परासी स्थित पिस पार्कको लुम्बिनी प्रदेशसभा सदस्य (साँसद) कलवारद्धारा अवलोकन

नवलपरासी,१३ साउन
जिल्ला सदरमुकाम परासी स्थित सञ्चालनमा आएको पिस पार्कले परासीमा पार्कको आवश्यकतालाई पुरा गरेको लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) बैजनाथ कलवारले बताएका छन् । पिस क्लब इन्टरनेसन,परासी नवलपरासीद्धारा ब्यवस्थापन गरि सञ्चालनमा ल्याइएको उतm पार्कको शनिवार स्थालगत अवलोकन गर्दै सो कुरा बताएका हुन् ।
पिस पार्कको सञ्चालन तथा ब्यवस्थापन पिस क्लबले गर्दै आए पनि यसको विकास र प्रवद्र्धनमा रामग्राम नगरपालिकाले ध्यान दिनु पर्ने उनले औल्याएका थिए । रामग्राम नगरपालिका भित्र यतिको पार्क नभएको हुदा यसलाई नगरले नै सहयोग गरि ब्यवस्थित गर्दै लैजानु पर्ने र लुम्बिनी प्रदेश सरकारको तर्फबाट पनि आवश्यक पुर्वाधार बनाउनका लागि समेत पहल गरिने उनको भनाई थियो । झरही नदी किनारमा लोहषणा विद्यालयद्धारा वृक्षारोपण गरिएको करिब पाँच विघा क्षेत्रफलमा उतm पार्कको साउन १ गते सोही वार्डका वार्डअध्यक्ष महेन्द्र ठाकुरले शुभारम्भ गरेका थिए ।


वार्ड स्तरबाट साढे पाँच लाख बराबरको पदमार्ग,पक्कि कुर्सि र बोटविरुवालाई रँगाएर सजाउनुका साथै वृक्षारोपण क्षेत्रको झार सफा गर्ने कार्य भएको थियो । अहिले पार्कको स्वरुपमा सो वृक्षारोपण क्षेत्र ब्यवस्थित हुन थालेको छ । झरही खोलाको पश्चिममा बसपार्क रहेको र पुर्वमा उतm पिस पार्क ब्यवस्थापन सान्दर्भिक भएको प्रदेश साँसद कलवारले बताए । अगामी दिनमा लुम्बिनी प्रदेश सरकाबाट नै बसपार्क र पिसपार्क जोड्नका लागि पुलको निर्माण गराउने प्रतिवद्धता जनाए । ठूला लगानी आवश्यक पुर्वाधारमा लुम्बिनी प्रदेश सरकारबाट गराउन सकिन्छ,उनले भने,तर समान्य लगानी रामग्राम नगरपालिकाले नै गुर्न पर्छ । यसका लागि नगरप्रमुखसँग पनि आफुले कुरा राख्ने बताएका थिए । नगरप्रमुख धनपत यादवले समेत उतm पार्कको अवलोकन गरि सञ्चालन ब्यवस्थापन तथा आवश्यक पुर्वाधारमा सहयोग हुने प्रतिवद्धता जनाई सकेकोले पार्क ब्यवस्थापनमा काम गर्न उत्साह थपेको पिस क्लबका अध्यक्ष सम्भु उपाध्यायले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *