रामग्राम नगरपालिका

जिल्ला पृथ्वीचन्द्र अस्पतालको बेडमा च्यातिएको तन्ना
रामग्राम नगरपालिका, समाचार

जिल्ला पृथ्वीचन्द्र अस्पतालको बेडमा च्यातिएको तन्ना

नवलपरासी,१८ भदौजिल्लाको पृथ्वीचन्द्र अस्पतालका बेडमा पुरानै च्यातिएको तन्ना राखिएको रामग्राम नगरपालिकाका मेयर धनपत यादव र उपमेयर सम्झना चौधरीले भेटाएकी छिन् । शनिवार अस्पतालको अनुगमन गर्ने क्रममा लाखौको तन्ना खरिद गरेको अस्पतालले बिल देखाउने तर बेडमा च्यातिएको बर्षाै पुरानो तन्ना बिछाइएको भेटाएका हुन् ।मेयर यादव र उपमेयर चौधरी दुबै जना अस्पतालमा केही विरामी भेट्न गएको क्रममा अस्पतालको आकस्मिक कक्षमा केही बेडमा पुरानो च्यातिएको तन्ना र केही बेडमा तन्ना नै नभएको अवस्थामा विरामी राखिएको भेटिए पछि आक्रोस पोखेका थिए । उनले आकस्मिक कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई किन यस्तो राखिएको हो ? भनेर सोध्दा उनहरुले अस्पताल प्रशासनसँग पटक पटक लेखेरै माग गरिए पनि नपाउदा जे जस्तो छ,त्यसैमा काम चलाउन परेको प्रतिकृया दिएका थिए । बर्षाै देखी अस्तब्यस्त अस्पतालमा टाढा टाढाबाट आउने गरिब विपन्नहरु मात्र पृथ्वीचन्द...
परासीको बुद्धचोकमा अत्याधुनिक सार्वजनिक सौचालयको उद्घाटन
रामग्राम नगरपालिका, समाचार

परासीको बुद्धचोकमा अत्याधुनिक सार्वजनिक सौचालयको उद्घाटन

साप्ताहिक सरसफाईको निरन्तरता नवलपरासी,१८ भदौजिल्लाको रामग्राम नगरपालिकाले परासी बुद्धद्धोकमा नगरप्रमुख (मेयर) धनपत यादवले अत्याधुािक सार्वजनिक सौचालयको शुभारम्भ गरेका छन् । शनिवार सौचालयको रिबन काटेर उदघाटन गर्दै उनले शुभारम्भ गरेका हुन् । चालिस लाख बढिको लागतमा बनेको उतm सौचालय अपाँगमैत्री समेत बनाइएको छ । महिला पुरुषको छुट्टै सौचालयसँगै अपाँगका लािग छुट्टै सौच कक्ष रहेको छ । बाथरुप सहित रहेको उतm सौचालयमा हात सुख्खा बनाउने अटोमेसन मेसिन समेत जाडन गरिएको उनले जानकारी गराए । बुद्धचोक नगरपालिकाको प्रमुख बजार केन्द्र हो,उनले भने,यहीचोकसँगै जिल्ला अस्पताल समेत रहेको छ । सुनवल महेशपुर,भैरहवा त्रिवेणी भुमही जाने सावरी साधन छुट्ने गरेका छन् । यसले गर्दा यहाँ एक सार्वजनिक सौचालयको अति नै आवश्यकता थियो । सरसफाई नगरको प्राथतमिकतामा रहेको हुदा बजार सफाईसँगै आवश्यक स्थानमा बाहिरका यात्रुलाई...
रामग्रामले सार्वजनिक जग्गा संरक्षण बोर्ड गाड्न शुभारम्भ गर्यो
रामग्राम नगरपालिका, समाचार

