परासीमा पहिलो पटक पिस पार्कको सञ्चालन कार्य शुभारम्भ

नवलपरासी,१ साउन
जिल्लाको सदरमुकाम परासीमा पहिलो सार्वजनिक पार्कको रुपमा पिस पार्क सञ्चालन कार्य शुभारम्भ भएको छ । रामग्राम नगरपालिका वार्ड नं.८ उनवछ गाँउ पुर्व बसपार्क नजिकै सो पार्कको शुभारम्भ सोही वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले गरेका हुन् ।
पार्कको शुभारम्भ गर्दै उनले अहिले आफ्नै वार्डमा बन्न लागेको यो पिस पार्क नगरपालिकाकै सम्पति भएको बताए । यसमा रामग्राम नगरपालिकाले समेत लगानी गुर्न पर्छ,उनले भने, वार्ड स्तरबाट हुने सहयोग निरन्तर भई नै रहन्छ । धेरै दिन देखी परासी बजार क्षेत्रमा पार्क नभएको आवश्यकता महशुस भई रहेको थियो । अहिले यो पिस पार्कले सो आवश्यकतालाई पुर्ति हुने हुदा उनले खुशी ब्यतm गरेका थिए । वार्डले शुरुवात गरेको छ,तर पार्क ब्यवस्थानमा करोडौ लगानी लाग्न सक्ने हुदा नगरपालिका,प्रदेश सरकार र संघिय सरकारले पनि स्वामित्व लिएर लगानी गर्न समेत उनले औल्याएका थिए । स्थानिय लोहसडा आधारभुत विद्यालयले गरेको करिब साढे तिन हेक्टर क्षेत्रफललाई ब्यवस्थित गरि पिस पार्क सञ्चालन भएको छ ।
पिस क्लब इनटरनेसनल परासी नवलपरासीको ब्यवस्थापन तथा सञ्चालन रहने गरि वार्ड अध्यक्ष ठाकुरको रोहबरमा विद्यालयले बार्षिक एक लाख भाडा लिने गरि पार्क बनाई सञ्चालनको सम्झौता भएको थियो । २५ बर्षको सम्झौता गरि उतm पार्क सञ्चालनमा ल्याइएको पिस क्लबका उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले बताए । जिल्ला सदरमुकाम समेत रहेको परासी बजारमा पार्क नहुदा विदाको दिन समय विताउन,बालबालिकाहरुलाई खेल्न घुम्न,रमाउन सक्ने सार्वजनिक खुल्ला स्थान नभएको कुरा महशुस गरि पार्क सञ्चालनका लािग क्लबले वार्ड अध्यक्ष मार्फत सम्बन्धित विद्यालयसँग पहल गरेको थियो । वार्ड अध्यक्ष पनि यस कार्यका लागि सकारात्मक भए पछि सम्झौता कार्य अगाडी बढाईको थियो ।

पहिलो चरणमाा वार्ड अध्यक्ष ठाकुरले नै वार्ड स्तरको बजेट विनियोजन गरि पार्क ब्यवस्थापनमा लगानी गरेका छन् । यसले पार्क क्षेत्रमा एउटा आकर्षण थपेको छ,क्षेत्रीले भने,आउने दिनमा अब पिस क्लबले नगरपालिका,लुम्बिनी प्रदेश सरकार,संघिय सरकार लगायत निजी क्षेत्रसँग पनि समन्वय गरि पार्क क्षेत्रमा आकर्षण थप्ने कार्यलाई निरन्तता दिइने छ । हाल पार्कमा बस्नका लागि कंक्रिट चेयर फुटपाथको निर्माण गरिएको छ । उद्धानलाई सरसफाई गरिएको छ । आन्तरिक पर्यटक तथा स्थानियबासी समेत पार्कमा आउने शान्त,मनोरम दृष्यमा रमाउन थालेका छन् । बसपार्कसँगै उतm पार्क जोडिएको हुदा बसपार्कमा आउने यात्रुलाई केही समय विश्राम गर्ने,थकाई मार्ने खालको स्थानको रुपमा विकास हुनेछ । बसपार्कबाट सवारीसाधन ढिलो जाने अवस्थामा रहेका यात्रुलाई समय विताउन पनि यो पिस पार्क उपयोगी हुनेछ ।
झरही खोला किनारमा रहेको पिसपार्क र बसपार्क खोला वारी पारी रहेकोले खोलामा जैविक पुलको निर्णण गरिने छ । परासी क्षेत्रमा यो पहिलो पार्कको रुपमा सञ्चालनमा ल्याएर उदाहरणिय कार्य गरेकोमा नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले प्रशंसा गरेका थिए । नगरको सोच भन्दा वार्ड अध्यक्षको सोच उच्च स्तरको भेटिएको भन्दै उनले यसलाई सबैको पार्क बनाउनका लागि पिस क्लबले भुमिका खेल्नु पर्ने सुझाव समेत दिएका थिए । त्यसै गरि रामग्राम नगरपालिका समाजिक विकास शाखा प्रमुख नागेन्द्र यादवले यो पिस पार्क नगरक्षेत्रकै एक गहनाको रुपमा स्थापित हुने बताउदै यो पार्कको अवधारणा ल्याने देखी सञ्चाल ब्यवस्थापनमा भुमिका निर्वाह गर्नेहरुको प्रशंसा गरेका थिए । परासीमा यस्तो एउटा पार्क पनि थिएन,उनले भने,अहिले पार्क थपिने भयो,यसलाई भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपसँग जोडेर विकास गनुृ पर्ने आवश्यकता औल्याएका थिए ।
पार्कको शुभारम्भ कार्यक्रममा सबैलाई स्वागत गर्दै पिस क्लबका कोषाध्यक्ष चन्द्र प्रकाश गुप्ताले वार्ड अध्यक्ष ठाकुरको चाहना,विद्यालयको सहयोगले मात्र यो पार्कको रुप दिन सकिएको बताएका थिए । यो सबैले मिलेर पार्क बनाउनु पर्ने समेत आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन गर्दै क्लबका महासचिव बेचु गौडले मानिस भागदौडको जिवन जिउने गरेको यसले तनाव हुने र उतm तनाव मुतm गर्न सक्ने खालको शान्ति पुर्वाधार बनाई शान्तिको बातावरण दिन सक्ने गरि पिस पार्क बनाउन लागिएको बताएका थिए । जिल्लाकै सबै पालिकाको चिनारी झल्किने गरि पालिका जोन,सबै धार्मिक समुह भित्र शान्तिको अवधारणा भएको पाठ्पुस्तक राख्ने गरि हिन्दुज्म पिस,इस्लामिक पिस,बुद्धिजम पिस लगायतका पुस्तकालय,बाचनालय जोन बनाईने छ । जिल्ला स्थित अन्य संघसस्थाका लागि पनि पहिचान र ब्यवस्थापनमा सहयोग हुने खालको कर्नन समेत निर्धारण हुने यहिँ बर्षमा पार्कको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउनका लागि नगरपालिकाका इन्जिनियर सतिस गुप्तालाई आग्रह गरि सकिएको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *