आन्तरिक पर्यटकले भरिभराउ बन्दै रामग्राम स्तुप क्षेत्र

नवलपरासी,२३ भदौ,
जिल्लाको रामग्राम नगरपालिका स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा आन्तरिक पर्यटकले अहिले भरिभराउ हुने गरेको छ । आवश्यक पुर्वाधार नभए पनि रामग्राम नगरपालिका लगायत जिल्लाका अन्य पालिकाबाट पनि युवा युवतीहरु रामग्राम स्तुपमा आउदा भरिभराउ हुने गरेको हो ।
रामग्राम स्तुपा आउनेमा अधिकाँस किसोरकिसोरीहरु टिकटक बनाउने कार्य गरेको भए पनि स्तुपाको ऐतिहासिहक खोजमा समेत जिज्ञासा राख्ने गरेका छन् । केहीले आफुले पाएको समान्य जानकारीलाई नै बोलेर टिकटक भिडियो बनाउने गरेका छन् । स्तुप क्षेत्रको प्रवद्र्धन जानी नजानी भईरहेको स्थानियबासीले बताएका छन् । समुहगत र ब्यतिगत रुपमा आन्तरिक पर्यटक रामग्राम स्तुपमा आउने र एक छिन बगैचामा बसेर शान्ति र आनन्दको अनुभति गरि फर्कने गरेका छन् । उनका अनुसार स्थानिय भानु प्रताप सिँहले भने,विगत भन्दा अहिले धेरैको भ्रमणको रोजाई रामग्राम स्तुप बनेको छ । आन्तरिक पर्यटक मात्रै नभई फाटफुट रुपमा बौद्धभिच्छुहरु पनि आउने गरेका छन् । विदेशीहरु पनि बेला बेला आउने गरेका छन् । रामग्राम स्तुपमा तत्कालिन जिससका समन्वय अधिकार युवराज कट्टेलले राखिएको पक्कि कुर्सी र लुम्बिनी विकास कोषले स्तुप परिसरमा बनाएको काठे चक्रमण बाहेक अन्य पुर्वाधार छैन् । स्तुपको दक्षिण भागमा रहेको बगैचा गर्मिको बेला शितलता प्राप्त हुने हुदा रमणिय वातावरणले पनि आन्तरिक पर्यटकको संख्यामा वृद्धि देखिएको छ ।

दैनिक एक हजार भन्दा बढि यात्री रामग्राम स्तुपमा आउने गरेका छन् । विदाको दिनमा अझ भरिभराउ हुने गरेको छ,सिँहले भने, तर दुखको कुरा पानी पर्यो भने एक छिनलाई पानी छल्न ओत छैन् । सौचालय बनाइए पछि स्तुप परिसरबाट टाढा छ । पार्किगँको पनि राम्रो ब्यवस्थापन छैन् । खानेपानीका लागि हैण्डपाईपकै पानी फिल्टरमा छानेर पिउनु पर्ने बाध्यता छ । खुल्ला चौरको रुपमा रहेको स्तुप क्षेत्रमा भैसी बाख्रा चरनको रुपमा प्रयोग हुदा आउने पर्यटकलाई नमज्जा लाग्ने गरेको हुदा कम्तीमा चरन क्षेत्र हटाएर खाली जग्गामा फूलका विरुवा रोपेर सौन्दर्यिकरण गरिदिए पनि स्तुपा क्षेत्र आर्कै बन्ने उनले विश्वास ब्यतm गरे । पहिला भन्दा अहिले स्तुपमा आउने र परिक्रमा गर्नेको संख्या बढे पनि ब्यवस्थापनमा समस्या देखिएको स्थानिय गिल्लु चौधरीले बताए । उनका अनुसार स्थानियबासीमा पनि कमीकमजोरी छ । नजिकको तिर्थ हेला जस्तै भएको छ, उनले गुनासो गरे,रामग्राम स्तुपा अहिले आन्तरिक पर्यटकको रोजाई बनेको छ,तर सरोकारवालाको वेवास्तामा पर्ने गरेको देखिन्छ ।

स्तुपामा किसोरकिसोरी मात्रै नभई भारतिय दर्शनार्थी पनि आउने गरेका छन् । रामग्राम स्तुप क्षेत्र देखी पश्चिममा थाईहरुको बौद्ध विहार र कोरियनले बनाएको टेम्पल पनि छ । त्यो हेर्न पनि पर्यटक आउने गरेका छन् । परासी बजारमा आउने यहाँको नजिकको हेर्न लायक कुन स्थान सोध पछि रामग्राम स्तुप नै बसै बजारबासीले भनिदिए पछि परासी सदरमुकाम आउनेमा अधिकाँश ब्यतिm एक पटक स्तुपामा जाने गरेको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए । तर सोचे अनुसार स्तुपको संरक्षण र विकास गर्न नसकिएकोमा उनले दुख मनाउ गरे । रामग्राम स्तुप बौद्ध दर्शनमा एक अध्यात्मिक केन्द्र हो, उनले भने, तर सरकारको नजरमा यो अझै समान्य नै छ । यसको ब्यवस्थापन हुन सकेको छैन् । सन १८७६ मा पत्ता लागेको लुम्बिनीमा लुम्बिनी विकास कोष स्थापन गरि सरकारले विकास गर्दा त्यो स्थान अन्तराष्ट्रिय पहिचान बनाई सक्यो,तर त्यस लगत्तै तत्कालिन अँग्रेज(बेलायती) विद्धान डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुप यहिँ हो भनेर पत्ता लगाए पनि अहिले माटोको ढिस्को मात्र छ । स्तुपको औपचारिक रुपमा दुई दशक पहिला पुरातत्व विद शुक्रसागर श्रेष्ठको टोलीले उत्खनन गरेर पनि स्तुप यहिँ भएको आधार तयार पारे देखी खसै काम हुन सकेको छैन् ।
रामग्राम स्तुप क्षेत्रको विकासका लागि रामग्राम नगरपालिकाले रामग्राम स्तुप विकास समिति बनाउने र त्यसका लागि एउटा छुट्टै कोष समेत खडा गर्ने नगरसभाले निर्णय गरेको रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवले बताए । तर विकास समितिका लागि कानुन बनाई ऐनकै रुपमा पास गर्नु पर्ने भएको हुदा ब्यवस्थित काम गर्न नसकिएको जनाए । अहिले रामग्राम विकास समिति गठनका लागि ऐनको मस्यौदा बनाउने क्रममा छ,उनले भने, आउदो हिउँदे नगरसभामा सो ऐन नगरसभाले पास गरेर कानुनको रुप दिए पछि विधिवत समितिको गठन र कोषको स्थापना गरि नगरपालिकाले स्तुप क्षेत्रको विकासका लागि काम गर्ने छ । रामग्राम स्तुप क्षेत्रको विकास,संरक्षण र प्रचार प्रसार गरि विश्वको अध्यात्मिक केन्द्र बन्नमा अब धेरै दिन नलाग्ने दाबी मेयर यादवले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *