नवलपरासी,१५ साउन
जिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न भई सकेको बसपार्क सञ्चालनमा ल्याउने तयारीमा रामग्राम नगरपालिका जुटेको छ । लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको र अहिले बसपार्क निर्माण भएर नगरपालिकासँग सञ्चालनबारे शहरी तथा भवन कार्यालयले परामर्श गर्दै सञ्चालनमा ल्याउनका लागि नगरपालिका गृहकार्यमा जुटेको हो ।
भवन कार्यालयका प्राविधिकहरुसँग एक चरणको बसपार्क सञ्चालनबारे छलफल भई सकेको जानकारी रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए । बसपार्कमा अझै पनि केही काम गर्न बाकी देखिएका छन्,उनले भने,ति पुरै काम सम्पन्न गरेर मात्र सञ्चालनमा ल्याइन्छ । बसपार्क नगरपालिकाले कसरी सञ्चालन गर्नेबारे पनि आन्तरिक तयारी भई रहेको बताउदै उनले निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने कि नगरपालिकाले अन्य प्रकृयाहरु पुरा गरेर आफै सञ्चालनमा ल्याउने निधो हुन बाकी रहेको जानकारी गराए । बसपार्क निर्माण भई सकेको हुदा जति सक्दो छिटो सञ्चालनमा ल्याउने नगरपालिकाले काम गरि रहेको छ । छिटै नै सञ्चालन होस भन्ने चाहना नगरपालिकाको रहेको छ । तर केही प्राािवधिक कठिनाईहरु पनि छन् । अन्य स्थानको बसपार्क सञ्चालनबारे प्रकृयाको अध्ययन गर्ने काम पनि भई रहेका छन् ।
रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भई रहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता)ले जानकारी गराएका थिए । बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक महिना भित्रै बसपार्कको सबै काम सम्पन्न गरि हस्तानान्तरण गरिने छ । बसपार्कमा बस राख्ने स्थान,कार्यालय भवन,सौचालय,कम्पाउण्ड,उद्धान,प्रवेशद्धार,शुरक्षा गार्ड कक्ष लगायतका पुर्वाधार बनिसकेको छ । सबै पुर्वाधारहरुको रंगरोदन समेत भई सकेको छ ।
शहरी तथा भवन कार्यालयले आफ्नो कार्य सम्पन्न गरिसकेको जस्तो देखिएको छ । अब स्थानिय प्रशासनले पनि यस क्षेत्रका लागि आवश्यक सुरक्षा प्रबन्धमा लाग्नु पर्छ । बसपार्क नजिकै अब प्रहरी विटको पनि आवश्यकता रहेको छ । शहरी तथा भवन कार्यालय चितवनको लगानीमा विगत चार बर्ष देखी काम भई रहेको थियो । बसपार्क नहुदा सदरमुकामा आउने जाने बस तथा यात्रुबाहक यातायातका सवारी साधन राख्ने स्थानको समस्या देखिएको थियो । अहिले पनि बसहरु सडक छेउमै उभ्याउने गरिएको छ, । यसले बजार क्षेत्रमा दुर्घटना निम्त्याउने गरेको छ । अहिले पनि सडकको एक लैन बस तथा यातायातका साधनले नै ओक्टेर बस्दा सो सडकमा आउ जाउ गर्ने अन्य यात्रीलाई सास्ती हुने गरेको छ । पहिला बसपार्क थिएन् । बस र यातायातका साधन कहाँ राख्ने भन्ने बहना थियो । अब बसपार्क बनिसकेको छ ।
स्थानिय प्रशासन र ट्रफिक प्रहरीले पनि अब यातायात ब्यवस्थापनमा चाँसो लिनु पर्छ । बसपार्क परासी बजारका लागि एउटा गहना जस्तै पुर्वाधार थपिएको छ । झण्डै पाँच करोड लगानीमा बनेको उतm बसपार्क सञ्चालनमा आएन भने बसपार्क बनेको अर्थ रहदैन् ।
परासीबाट महेशपुर,भैरहवा,त्रिवेणी,काठमाडौ,बुटवल जाने सवारीसाधनहरु छुट्टने गर्छ । बसपार्कबाटै अब ति रुटमा चल्ने सवारीसधानहरु छुट्ने हुदा बजारको चोक चोकमा जम्मा भई रहेका सवारीसाधन त्यहाँ रुक्न पाउदैनन् । बसपार्कबाट सवारीसाधन छुट्ने र अआफ्नो रुटमा जाने हुदा धेरैजसो बजार क्षेत्रको अब्यवस्थित ट्रफिक ब्यवस्थापन हुनेछ । बाहिरबाट आएका सवारीसाधन पनि केही समय बजारमा रोक्न पर्यो भने पनि समस्या थियो । तर एक दुई महिनामै ति समस्या समाधान हुने देखिएको छ । बसपार्कले केरवानी क्षेत्रमा बजारको समेत विकास हुने देखिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बसपाकै नजिकै एउटा पिसपार्क शान्तिपार्क निर्माण गर्ने गरि वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले शुभारम्भ गरेका छन् । त्यसले गर्दा बसपार्कसँगै एउटा बनबाटिका सहितको पार्कले पनि सो क्षेत्रमा रौनक बढाउने भएको छ । झरही नदी किनारमा रहेको बसपार्क र पिसपार्क एक आर्काको परिपुरक देखिएको लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले बताए । पिसपार्क शुभारम्भ भएको छ,उनले भने,नजिकैको बसपार्क पनि छिट्टै सञ्चालन गर्नु पर्छ ।