विहान सर्पको पुजा र साँझमा पुतरी पिटेर मधेशमा मनाइयो नागपञ्चमी

नवलपरासी,४ भदौ
नाग पञ्चमीको अवसरमा जिल्लाका विभिन्न स्थानमा विहान नाग पुजा र साँझ पुतरी पिटेर मनाईएको छ । विहानमा सबैले आफ्नो घरमा नागको तस्विर वा मन्त्रले फुकिएको गोबरबाट नाग बनाई पुजा गरि साँझमा खोला नाला किनारमा पुतरी बनाई पिटेर नागपञ्चमी मनाएका हुन् ।
परापुर्वकाल देखी यसरी मधेशका गाँउमा दुई थरीले नाग पञ्चमी बनाउने कार्य गरिदै आएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यो परम्परागत रुपमा हिन्दु मान्यता अनुसार मनाईदै आएको पर्व पनि हो,उनले भने, विहानमा नाग पुजा अधिकाँस समुदायमा मनाईने गरिएको भए पनि साँझको बेला पुतरी पिटने कार्य प्रयाःमधेश समुदायमा देखिन्छ । बौद्ध परम्परा अनुसार पनि नागपुजा गर्ने गरिएको छ । विभिन्न बौद्ध परम्परामा पनि नागको पुजा गरिएको देख्न सकिन्छ तर नागपुजाबारे अहिलेको अवस्थामा नागपुजा हिन्दुका आर्यहरुले विकृत बनाएको बौद्धिक समाजका अध्यक्ष तथा अधिवतmा मनोज कुमार नागबंशीले बताएका थिए ।
नागबंशी राजाहरुले नागपञ्चमीको दिन उत्सव मनाउने कार्य गर्ने गरेका थिए । नागबंशीहरु मध्यदेशिय क्षत्रिय समुदाय हुन् । उनीहरुले आफ्नो खेतीपाती का कार्य सकिए पछि नागपञ्चमीको दिन उत्सव बनाउने गर्दै आएका थिए । पछि आर्यहरुको प्रवेश यो मध्यदेशिय क्षेत्रमा प्रवेश भयो,उनले भने,सो नागबंशीको उत्सवलाई विकृत बनाई नागलाई सर्पको पुजा बनाईयो, त्यो पनि अपमानित तरिकाले गोबरको नाग बनाउने र पुजा गर्ने प्रचलन चलाए । दुध चढाउने परम्परा बनाई यहाँका मुलनिवासीलाई मुर्ख बनाउने कार्य गरियो । दुध माँसाहरी हो,जो कहिलै दुध खादैन पिउदैन, तर साप बनाई दुध खुवाउने प्रचलन चलाएका थिए । जुन परम्परा बनेको छ,इतिहास जान्ने थोरै छन्,पुरोहितले जे भने पनि मान्नेको बाहुल्यता छ । यो भएर पनि नागपञ्चमी विरोधाभाष बनेको छ ।
पौराणिक मान्यता अनुसार नागको पुजा भगवान विष्णुको सैया बनेको शेषनाग हुन र उनी माथि पृथ्वी अडेको छ,तिनै शेषनागको पुजा गर्ने गरिन्छ । पुतरी भनेको विष्णुको राम अवतारका बेला शेषनाग लक्ष्मण भएर उनका भ्राता भएर अवतरित भएका थिए । राम लंका विजय पश्चात अयोध्या फर्केर आए पछि लक्ष्मणकी पत्निी उर्मिलाले मजाकमा लक्ष्मणलाई उनको आफ्नो पुरानो शेषनाथको स्वरुप देखाउन भनिन्,तर लक्ष्मण शेषनाथ भए सर्पको स्वरुप देखाए ।
जुन सर्प देखेर उनले डराएर हल्ला गरेकी थिईन् । हल्ला सुनेर छिमेकीहरु दुगुर्दै आए सर्प देखेर पिटाई गरे जुन लक्ष्मण घाईते भएका थिए र आफ्नी श्रीमती उर्मिलालाई श्राम दिए कि एक दिन यस्तो दिन आउछ,जुन दिन सबै मानिसले मेरो अर्थात सर्पको पुजा गर्छन र पिटाईका कारण बनेकी पत्नि उर्मिलालाई पुतरीको स्वरुपमा पिटाई गर्नेछन् । तिनै परम्परा अनुसार विहानमा सर्पको पुजा गर्ने र साझ गएर खोला किनारमा गित गाउदै पुतरी लिएर जाने महिलासँग पुतरी खोजेर केटाहरुले पुतरी लठ्ठीले पिटने गर्छन् । तिनै परम्परा अहिलेसम्म मनाईदै आइएको छ । तर विगत भन्दा उत्सव कम नाम मात्रको परम्परा निर्वाह गर्ने कार्य मात्रै भई रहेको नागरिक समाज अध्यक्ष सैथावारले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *