रामग्राम स्तुपा क्षेत्रमा प्रहरी चौकी स्थापनाको माग गर्दै प्रजिअलाई नागरिक समाजको ज्ञापन

नवलपरासी,७ साउन
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा प्रहरी चौकीको स्थापना गर्न माग गर्दै नागरिक समाज नवलपरासीले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई ज्ञापनपत्र बुझाएको छ । रामग्राम ७ मा अवस्थित उतm स्तुपा क्षेत्र एक ऐतिहासिक,पुरातात्विक,धार्मिक तथा अध्यात्मिक हिसाबले निकै महत्वपुर्ण विश्व सम्पदा सुचिकृत हुने प्रकृयामा रहेको सम्पदा समेत रहेको हुदा सो क्षेत्रको सुरक्षार्थ प्रहरी चौकीको स्थापना गर्न माग गरेको हो ।
नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारको नेतृत्वमा विभिन्न संघसस्थाका प्रतिनिधिहरुले सो क्षेत्रको उचित संरक्षण नहुदा चरन क्षेत्रको रुपमा रहेको प्रति स्थानिय प्रशासनको ध्यानकर्षण समेत गराएका थिए । अहिले सो क्षेत्रमा लागु औषध दुब्र्यसन गर्ने र खुल्ला अवस्थामा रहेको स्तुपा जस्तो कुरा अहिले भुभौतिक सवेक्षण भई पहिचानमा आउन थालेकोले रातीको बेला चोरी समेत हुन सक्ने हुदा शुरक्षाका लागि प्रहरीको आवश्यकता महशुस भएको अध्यक्ष सैथवारले प्रजिअ विश्व प्रकाश अर्याललाई जानकारी गराएका थिए । परासी देखी महेशपुर नाकासम्म जोड्ने परासी महेशपुर सडकको बिचमा कुनै प्रहरी चौकी नभएको हुदा विच भागमा स्तुपा क्षेत्र रहेको र सो सडकमा हुने दुर्घटना न्युनिकरण तथा चोरी तस्करी नियन्त्रणमा समेत प्रहरी चौकी स्थापना भए सहज हुने कुरा ज्ञापनपत्र मार्फत दर्शाइएको थियो ।
नागरिक समाजले ज्ञापनपत्र मार्फत गराएको ध्यानाकर्षण सकारात्मक भएको प्रतिकृया दिदै प्रजिअ अर्यालले यसलाई जिल्ला शुरक्षा समितिको बैठकमा राख्ने र निर्णय भए पश्चात प्रहरी चौकी स्थापनाका लागि गृह मन्त्रा
लयलाई पत्राचार गरिने आश्वासन दिएका थिए । अहिले रामग्राम स्तुपाको दर्शनका लागि देशी विदेशी पर्यटकको संख्या बढदै गएको छ । तर उतm स्थानमा उचित ब्यवस्थापन हुन नसकेको महशुस गरेर सो ज्ञापनपत्र बुझाइएको भनाई नागरिक समाजका अध्यक्ष सैथवारको थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *