रामग्राम नगरपालिका

विहान सर्पको पुजा र साँझमा पुतरी पिटेर मधेशमा मनाइयो नागपञ्चमी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

विहान सर्पको पुजा र साँझमा पुतरी पिटेर मधेशमा मनाइयो नागपञ्चमी

नवलपरासी,४ भदौनाग पञ्चमीको अवसरमा जिल्लाका विभिन्न स्थानमा विहान नाग पुजा र साँझ पुतरी पिटेर मनाईएको छ । विहानमा सबैले आफ्नो घरमा नागको तस्विर वा मन्त्रले फुकिएको गोबरबाट नाग बनाई पुजा गरि साँझमा खोला नाला किनारमा पुतरी बनाई पिटेर नागपञ्चमी मनाएका हुन् ।परापुर्वकाल देखी यसरी मधेशका गाँउमा दुई थरीले नाग पञ्चमी बनाउने कार्य गरिदै आएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यो परम्परागत रुपमा हिन्दु मान्यता अनुसार मनाईदै आएको पर्व पनि हो,उनले भने, विहानमा नाग पुजा अधिकाँस समुदायमा मनाईने गरिएको भए पनि साँझको बेला पुतरी पिटने कार्य प्रयाःमधेश समुदायमा देखिन्छ । बौद्ध परम्परा अनुसार पनि नागपुजा गर्ने गरिएको छ । विभिन्न बौद्ध परम्परामा पनि नागको पुजा गरिएको देख्न सकिन्छ तर नागपुजाबारे अहिलेको अवस्थामा नागपुजा हिन्दुका आर्यहरुले विकृत बनाएको बौद्धिक समाजका अध्यक्ष तथा अधिवतmा मनोज क...
पुर्वमन्त्री तथा साँसद प्रधानद्धारा परासी स्थित पिसपार्कको अवलोकन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

पुर्वमन्त्री तथा साँसद प्रधानद्धारा परासी स्थित पिसपार्कको अवलोकन

नवलपरासी,१ भदौजिल्ला सदरमुकाम स्थित पिस पार्कलाई सबै खालको संस्कृति झल्किने गरि कार्यक्रम गर्दै ब्यवस्थापन कार्यमा लाग्नु पर्ने प्रतिनिधिसभा सदस्य(साँसद) तथा पुर्व कानुन मन्त्री धु्रव बहादुर प्रधानले बताएका छन् । परासी स्थित महिना दिन पहिला सञ्चालनमा आएको पिसपार्कको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् ।बजार नजिकै कुनै पनि पार्कहरु नभएका हुदा शान्त र मनोरम स्थानमा दिन बिताउन खोज्ने जो सुकैलाई पार्कको आवश्यकता महशुस भई रहेको र अहिले यो पार्क सञ्चालनले सो आवश्यकता पुरा गर्नेमा उनले विश्वास ब्यतm गरेका थिए । पार्क सञ्चालन तथा ब्यवस्थापन जुन सुकै संस्थाले गर्दै आए पनि यो सार्वजनिक सरोकारको भएको हुदा सबै क्षेत्रको लगानी आवश्यक रहेको बताउदै उनले बसपार्कसँगै जोडिएको यो पिसपार्क अझ प्रभाकारी हुने जनाए । बसपार्कसँगै यो पिसपार्कको महत्व आफै बढदै जानेछ,उनले भने,नगरपालिकाले चाँसो लिएर यस क्षेत्रको ब्...
रामग्राम नगरपालिकाले दुई स्वास्थ्य चौकी मार्फत सञ्चालन गर्दैछ, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्राम नगरपालिकाले दुई स्वास्थ्य चौकी मार्फत सञ्चालन गर्दैछ, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

नवलपरासी,२२ साउनजिल्लाको रामग्राम नगरपालिकाले किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्नका लागि नगरक्षेत्र भित्रका दुई स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको छ । किशोरकिशोरी मैत्री सेवाका लागि आवश्यक पुर्वाँधार तयार गरि सेवा प्रवाह गर्नका लागि नगरपालिकाको वार्ड नं.१५ सुक्रौली स्वास्थ्य चौकी र वार्ड नं.१४ को अमरौट स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको हो ।संघिय सरकारले नै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तिन तहकै सरकारलाई निर्देशन गरेको थियो । सो निर्देशिका अनुसार काम गर्न रामग्राम नगरपालिकाले तत्काल दुई वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण गरिएको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले जानकारी गराए । निर्देशिका अनुसारको स्वास्थ्य संस्थामा पुर्वाधार तयार गर्नका लागि अभिमुखीकरण भई रहेको छ,उ...
अवैध औषधीपसल तथा क्लिनिकलाई नियमन गर्न रामग्राम नगरपालिकाले निर्देशिका बनायो
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

अवैध औषधीपसल तथा क्लिनिकलाई नियमन गर्न रामग्राम नगरपालिकाले निर्देशिका बनायो

नवलपरासी,१८ साउनरामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र रहेका अवैध स्वास्थ्य क्लिनीक,औषधी पसल तथा विभिन्न एक्सरे,प्याथलोजी लगायतका स्वास्थ्य सँस्थालाई नियमन गर्ने भएको छ । हालै सम्पन्न नगरपालिकाको नगरसभाले नगरक्षेत्र भित्र सञ्चालन हुने स्वास्थ्य सस्था दर्ता,अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०८० पास गरे पछि त्यस्ता सँस्थाहरुलाई अब अनुगमन नियमनका कार्य प्रारम्भ गर्ने भएको हो ।नगरकार्यपालिकामा सो ऐन प्रस्तुत गरेर छलफल गरि अनुगमन कार्ययोजना बनाएर अनुगमन गरिने नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले बताए । उनका अनुसार विगत बर्षमा स्वास्थ्य सम्बन्धि ऐन बने पनि त्यसको निर्देशिका तयार भएको थिएन् । अहिले स्वास्थ्य सम्बन्धित ऐन र निर्देशिका समेत बनिसके पछि अनुगमन र नियमन गर्ने बाटो समेत खुल्यो,उनले भने,नगरपालिका क्षेत्र भित्र धेरै स्वास्थ्य सस्थाहरु अवैध रहेको गुनासो विगत बर्ष...
परासी स्थित पिस पार्कका बढदै अवलोकनकर्ता
पर्यटन, रामग्राम नगरपालिका, समाचार

परासी स्थित पिस पार्कका बढदै अवलोकनकर्ता

नवलपरास,१८ साउनजिल्लाको रामग्राम ८ उनवछ गाउ नजिकै सञ्चालनमा आएको पिसपार्कमा स्थानियसँगै छिमेकी गाउपालिकाबाट पनि पार्कमा अवलोकन गर्न तथा रमाउन थालेका छन् । यहिँ साउन १ गते देखी पार्क सञ्चालनमा आए देखी प्रत्येक दिन पार्कमा रमाउन आउनेको संख्या वृद्धि हुदै गएको हो ।शान्त मनोरम झरही किनारमा सञ्चालनमा आएको उतmपार्कमा बुधवार सरावल गाउपालिका अध्यक्ष सुखाडी चौधरी सहितका स्थानिय युवाहरु समेत सो पार्कको अवलोकन र केही क्षण विश्राम गरेर फर्केका थिए । सधै परासी आउने तर यस्तो रमणिय स्थान पनि बजार नजिकै भन्ने थाहै थिएन,अध्यक्ष चौधरीले भने,विभिन्न समाजिक सञ्जाल र सञ्चार माध्यममा तस्विर हेरे पछि जाँउ जाँउ भनेर लाग्यो,उनले थपे,अनि साथीभाईहरु सँगै यो पार्कमा आएका हौ । पार्कमा एक क्षण विश्राम गर्ने बाहेक अहिले खासै केही पुर्वाधार त छैन्,तर शान्त स्थानमा बस्न पाउनु पनि एक फरक अनुभुति यस पार्कमा पाईयो । यो पार्क...
परासी बसपार्क छिट्टै सञ्चालन गर्न गृहकार्य गर्दै रामग्राम नगरपालिका
अर्थ, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी बसपार्क छिट्टै सञ्चालन गर्न गृहकार्य गर्दै रामग्राम नगरपालिका

नवलपरासी,१५ साउनजिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न भई सकेको बसपार्क सञ्चालनमा ल्याउने तयारीमा रामग्राम नगरपालिका जुटेको छ । लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको र अहिले बसपार्क निर्माण भएर नगरपालिकासँग सञ्चालनबारे शहरी तथा भवन कार्यालयले परामर्श गर्दै सञ्चालनमा ल्याउनका लागि नगरपालिका गृहकार्यमा जुटेको हो ।भवन कार्यालयका प्राविधिकहरुसँग एक चरणको बसपार्क सञ्चालनबारे छलफल भई सकेको जानकारी रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए । बसपार्कमा अझै पनि केही काम गर्न बाकी देखिएका छन्,उनले भने,ति पुरै काम सम्पन्न गरेर मात्र सञ्चालनमा ल्याइन्छ । बसपार्क नगरपालिकाले कसरी सञ्चालन गर्नेबारे पनि आन्तरिक तयारी भई रहेको बताउदै उनले निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने कि नगरपालिकाले अन्य प्रकृयाहरु पुरा गरेर आफै सञ्चालनमा ल्याउने निधो हुन बाकी ...
परासी स्थित पिस पार्कको लुम्बिनी प्रदेशसभा सदस्य (साँसद) कलवारद्धारा अवलोकन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

परासी स्थित पिस पार्कको लुम्बिनी प्रदेशसभा सदस्य (साँसद) कलवारद्धारा अवलोकन

नवलपरासी,१३ साउनजिल्ला सदरमुकाम परासी स्थित सञ्चालनमा आएको पिस पार्कले परासीमा पार्कको आवश्यकतालाई पुरा गरेको लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) बैजनाथ कलवारले बताएका छन् । पिस क्लब इन्टरनेसन,परासी नवलपरासीद्धारा ब्यवस्थापन गरि सञ्चालनमा ल्याइएको उतm पार्कको शनिवार स्थालगत अवलोकन गर्दै सो कुरा बताएका हुन् ।पिस पार्कको सञ्चालन तथा ब्यवस्थापन पिस क्लबले गर्दै आए पनि यसको विकास र प्रवद्र्धनमा रामग्राम नगरपालिकाले ध्यान दिनु पर्ने उनले औल्याएका थिए । रामग्राम नगरपालिका भित्र यतिको पार्क नभएको हुदा यसलाई नगरले नै सहयोग गरि ब्यवस्थित गर्दै लैजानु पर्ने र लुम्बिनी प्रदेश सरकारको तर्फबाट पनि आवश्यक पुर्वाधार बनाउनका लागि समेत पहल गरिने उनको भनाई थियो । झरही नदी किनारमा लोहषणा विद्यालयद्धारा वृक्षारोपण गरिएको करिब पाँच विघा क्षेत्रफलमा उतm पार्कको साउन १ गते सोही वार्डका वार्डअध्यक्ष महेन्द्र ठाकुरले...
रामग्राम स्तुपा क्षेत्रमा प्रहरी चौकी स्थापनाको माग गर्दै प्रजिअलाई नागरिक समाजको ज्ञापन
पर्यटन, रामग्राम नगरपालिका

रामग्राम स्तुपा क्षेत्रमा प्रहरी चौकी स्थापनाको माग गर्दै प्रजिअलाई नागरिक समाजको ज्ञापन

नवलपरासी,७ साउनभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा प्रहरी चौकीको स्थापना गर्न माग गर्दै नागरिक समाज नवलपरासीले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई ज्ञापनपत्र बुझाएको छ । रामग्राम ७ मा अवस्थित उतm स्तुपा क्षेत्र एक ऐतिहासिक,पुरातात्विक,धार्मिक तथा अध्यात्मिक हिसाबले निकै महत्वपुर्ण विश्व सम्पदा सुचिकृत हुने प्रकृयामा रहेको सम्पदा समेत रहेको हुदा सो क्षेत्रको सुरक्षार्थ प्रहरी चौकीको स्थापना गर्न माग गरेको हो ।नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारको नेतृत्वमा विभिन्न संघसस्थाका प्रतिनिधिहरुले सो क्षेत्रको उचित संरक्षण नहुदा चरन क्षेत्रको रुपमा रहेको प्रति स्थानिय प्रशासनको ध्यानकर्षण समेत गराएका थिए । अहिले सो क्षेत्रमा लागु औषध दुब्र्यसन गर्ने र खुल्ला अवस्थामा रहेको स्तुपा जस्तो कुरा अहिले भुभौतिक सवेक्षण भई पहिचानमा आउन थालेकोले रातीको बेला चोरी समेत हुन ...
पिस पार्क रामग्राम स्तुपा र बुद्धको मावली पण्डितपुरकै एक अभिन्न भाग हुने ः मेयर यादव
पर्यटन, रामग्राम नगरपालिका, समाचार

पिस पार्क रामग्राम स्तुपा र बुद्धको मावली पण्डितपुरकै एक अभिन्न भाग हुने ः मेयर यादव

नवलपरासी,६ साउनहालै सञ्चालनमा आएको रामग्राम ८ उनवछ स्थित पिस पार्क चर्चा पाए पछि त्यसको स्थलगत अवलोकन गर्न रामग्राम नगरपालिकाका नगर प्रमुख(मेयर) धनपत यादव पुगेका छन् । पिस क्लब इन्टरनेसनल नवलपरासीको ब्यवस्थापनमा सञ्चालनमा आएको उतm पार्क स्थलमा अहिले शान्त र मनोरम दृष्य भएको स्थानमा समय बिताउने देखी मिटिगँ बैठक गर्ने संघ सस्थाहरुको आकर्षण बढे पछि सो पार्कलाई थप ब्यवस्थापन गर्ने उदेश्यले नगरप्रमुख यादवले शनिवार विहान अवलोकन गर्न पुगेका हुन् ।परासीको यो पिस पार्क रामग्राम स्तुपा र बुद्धको मावली पण्डितपुरकै एक अभिन्न भाग हुने देखिएको उनले नगरप्रमुख यादवले महशुस भएको बताएका थिए । झरही किनारमा रहेको झण्डै पाँच विघा क्षेत्रफलमा फैलिएको वृक्षारोपण गरिएको रुख बोट विरुवाले भरिएको उतm स्थान गर्मियाममा समय विताउनका लागि पिस क्लबले पिस पार्कको रुपमा ब्यवस्थापनम जुटेको छ । यहिँ साउन १ गते देखी उतm पार्क...
परासीमा पहिलो पटक पिस पार्कको सञ्चालन कार्य शुभारम्भ
पर्यटन, रामग्राम नगरपालिका, समाचार

परासीमा पहिलो पटक पिस पार्कको सञ्चालन कार्य शुभारम्भ

नवलपरासी,१ साउनजिल्लाको सदरमुकाम परासीमा पहिलो सार्वजनिक पार्कको रुपमा पिस पार्क सञ्चालन कार्य शुभारम्भ भएको छ । रामग्राम नगरपालिका वार्ड नं.८ उनवछ गाँउ पुर्व बसपार्क नजिकै सो पार्कको शुभारम्भ सोही वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले गरेका हुन् ।पार्कको शुभारम्भ गर्दै उनले अहिले आफ्नै वार्डमा बन्न लागेको यो पिस पार्क नगरपालिकाकै सम्पति भएको बताए । यसमा रामग्राम नगरपालिकाले समेत लगानी गुर्न पर्छ,उनले भने, वार्ड स्तरबाट हुने सहयोग निरन्तर भई नै रहन्छ । धेरै दिन देखी परासी बजार क्षेत्रमा पार्क नभएको आवश्यकता महशुस भई रहेको थियो । अहिले यो पिस पार्कले सो आवश्यकतालाई पुर्ति हुने हुदा उनले खुशी ब्यतm गरेका थिए । वार्डले शुरुवात गरेको छ,तर पार्क ब्यवस्थानमा करोडौ लगानी लाग्न सक्ने हुदा नगरपालिका,प्रदेश सरकार र संघिय सरकारले पनि स्वामित्व लिएर लगानी गर्न समेत उनले औल्याएका थिए । स्थानिय लोहसडा ...