रामग्रामले सार्वजनिक जग्गा संरक्षण बोर्ड गाड्न शुभारम्भ गर्यो

नवलपरासी,१७ भदौजिल्लाको रामग्राम नगरपालिकाले सार्वजनिक जग्गाको खोज गरि होर्डिगँ बोर्ड राख्ने कार्य प्रारम्भ गरेको छ । नगरप्रमुख (मेयर) धनपत यादव सहित नगरपालिकाको टोलीले सो होर्डिगँबोर्ड राख्ने कार्य शुभारम्भ गरेको हो ।केही समय ढिलो भए पनि शुक्रवार देखी सार्वजनिक जग्गाको खोजमा नगरप्रमुख धनपत यादव,उपप्रमुख सम्झना चौधरी,वार्डअध्यक्षद्धय रुद्र उपाध्याय र रामवृक्ष यादव,इन्जिनियर सतिस गुप्ता र नापीशाखाका कर्मचारी लगायतको टोली लागेको थियो । रामग्राम नगरपालिको विभिन्न स्थानमा रहेका स्थित सार्वजनिक जग्गा संरक्षण गर्ने उदेश्यले रामग्राम १ स्थित सिद्धार्थ टोलमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको पछाडी रामखण्डा खोला नजिकैको जग्गामाम टोलीले पहिलो होर्डिगँ बोर्ड लगाएको छ । यो जग्गा सरकारको हो । यसको संरक्षण गर्नु नेपाली नागरिकको संवैधानिक कर्तब्य हो । जग्गा विवरणमा जग्गाको प्रकृति सरकारी,साविक गाविस...
दुई नगरप्रमुखले सारेको काम पालिकाकै आन्तरिक कारणले अलपत्र
रामग्राम नगरपालिका, समाचार, सुनवल नगरपालिका

दुई नगरप्रमुखले सारेको काम पालिकाकै आन्तरिक कारणले अलपत्र

नवलपरासी,१६ भदौजिल्लाको दुई नगरपालिकाका नगरप्रमुखले सारेका दुई काममा आन्तरिक र बाह्य सहयोग नभए पछि ति कामहरु अलपत्र परेका हुन् । रामग्राम नगरपालिकाका भित्रका सार्वजनिक जग्गाको रेखाँकन गरि सार्वजनिक गर्ने योजना र सुनवल नगरपालिकाको खोलाबाट चोरी निकासी गरि राखिएको खोलाजन्य समाग्रि वेवारिसे घोषणा गर्ने कार्य जनप्रतिनिधिकै कारण अलपत्र परेको हो ।दुबै नगरपालिकाका नगरप्रमुखहरु आफ्नो अडानमा भए पनि नगरपालिकाकै केही जनप्रतिनिधिहरु असहयोग गर्दै गर्दा योजना अलपत्र परेको नगरप्रमुखहरुका निकटका ब्यतिmहरुले बताएका छन् । सुनवल नगरपालिकाले महिना दिन पहिला नगरप्रमुख बिमला अर्यालले खोलाको अनुगमन गरेकी थिईन् । खोला अनुगमनको क्रममा थुप्रै स्थानमा खोलाजन्य समाग्री चोरी गरि विभिन्न ब्यतिm र फर्मले जम्मा गरेको फेला परेको थियो । खोलाका अनुगमन नगर्न उनलाई खोला माफियाबाट थ्रेट समेत आएको थियो । तत्पश्चात नगरपालिकाको अन...
रामग्राम(बाईपास) चोक मन्झरियाचोकसम्मको ६ लैनको सडक निर्माण कार्य शुरु
रामग्राम नगरपालिका, समाचार

रामग्राम(बाईपास) चोक मन्झरियाचोकसम्मको ६ लैनको सडक निर्माण कार्य शुरु

नवलपरासी,१६ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भए पश्चात तत्कालै काम शुरु गरेको हो ।सडकको अवस्थामा सम्बन्धि प्राविधिकहरुले बुधवार रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादव र सम्बन्धित वार्डका वार्ड अध्यक्ष रामवृक्ष यादव सहित स्थलगत गरि सडक स्तरोन्नतीबारे जानकारी आदान प्रदान गरेका थिए । भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही छन् । रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पन...
बाढीले भत्काएको झरहीखोला बाँध मर्मतका लागि स्थानियको ध्यानाकर्षण
रामग्राम नगरपालिका, समाचार

बाढीले भत्काएको झरहीखोला बाँध मर्मतका लागि स्थानियको ध्यानाकर्षण

नवलपरासी,१५ भदौजिल्लाको रामग्राम २ स्थित झरहीखोला बाँध भत्किएको प्रति सरोकारवालाको ध्यान नगएको भन्दै स्थानियले गुनासो गरेका छन् । बाढीको बेला भत्किएको स्थानबाट टोलका घरहरुमा पानी पस्न सक्ने खत्तरा भए पनि सरोकारावालाले ध्यान नदिए पछि गुनासो गर्न थालेका हुन् ।झरहीखोला पुल नजिकै बाँध भत्किएको छ,स्थानिय रामभवन यादवले भने देखाउदै भने,गत दुई बर्ष पहिला सिचाई डिभिजन कार्यालय सेमरीले तटबन्धन गराएको थियो,बाढीले भत्काई दियो । सिचाई डिभिजन कार्यालय अहिलेसम्म मर्मत गरेको छैन् । रामग्राम नगरपालिकाले पनि नदीको तटबन्धन र नदी सफाईको नाममा लाखौ खर्च गरेको सुनिएको छ,तर पुल नजिकै भत्किएको उतm बाँधको मर्मत गरेको छैन् । यसबारे सिचाई डिभिजन कार्यालय र नगरपालिकाका प्राविधिकलाई समेत जानकारी गराई सकिएको छ,तर कुनै सुनुवाई नभएको उनको भनाई थियो । उनले भत्किएको बाँध पुर्ननिर्माणका लागि ध्यानाकर्षण गराएको छु,उनले भने, ...
रामग्रामको परासी बजारमा छाडा चौपायाले यात्रुलाई हैरानी
रामग्राम नगरपालिका, समाचार

रामग्रामको परासी बजारमा छाडा चौपायाले यात्रुलाई हैरानी

नवलपरासी,१४ भदौजिल्लाको रामग्राम नगरपालिका सरसफाई अभियानमा नगरप्रमुखले अग्रसरता लिदा चौतर्फि प्रशँसा भए पनि बजारमा रहेका छाडा चौपायाले अझै समस्या नै रहेको छ । नगरसफाईको काममा नगरपालिकाले काम गर्दै गरेको भए पनि छाडा चौपायाको ब्यवथापन नगर्दा यात्रुलाई समस्या हुने गरेको गुनासो बढन थालेका हो ।परासी बजारमा जहिले पनि छाडा चौपाया,गाईबस्तु र बाख्रा घुम्ने गरेका छन् । यसले कतिपय यात्रीहरु लडेर घाईते पनि भएका छन ् । नगरपािलकाले बजारको सरसफाईसँगै छाडा चौपायामा समेत ध्यान पुर्याउनु पर्ने माग नगरबासीले गरेका छन् । सडकको विचमै बसिदिने र केहीले यात्रुलाई मार्न समेत झम्टिने गर्दा दुर्घनाको जोखिम बढेको स्थानिय बलिराम कोईरीले बताए । बजार सफाई अभियान प्रशंसनिय छ,उनले भने, तर यि छाडा चौपायाको पनि नगरपालिकाले ब्यवस्थापन गरिदिन पर्यो । यसबारे छुट्टै निवेदन दिनु पर्ने जस्तो मलाई लाग्दैन उनले थपे,यहिँ बजारमा नगरप...
जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र खुले पछि आयुर्वेद तर्फ विरामीको आकर्षण
रामग्राम नगरपालिका, समाचार

जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र खुले पछि आयुर्वेद तर्फ विरामीको आकर्षण

नवलपरासी,१३ भदौ,जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आए देखी विरामीको आकर्षण आयुर्वेदिक उपचार तर्फ बढदै गएको छ । जिल्ला पृथ्वीचन्द्र अस्पताल परिसरमै आयुर्वेदिक उपचार हुने जानकारी स्थानियले थाहा पाउदै गए पछि दिर्घरोगी,जेष्ठनागरिकहरुको आकर्षण आयुर्वेदिक उपचार तर्फ बढन थालेको हो । रामग्राम नगरपालिका १४ अईचावलबाट घुडा दुखाईको उपचारका लागि केन्द्रमा आएका आएका ७५ बर्षिय फेकु यादवले गाँउकै लक्ष्मण हरिजन उपचार गराएर गए पछि आफुलाई उनीबाट थाहा भएको बताए । लामो समय ऐलोपैथिक उपचार गराउदै आए पनि निको नभएका कारण उनी आयुर्वेदिक उपचार केन्द्रमा आएर उपचार गराएका थिए । यहिँबाट लागेको औषधीले दुई दिनमै राहत महशुस भएको बताए । उनले नै भनेर आफु आयुर्वेदिक स्वास्थ्यकेन्द्र खोज्दै आएको हुँ,उनले भने, गाउका धेरैले भने,घुडाको दुखाई अग्रेजी औषधी भन्दा आयुर्वेदिक औषधीले निको हुन्छ । छिमेकी...
लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे
पाल्हिनन्दन गाउँपालिका, रामग्राम नगरपालिका

लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे

गुणस्तरहिन समाग्रिको प्रयोग र प्राविधिक हेलचक्रयाई नवलपरासी,१३ भदौजिल्लाको पुर्वपश्चिम राजमार्ग देखी महेशपुर नाका जोड्ने लिँक सडक अन्तरगत झरही खोला पुल प्रयोगमा नआउदै क्रेक(चिरा परेको) भएको छ । रामग्राम नगरपालिका १७ स्थित उतm पुल बनेको तर प्रयोगमा नआउदै विम क्रेक भएको हो ।रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकाको सिमाक्षेत्रको झरहीखोला पुलको निर्माण गर्ने निर्माण ब्यवसायीको हेलचक्रयाईले पुलको विम क्रेक भएर जोखिम बढेको स्थानियले जानकारी गराएका थिए । पुल प्रयोगमा नआउदै चिरा पर्यो,स्थानिय अब्दुल रज्जाक धुनियाले पुलको अवस्थाबारे जिल्ला समन्वय समिति (जिसस)मा जानकारी गराएका थिए । जानकारी भए पश्चात जिसस प्रमुख भगौती यादव पुलको अवस्थाको स्थलगत अवलोकन गर्न तत्कालै पुगेका थिए । पुलको अवस्था जस्तो स्थानियले जानकारी गराएका थिए,त्यसै रहेको जिसस प्रमुख यादवले समेत जानकारी गराए । पुल प्रयोगमा नआउदै...
रामग्राम स्तुपा देखी बौद्धकालिन प्राचिन ककरपत्त नगर(जावा) जोड्न झरहीपुल निर्माण हुने
रामग्राम नगरपालिका, समाचार, सरावल गाउँपालिका

रामग्राम स्तुपा देखी बौद्धकालिन प्राचिन ककरपत्त नगर(जावा) जोड्न झरहीपुल निर्माण हुने

नवलपरासी,११ भदौजिल्लाको पर्यटकिय मार्गको रुपमा रहेको महामाया मार्ग र प्राचिन ककरपत्त नगर(जावा) जोड्न पुल निर्माण हुने भएको छ । पुर्वपश्चिम राजमार्ग देखी रामग्राम जोड्ने उतm माहामाया मार्गसँग सरावल गाउपालिका २ स्थित प्राचिन कोलिय गणराज्य अन्तरगतको एक प्रमुख ककरपत्त नगर जोड्ने मार्गको पुलको टेण्डर भए पछि उतm पुल निर्माण हुने सुनिश्चित भएको हो । रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपबाट प्राचिन ककरपत्त नगर जाने सडकको विचमा झरहीखोला रहेको र अहिले सो पुल निर्माणका लागि सडक डिभिजनले टेण्डर समेत गरि सकेको हुदा पुल बन्ने कुरा निश्चित भएको स्थानिय देवराज चौधरीले बताए । सो पुलले रामग्राम स्तुपलाई प्राचिन ककरपत्त नगरले जोड्ने भएको छ, उनले भने, पर्यटन मार्गको रुपमा रहेको महामाया मार्ग रामग्राम स्तुपामा पुगेको थियो,तर ककरपत्त नगर पुग्नका लागि बिचमा झरही नदीमा पुल नभएका कारण समस्या थिय...