
नवलपरास,१८ साउन
जिल्लाको रामग्राम ८ उनवछ गाउ नजिकै सञ्चालनमा आएको पिसपार्कमा स्थानियसँगै छिमेकी गाउपालिकाबाट पनि पार्कमा अवलोकन गर्न तथा रमाउन थालेका छन् । यहिँ साउन १ गते देखी पार्क सञ्चालनमा आए देखी प्रत्येक दिन पार्कमा रमाउन आउनेको संख्या वृद्धि हुदै गएको हो ।
शान्त मनोरम झरही किनारमा सञ्चालनमा आएको उतmपार्कमा बुधवार सरावल गाउपालिका अध्यक्ष सुखाडी चौधरी सहितका स्थानिय युवाहरु समेत सो पार्कको अवलोकन र केही क्षण विश्राम गरेर फर्केका थिए । सधै परासी आउने तर यस्तो रमणिय स्थान पनि बजार नजिकै भन्ने थाहै थिएन,अध्यक्ष चौधरीले भने,विभिन्न समाजिक सञ्जाल र सञ्चार माध्यममा तस्विर हेरे पछि जाँउ जाँउ भनेर लाग्यो,उनले थपे,अनि साथीभाईहरु सँगै यो पार्कमा आएका हौ । पार्कमा एक क्षण विश्राम गर्ने बाहेक अहिले खासै केही पुर्वाधार त छैन्,तर शान्त स्थानमा बस्न पाउनु पनि एक फरक अनुभुति यस पार्कमा पाईयो । यो पार्क समेत मिलेर ब्यवस्थित गर्न सकिए स्थानिय र देशी विदेशी पर्यटकका लागि पनि एक घुम्न पाउने पर्यटकिय गन्तब्य बन्न सक्छ । पिसपार्क जस्तै सरावलमा पनि एक थारु साँस्कृतिक पार्क बनाउने सोच रहेको हुदा पनि यो शान्तिपार्क अर्थात पिस पार्कको अवस्थाको अवलोकन गर्न आएको समेत उनले बताए ।

साउन संक्रान्तिको अवसर पारेर रामग्राम ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले केही ब्यवस्थित गरेर उतm पार्कको शुभारम्भ गरेका थिए । एक महिना नपुग्दै अहिले पार्कमा दैनिक सय भन्दा बढि आगन्तुकहरु आउने र रमाउने गरेका छन् । मानिसलाई खान लाउन पुगेर मात्र हुदै शान्त स्थानमा केही क्षण विताउनु पर्ने पनि आवश्यकता हुदो रहेछ, वार्ड अध्यक्ष ठाकुरले भने, यो पार्क सञ्चालनमा ल्याए पछि अहिले जुन मानिस कहिलै गाउ बाहिर नजाने तर पार्कमा आएर दिन विताउन थालेका देख्न पाइयो । पार्कमा पुग्नका लागि बाहिरबाट आउने केही आगन्तुकलाई समस्या भई रहेको हुदा अहिले सँकेत बोर्ड पनि राखिएको छ । बोर्डले पार्कसम्म पुग्न सहज बनाएको छ । हुलाकी सडकमा उनवछ जाने गाँउकोसडक नजिकै बोर्ड राखिएको हुदा बोर्डको सहयोगमा पिसपार्कमा पुग्न सहज भएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए ।

पार्क स्थल उचित स्थानमा छ,उनले भने,यसमा बनभोज खाने गरि आवश्यक पुर्वाधारको आवश्यकता छ । यसमा नगरपालिकाको पनि सहयोग रहने उनले बताए । पिस क्लब इन्टरनेसनवल नवलपरासीले उतm पार्कको सञ्चालन ब्यवस्थापन गर्दै आएको छ । अगामी दिनमा पार्क स्थलमा एक शान्ति स्मारकको समेत निर्माण गर्दै अध्यात्मिक अभ्यासका लागि पनि स्थानिय निर्धारण गरिदै लैजाने लक्ष्य रहेको क्लबका अध्यक्ष सम्भु उपाध्यायले बताए । पिकनिक स्पोर्ट,केही समान्य कार्यक्रम गर्नका लागि सभा हल र बसपार्क जोड्ने झुलगेँपुलको अति आवश्यकता अहिले देखिन थालेको छ । तर यि सबै पुर्वाधार निर्माणका लागि सरकारी र निजी क्षेत्रको पनि सहयोग आवश्यक रहेको उनको भनाई थियो । लोहणा स्थित निम्न माध्यमिक विद्यालयले करिब पाँच विघा क्षेत्रफलमा गरेको वृक्षारोपण क्षेत्र बार्षिक एक लाख भाडामा लिएर क्लबले सो पार्कमा सञ्चालनमा ल्याइएको जानकारी समेत अध्यक्ष उपाध्यायले गराएका थिए ।
Very interesting subject, appreciate it for posting.Raise blog range