रामग्राम नगरपालिका

रामग्राम स्तुपा क्षेत्रको विकासका लागि नगरपालिकाले बनायो,रामग्राम विकास कोष ऐन २०८०
रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम स्तुपा क्षेत्रको विकासका लागि नगरपालिकाले बनायो,रामग्राम विकास कोष ऐन २०८०

नवलपरासी,११ असारविगत डेढ दशक देखी स्थानिय संघसस्थाले रामग्राम विकास समिति बनाउन गर्दै आएको माग रामग्राम नगरपालिकाले पुरा गरेको छ । रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति ऐन २०८० पारित गर्दै सो माग पुरा गरेको हो ।लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरको विकासका लागि काम नगरेको भन्दै स्थानिय रामग्राम पर्यटन विकास सस्थाले छुट्टै विकास समिति वा कोष गठन गरि काम गर्न माग गर्दै आएको थियो । सस्थाले रामग्रामको भ्रमण गर्न आउने राष्टपति,उपराष्टपति,प्रधानमन्त्री तथा विभिन्न मन्त्रिसँगै रामग्राम विकासका लागि छुट्टै समिति बनाई काम गर्नु पर्ने माग उठाउदै आएको थियो । केही बर्ष विद्यालय,गाँउ,टोल तथा चोक चोकमा हस्ताक्षर अभियान समेत चलाएको थियो । तर संघिय सरकारबाट संस्थाले उठाउदै आएको माग सम्बोधन नभए पनि स्थानिय...
रामग्राम लगायत पुरातात्विक क्षेत्रमा काम गर्न पुरातत्व अधिकृतको टोली सुझाव संक्लन गर्दै
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम लगायत पुरातात्विक क्षेत्रमा काम गर्न पुरातत्व अधिकृतको टोली सुझाव संक्लन गर्दै

नवलपरासी,१ असारगौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा लगायत क्षेत्रमा पुरातात्विक क्षेत्रको संरक्षण र पर्यटकिय क्षेत्र प्रवद्र्धनमा पुरातत्व अधिकृतको टोलीले सुझाव संकलन गरेको छ । रामग्राम नगर प्रमुख धतपत यादव र प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्का लगायत पुरातत्व र रामग्राम प्रति चाँसो राख्ने ब्यतिmत्वहरुसँग छलफल गरि लुम्बिनी विकास कोष अन्तरगत रहेको पुरातत्व महाशाखा प्रमुख समेत रहेका पुरातत्व अधिकृत हिमाल उप्रेती सहितको टोलीले सुझाव संकलन गरेको हो ।रामग्राम नगरपालिका भित्र रहेको प्रमुख पुरातात्विक स्थल रामग्राम स्तुपा क्षेत्र र प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरको स्थलगत अध्ययन समेत टोलीले गरेको थियो । सोही क्रममा रामग्राम स्तुपामा पुगेको टोलीलाई लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले लुम्बिनी विकास कोषकै कारण यो क्षेत्र ओझेलमा परेको आरोप समेत लगाएका थिए । लुम्बिनी...
नागरिक समाजले सार्वजनिक गर्यो एक महिने गतिविधि
रामग्राम नगरपालिका, समाचार, समाज

नागरिक समाजले सार्वजनिक गर्यो एक महिने गतिविधि

नवलपरासी,२४ जेठनागरिक समाज नवलपरासी पुनर्गठन भएको पहिलो एक महिनाको प्रगति सुनाउदै आफ्ना विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । मंगलवार बैठक पश्चात निर्णयहरु परासी प्रेस क्लब मार्फत सार्वजनिक गरेको हो ।एक महिना भित्रै नागरिकका विभिन्न समस्याहरुलाई सरकारी सरोकारवालासँग उठाउदै आएको र त्यसमा धेरै जसो नागरिकको पक्षमा उपलब्धी पनि भई रहेको समाजले जनाएको थियो । त्यसै गरि समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले नागरिक समाजको वैठकले हुलाकी राजमार्ग लगायत जिल्लाका विभिन्न स्थानमा रहेका पुल,कल्भर्टहरु भत्किएको,र्यालिगँ नभएका अवस्थाबारे सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय सुनाएका थिए । हालै हुलाकी राजमार्गमा रहेको पुल विगत तिन बर्ष देखि भत्किएर ह्वाँग परेको र त्यसैमा आम नागरिक खसेर मृत्यु भएको हुदा सोही प्रकारका अन्य पुल पुलेसा,कल्भर्टको छेउछाउ,र्यालिगँ लगायतका थुप्रै स्थान भएको जसलाई समान्य ठानेर सरो...
रामग्राम स्तुपा – प्राचिन कोलनगर(पण्डितपुर) जोड्ने पर्यटन मार्गका लागि २० करोड बजेट बिनियोजन
पर्यटन, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम स्तुपा – प्राचिन कोलनगर(पण्डितपुर) जोड्ने पर्यटन मार्गका लागि २० करोड बजेट बिनियोजन

नवलपरासी,२४ जेठकेही दिन पहिला विश्व बैंकले स्थलगत अध्ययन र अवलोकन गरेर गएको रामग्राम स्तुपा देखी प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) जोड्ने पर्यटन मार्गको निर्माणका लागि २० करोड बजेट बिनियोजन भएको रामग्राम नगरपालिकाले जनाएको छ । संघिय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट कार्यक्रममा नै समावेश गरि सो रकम विनियोजन भई अनुदान नगरपालिकामा आउने नगरपालिकाले जनाएको हो ।बर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकको टोलीले स्थलगत अध्ययन शुरु गरेको थियो । सो स्थान जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई विगत बर्ष देखी नै समाजिक तथा वातावरणिय पक्षको स्थालनगत अध्ययन गरेको थियो । अहिले सो प्रोजेक्ट स्वीकृत भई सरकारले नगरपालिकालाई नै अनुदानमा राखेर रकम पठाउने नगरपाल...
पृथ्वीचन्द्र अस्पतालका मेसु डा.होदालाई जिल्ला अदालत नवलपरासीको कारण देखाउन आदेश
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालका मेसु डा.होदालाई जिल्ला अदालत नवलपरासीको कारण देखाउन आदेश

नवलपरासी,२१ जेठजिल्ला पृथ्वीचन्द्र अस्पताल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट(मेसु) डा.नुरुल होदालाई जिल्ला अदालत नवलपरासीले कारण देखाउ आदेश जारी गरेको छ । नागरिक अधिकारको हनन गर्न खोजेको र ब्यपार ब्यवसायमा असर पर्ने गरि उनले गैरकानुनी कार्य गरेको भन्दै रामग्राम ५ स्थित सफल फर्मेसीकी सञ्चालक राधा कोईरीले दिएको निषेधाज्ञा रिट निवेदन उपर सुनुवाई गर्दै जिल्ला न्यायधिस खडानन्द तिवारीको इजलासले सो आदेश दिएको हो ।परेको रिट निवेदन एवं मिसिलमा संलग्न प्रमाणहरुको अध्ययन र अधिवतmा मनोज नागबंशीको बहस पश्चात तिवारीको इजलासले परेको निवेदनमा के कसो भएको हो ? निवेदनमा माग बमोजिम निषेधाज्ञा जारी किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै कारण र आधार भए खुलाई म्याद सुचना पाएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र जिल्ला अदालत नियमावली २०७५ को नियम ३१ र ३६ बमोजिम प्रत्यर्थि अस्पताल र निमि...
जिल्लाकै जेठो पाल्ही क्याम्पस परासीमा पुर्वविद्यार्थी संघ गठन
रामग्राम नगरपालिका, शिक्षा, समाचार

जिल्लाकै जेठो पाल्ही क्याम्पस परासीमा पुर्वविद्यार्थी संघ गठन

नवलपरासी,२० जेठजिल्लाकै जेठो क्याम्पस पाल्ही बहुमुखी क्याम्पसको विकासका लागि पुर्व विद्यार्थी सगठित हुन थालेका छन् । क्याम्पसको शैक्षिक,पुर्वाधार लगायतका क्षेत्रमा पुर्वविद्यार्थीको पनि योगदान बढाउने उदेश्यले शनिवार पुर्वविद्यार्थीहरु भेला भई पुर्वविद्यार्थी संघको गठन समेत गरेका हुन् ।क्याम्पसका संस्थापक विद्यार्थी नै रहेका रामचन्द्र भण्डारीको नेतृत्वमा पुर्व विद्यार्थी संघ गठन भएको क्याम्पसका क्याम्पस प्रमुख कैलाश ठाकुरले बताए । विश्वविद्यालयको नीति अनुसार नै पुर्व विद्यार्थी संघ गठन भएको बताउदै उनले क्याम्पसले जुन विद्यार्थीलाई अध्ययन गर्ने अवसर प्रदान गरि अध्यापन गराएर योग्य नागरिक बनायो,ति योग्य नागरिकहरु पुर्व विद्यार्थी पनि हुन् । सक्रिय भएर यहिँ क्याम्पसको विकासमा सहयोग पुर्याउनु र क्याम्पससँग सधै जोडिराख्नका लागि पनि यो पुर्व विद्यार्थी संघको ठूलो योगदान रहने विश्वास उनले ब्यतm गरे...
रामग्राममा श्रद्धालु बढे पनि सरकारी वेवास्ताले ब्यवस्थापन भएन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राममा श्रद्धालु बढे पनि सरकारी वेवास्ताले ब्यवस्थापन भएन

नवलपरासी,१८ जेठजिल्लाको रामग्राम नगरपालिका ७ स्थित रामग्राम स्तुपा परिसरमा दिनानु दिन श्रद्धालुहरुको आकर्षण बढदै गए पनि उचित ब्यवस्थापन हुन सकेको छैन् । भगवान गौतम बुद्धको अस्तिको आठौ भाग रहेको अष्टधातु स्थलमा देशी विदेशी पुगेर श्रद्धा पुजा तथा ध्यान अभ्यास गर्ने क्रम बढे पछि सरोकारवालाले समान्य ब्यवस्थापन समेत गर्न नसकेको अवस्था देखिएको हो ।केही दिन पहिला विपश्यनाका अचार्य सुधा ग्रोवर समेतको टोली भारत मुम्बईबाट आएर एक छिन ध्यान गर्न खोजे तर ध्याना साधानका लागि कुनै खासै ब्यवस्थापन नदेखिए पछि उनीहरुको टोली स्तुपा अगाडी भुईमै बसेर ध्यान अभ्यास गरेर फर्के । ग्रोवर विपश्यनाचार्य सत्यनारायण गोयन्कासँगै दुई दशक पहिला पनि आएको र अहिले पनि आउदा रामग्राममा खासै परिवर्तन नदेखिएको बताएका थिए । यहाँका स्थानिय र यहाँका सरकारले यसको महत्व र गरिमा नबुझेर हो कि ? ब्यवस्थापकिय कार्य गर्ने इच्छा शतिm नभएर ...
संस्कृति संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न आवश्यक ः मन्त्री पाण्डे
रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न आवश्यक ः मन्त्री पाण्डे

नवलपरासी,९ जेठसंस्कृतिक संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले बताएका छन् । जिल्लाको रामग्राम नगरपालिका २ झरही किनार स्थित परासी हाटबाजर लाग्ने स्थलमा पहिलो रामग्राम साँस्कृतिक मेला २०८० को उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् । नेपाल पर्यटन उद्योगको सम्भावना बोकेको देश हो,त्यसमा पनि लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही र कपिलबस्तु जिल्ला भगवान बुद्धसँग सम्बन्धित भएको हुदा सांसरका बौद्धमार्गिहरुलाई आकर्षित गरि पर्यटन उद्योग फस्ताउन सक्ने प्रसस्त सम्भावना भएको क्षेत्र हो । यो रामग्राम नगरपालिकामा रामग्राम स्तुपमा भगवान बुद्धको अस्तुधातु अवस्थित छ,उनले भने,धातु भएको माटो नै संसारका लागि पवित्र माटो बन्न सक्छ,यहाँका बाटो संसार भरि एक ग्राम माटो एक डलरमा बेच्न सकिन्छ,तर त्यसका लागि नगरपालिका र स...
रामग्राम स्तुपा परिसरमा मनाइयो विश्व जैविक विविधता दिवस
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपा परिसरमा मनाइयो विश्व जैविक विविधता दिवस

नवलपरासी,८ जेठविश्व जैविक विविधता दिवस भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपामा मनाइएको छ । संसारमा रहेका सम्पुर्ण जिवको सहअस्तित्वको कुरा र भगवान बुद्धद्धारा जिव हत्या नगुर्न भनि दिएको संदेश सान्दर्भिकतालाई जोडेर स्तुपाा परिसरमा सो दिवस मनाईको बौद्धिक समाजका अध्यक्ष अधिवतmा मनोज नागबंशीले बताएका हुन् ।सो कार्यक्रममा नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जैविक विविधता जोगाउने अहिलेको अवस्थामा संविधानले नै स्थानिय सरकारलाई जिम्मेवारी दिएको छ,तर स्थानिय सरकारको रुपमा रहेको नगरपालिका र गाँउ पालिकाहरु त्यस प्रति गम्भिर नरहेको पाइएको छ । जैविक विविधताले नै मानव अस्तित्वलाई काम गरेको छ,उनले भने,मानव जिवमा पनि सचेत प्राणी हो,मानवले नै जैविक विविधतालाई गम्भिरताका साथ लिनु पर्छ । मानव समाजलाई नेतृत्व गर्ने सरकार हो,त्यसमा पनि सबै भन्दा नजिकको सरकार भनेको स्थानिय सरकार हो । तर सु...
सडक निर्माणका लागि स्थालगत अध्ययन गर्दै विश्वबैंकको टोली
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

सडक निर्माणका लागि स्थालगत अध्ययन गर्दै विश्वबैंकको टोली

नवलपरासी,८ जेठबर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकको टोलीले स्थलगत अध्ययन शुरु गरेको छ । सो स्थान जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई समाजिक तथा वातावरणिय पक्षको स्थालनगत अध्ययन शुरु गरेको हो । सोमवार विश्व बैंकका प्रतिनिधि,कन्सल्टेन्सि,समाजिक,वातारणिय क्षेत्र लगायतका विभिन्न विज्ञहरुको संयुतm टोलीले नगरपालिकामा प्रोजेक्टबारे ब्रिफिगँ गरे पश्चात स्थलगत अध्यक्ष शुरु गरेको नगरपालिकाका मेयर धनपत यादवले जानकारी गराए । झण्डै एक बर्षको नगरपालिकाकै बजेट जतिको रकम एउटा सडकमा मात्रै प्रोजेक्टले लगान्ी गर्न खोजेको छ,उनले भने,यो नगरपालिकाका लागि खुशीको कुरा हो । नगरपालिका परिवार र नगरबासी समेत यो प्रोजेक्टले उत्साही भएका छन् । सो प्रोजेक्ट कुनै पनि हालतमा लागु ह...