिएका छन् । कर्वलाहरु बनाइएका छन् । मन्दिर,विहार,विद्यालयहरु पनि घोलको किनारमा बनाउदै जादा अतिक्रमणको चपेटामा परेको देखिन्छ । अहिले सरावल गाउपालिका ७ नम्बर वार्ड कार्यालय पनि घोल नै पुरेर बनाईएको छ । प्रतापपुरमा पनि धेरै स्थानमा सरकारी तथा समुदायिक अतिक्रमण छ ।
घोल परिपरी बनेका बस्तीलाई जोड्नका लागि ठाँउ ठाँउमा बनाइएका पुल,कलभर्टले पनि घोल साँगुरो हुने जलनिकासमा अवरोध सृजना हुने हुदा लिटिल गण्डक घोलको अस्तित्व नै संकटमा परेको देखिन्छ । सरकार र समुदाय नै जलनिकास प्रति गम्भिर नहुदा सिमावर्ति क्षेत्रमा डुबान हुने गरेको छ । सिचाई र जलनिकास एक आर्काका परिपुरक हुन्,उनले भने,सिचाई गरेर जलनिकास बनाइएन भन्ने सो सिचाई प्रणाली नै प्रतिपादक हुन्छ । यसका लागि स्थानिय सरकारले समेत सो प्रणालीलाई जानकारी गराई सहजिकरण गर्नुे पर्ने उनको भनाई थियो । नेपाल तर्फ सफाई गर्न सकियो भन्ने भारतीय पक्षलाई पनि भारत तर्फको ड्रेन सफाईका कुरा उठाउन सकिन्छ ।


