
नवलपरासी,१ भदौ
जिल्ला सदरमुकाम स्थित पिस पार्कलाई सबै खालको संस्कृति झल्किने गरि कार्यक्रम गर्दै ब्यवस्थापन कार्यमा लाग्नु पर्ने प्रतिनिधिसभा सदस्य(साँसद) तथा पुर्व कानुन मन्त्री धु्रव बहादुर प्रधानले बताएका छन् । परासी स्थित महिना दिन पहिला सञ्चालनमा आएको पिसपार्कको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् ।
बजार नजिकै कुनै पनि पार्कहरु नभएका हुदा शान्त र मनोरम स्थानमा दिन बिताउन खोज्ने जो सुकैलाई पार्कको आवश्यकता महशुस भई रहेको र अहिले यो पार्क सञ्चालनले सो आवश्यकता पुरा गर्नेमा उनले विश्वास ब्यतm गरेका थिए । पार्क सञ्चालन तथा ब्यवस्थापन जुन सुकै संस्थाले गर्दै आए पनि यो सार्वजनिक सरोकारको भएको हुदा सबै क्षेत्रको लगानी आवश्यक रहेको बताउदै उनले बसपार्कसँगै जोडिएको यो पिसपार्क अझ प्रभाकारी हुने जनाए । बसपार्कसँगै यो पिसपार्कको महत्व आफै बढदै जानेछ,उनले भने,नगरपालिकाले चाँसो लिएर यस क्षेत्रको ब्यवस्थापनमा काम गर्नु पर्छ । यसका विकास र ब्यवस्थापकिय कार्यमा आवश्यक लगानी संघ र प्रदेश सरकारले पनि गर्नेमा उनले विश्वास ब्यतm गरेका थिए ।

पिस क्लब इन्टरनेसनल नवलपरासीले लोहषणा स्थित निम्न माध्यमिक विद्यालयले करिब पाँच विघा क्षेत्रफलमा गरेको वृक्षारोपण क्षेत्रलाई बार्षिक एक लाख भाडा तिर्ने गरि सम्झौता गरेर पार्कको ब्यवस्थापन गर्दै आएको छ । गत साउन १ गते रामग्राम वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले सो पार्कको शुभारम्भ गरेका थिए । पार्क शुभारम्भ भए पछि पार्कको अवलोकन नगरप्रमुख धनपत यादव,लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवार,जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती यादव लगायतले उतm पार्कको अवलोकन गर्दै पार्क ब्यवस्थापनमा अ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाई सकेका छन् ।
पार्कको ब्यवस्थापनका लागि बसपार्क र पिसपार्क जोड्ने झोलुगेँ पुलको लागि पहल शुरु गरिएको र पार्क ब्यवस्थापनका लागि केही बजेट समेत विनियोजना गरिएको रामग्राम नगरपालिका प्रमुख यादवले बताएका थिए । यसरी परासीमा पिसपार्क भनेर सञ्चालन हुन लागेको कार्य प्रति सबै जनप्रतिनिधि उत्साही देखिएको क्लबका उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले जानकारी गराएका थिए । पार्क सञ्चालनको जिम्मेवारी पिस क्लबले लिए पनि पार्कको ब्यवस्थापनमा सबै क्षेत्रक
ो सहयोग र सहकार्य आवश्यक रहेको उपाध्यक्ष क्षेत्रीले बताएका थिए ।