अवैध औषधीपसल तथा क्लिनिकलाई नियमन गर्न रामग्राम नगरपालिकाले निर्देशिका बनायो

नवलपरासी,१८ साउन
रामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र रहेका अवैध स्वास्थ्य क्लिनीक,औषधी पसल तथा विभिन्न एक्सरे,प्याथलोजी लगायतका स्वास्थ्य सँस्थालाई नियमन गर्ने भएको छ । हालै सम्पन्न नगरपालिकाको नगरसभाले नगरक्षेत्र भित्र सञ्चालन हुने स्वास्थ्य सस्था दर्ता,अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०८० पास गरे पछि त्यस्ता सँस्थाहरुलाई अब अनुगमन नियमनका कार्य प्रारम्भ गर्ने भएको हो ।
नगरकार्यपालिकामा सो ऐन प्रस्तुत गरेर छलफल गरि अनुगमन कार्ययोजना बनाएर अनुगमन गरिने नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले बताए । उनका अनुसार विगत बर्षमा स्वास्थ्य सम्बन्धि ऐन बने पनि त्यसको निर्देशिका तयार भएको थिएन् । अहिले स्वास्थ्य सम्बन्धित ऐन र निर्देशिका समेत बनिसके पछि अनुगमन र नियमन गर्ने बाटो समेत खुल्यो,उनले भने,नगरपालिका क्षेत्र भित्र धेरै स्वास्थ्य सस्थाहरु अवैध रहेको गुनासो विगत बर्ष देखी नै उठ्दै आएको छ,तर त्यसलाई नियमन गर्ने नगरपालिकाको स्वास्थ्य शाखासँग कानुन अभाव थियो । अहिले निर्देशिका समेत बनिसकेको छ ।
अब अवैध रुपमा सञ्चालनमा रहेको स्वास्थ्य क्लिनिक,औषधी पसल,प्याथलोजी,एक्सरे सेवा तथा अस्पतालको सञ्चालन,दर्ता अनुमति तथा नियमित नविकरण गर्न सक्ने आधार अब निर्देशिका बनेको छ । पहिलो पटक नगरक्षेत्र भित्र रहेका त्यस्ता अवैध स्वास्थ्य सस्थाहरुलाई दर्ताका लागि आह्वान गरिन्छ, उनले भने,तत्पपश्चात अनुगमन गरिन्छ । आफै स्वतः दर्ताका लागि आउने संस्थाहरुको मापदण्ड अनुसारको पुर्वाधार,जनशतिm आदी आवश्यक कागजातहरु पुरा भएको पाइएमा दर्ता तथा सञ्चालन अनुमति दिईन्छ । मापदण्ड पुरा नगरेका सस्थालाई पनि मापदण्ड पुरा गर्न लगाई दर्ता अनुमति दिईने तर त्यसको अटेरी गरेमा त्यस्ता सस्थाहरु बन्द गरिने छ ।
निर्देशिकाले स्वास्थ्य सस्थालाई पनि कानुन सम्मत अनुमति लिइ सञ्चालन गर्न सहज हुनेमा उनले विश्वास ब्यतm गरे । दर्ता अनुमित पछि नियमित रुपमा स्वास्थ्य शाखामा स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(एचआईएमएस) अनुसार प्रतिवेदन पठाउनु पर्ने हुन्छ । राजश्व नतिरी सञ्चालन हुदै आएका स्वास्थ्य सस्थाहरुलाई दर्ता पनि राजश्व तिर्नका लागि पनि वातावरण बन्ने छ । स्वास्थ्य सस्थालाई आवश्यक पर्ने सहयोगमा समेत नगरपालिकासँग सहकार्य गर्न पाउने छन् । लुकेर ब्यवसाय गर्नु भन्दा दर्ता अनुमति पश्चात खुलेर ब्यपार गर्नु पर्ने वातावरणको समेत सृजना हुने शाखाले जनाएको छ ।
सदरमुकाम परासी बजार भित्र दर्जन बढि स्वास्थ्य सँस्थाहरुले मापदण्ड विपरित विना दर्ता अनुमतिका प्याथलोजी,क्लिनिक,एक्सरे,भिडियो एक्सरेसम्म गर्दै आएका छन् । औषधी पसलमा समेत फर्मास्ति विनाको औषधी पसल सञ्चालनमा रहेका छन् । विभिन्न चिकित्सकको प्रमाणपत्र मात्र राखेर अहेव,स्वास्थ्य सहायकले नियमित स्वास्थ्य क्लिनिकहरु सञ्चालन गर्दै आएका छन् । मनपरी शुल्क आफैले तोकेर समेत लिइने गरेका छन् । शुल्कमा समेत एकरुपता ल्याउनका लागि दर्ता अनुमति पश्चात गुणस्तरको आधारमा मुल्य सुचि स्वास्थ्य शाखाले तयार गरि सार्वजनिक गर्ने र त्यसले आम उपभोतmालाई राहत मिल्ने विश्वास उनले ब्यतm गरेका थिए ।
सरकारी स्वास्थ्य सस्थाहरुमा नियमित रुपमा निशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएका स्वास्थ्य शाखाले अब निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदान गर्ने सस्थालाई ब्यवस्थित,मार्यादित बनाउन लागि परेको जनाएको छ । यसले बदनाम निजी स्वास्थ्य सस्थालाई पनि नियमन गरि गुणस्तरिय सेवा प्रवाह गराउनमा सहयोगी हुने छ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध शाखा सिँह दरबार काठमाडौले साउन ७ गते नै जिल्ला प्रशासन कार्यालय मार्फत सबै स्थानिय तहलाई औषधी पसल अनुगमन गरी औषधी पसल दर्ता भएको मिति र निकाय समेत खुल्ने गरि तथा दर्ता नभएको हकमा आवश्यक कारवाहीका लागि विवरण तयार गरी पठाउनु हुन पत्राचार समेत गरि सकेको छ ।
सोही पत्र अनुसार नै जिल्ला प्रशासन कार्यालयले साउन ११ गते रामग्राम नगरपालिकामा समेत पत्र आई सकेको छ । त्यसलाई पनि कार्यान्वय गर्नका लागि यो निर्देशिका अनुसार नगरपालिकाले आफ्नो काम कारवाही अगाडी बढाउने उनको भनाई थियो । धेरै जसो औषधी पसलले लागु औषधमा प्रयोग हुन सक्ने औषधी विना चिकित्सिकको परामर्श र विना रेकर्ड विक्रि वितरण गर्दै आएका छन् । यस्ले पनि स्थानिय प्रशासनलाई चुनौती थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *