
नवलपरासी,६ साउन
हालै सञ्चालनमा आएको रामग्राम ८ उनवछ स्थित पिस पार्क चर्चा पाए पछि त्यसको स्थलगत अवलोकन गर्न रामग्राम नगरपालिकाका नगर प्रमुख(मेयर) धनपत यादव पुगेका छन् । पिस क्लब इन्टरनेसनल नवलपरासीको ब्यवस्थापनमा सञ्चालनमा आएको उतm पार्क स्थलमा अहिले शान्त र मनोरम दृष्य भएको स्थानमा समय बिताउने देखी मिटिगँ बैठक गर्ने संघ सस्थाहरुको आकर्षण बढे पछि सो पार्कलाई थप ब्यवस्थापन गर्ने उदेश्यले नगरप्रमुख यादवले शनिवार विहान अवलोकन गर्न पुगेका हुन् ।
परासीको यो पिस पार्क रामग्राम स्तुपा र बुद्धको मावली पण्डितपुरकै एक अभिन्न भाग हुने देखिएको उनले नगरप्रमुख यादवले महशुस भएको बताएका थिए । झरही किनारमा रहेको झण्डै पाँच विघा क्षेत्रफलमा फैलिएको वृक्षारोपण गरिएको रुख बोट विरुवाले भरिएको उतm स्थान गर्मियाममा समय विताउनका लागि पिस क्लबले पिस पार्कको रुपमा ब्यवस्थापनम जुटेको छ । यहिँ साउन १ गते देखी उतm पार्कको औपचारिक शुभारम्भ गर्ने कार्य सम्बन्धित वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले गरेका थिए । अहिले नगरप्रमुखको अवलोकनले थप सुविधा थपिनेमा आशा पलाएको क्लबका अध्यक्ष सम्भु उपाध्यायले बताए । बसपार्क र पिस पार्क झरही खोलाको वारीपारी रहेको छ,उनले भने, दुबै पार्क एक अर्काको परिपुरक समेत बन्ने छ । छिट्टै बसपार्कमा सञ्चालनमा आउने भएको छ,उनले थपे,बसपार्कमा पुगेर विभिन्न स्थानमा यात्रा गर्न आउने जानेका लागि पनि पिस पार्क विश्राम स्थल हुनेछ । प्रतिक्षाको क्षण पनि यसै पिस पार्कमा विताउन यात्रुहरुलाई अवसर मिल्ने छ ।
पार्कको अवलोकन गर्दै नगरप्रमुख यादवले यस पिस पार्कलाई पनि प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर र भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपसँगै जोडेर पुर्वाधार विकासका लागि अब नगरपालिकाले काम गर्ने प्रतिवद्धता जनाए । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको मावली स्थल कोलनगर र अस्ति भएको रामग्राम स्तुपकै एक अभिन्न अँग यो पिस पार्क बन्ने उनको भनाई थियो । झरही खोलाको दुबै किनारमा यात्रा गर्न मिल्ने गरि नगरपालिकाले अहिले झरही करिडोरमा काम गर्दैछ,उनले भने,झरही करिडोरसँग पनि यो पिस पार्क जोडिएको छ । यसले परासी बजारसँग जोडिएको र जिल्ला सदरमुकाम समेत भएको परासी बजारमा जिल्ला बाहिरबाट बसोबास गर्ने,विभिन्न कामको सिलसिलामा आउने यात्रीलाई पनि मनोरन्जन गर्न,शान्त मनोरम दृष्यसँग समय विताउने थलो यो पिस पार्क बन्ने देखिएको छ ।
यसका लागि आवश्यक बजेट नगरपालिको ब्यवस्थापन गर्ने उनको भनाई थियो । पार्क भित्रका सबै रुख विरुवाहरुलाई समेत सजाएर,रँगाएर राख्ने,जालीतारले बार लगाउनुका साथै पिस पार्क वरिपरि मर्निगँवाक गर्नेलाई पनि वाकिँग गर्ने खालको ब्लक राखेर चक्रमण बनाउने तत्काल आवश्यकता देखिएको छ, उनले भने,पिकनिक स्पोर्ट(बनभोज) लागि पनि उपयुतm स्थान भएको देखिदा यस स्थानमा खानेपानी,पकाउने स्थल,टहरा तथा केही साना तिना कार्यक्रमका लागि कार्यक्रम हलको पनि आवश्यकता देखिएको छ ।
यो पार्क स्थापना तथा सञ्चालनले रामग्राम नगरपालिकामा एउटा आवश्यक पुर्वाधारको आवश्यकता पुरा गरेको छ । पार्क पुर्ण रुपमा अहिले ब्यवस्थित नभई सकेको अवस्थामा पनि पार्कमा आवागमन बढेको छ । यसले पनि पार्कमा आवश्यक अन्य पुर्वाधारको आवश्यकता महशुस हुन थालेको क्लबका अध्यक्ष उपाध्यायले बताए । झरही खोलामा पुल,बालबालिकालाई रमाउने खालका पिगँ,समुहगत रुपमा छलफल गर्न सक्ने खालको थप कुर्सिको आवश्यकता तत्काल देखिएको छ ।

पार्कमा शुक्रवार नागरिक समाज नवलपरासीले बैठक समेत राखेको थियो,उनले भने,यसले अन्य कार्यक्रम,सभा,बैठक गर्न सक्ने संघसस्थालाई पनि आकर्षण थपेको छ । पिस अर्थात शान्तिको अनुभुति दिलाउने गरी नै यो पार्क बनेको दाबी उपाध्यायको थियो । शान्ति अनुभुति गर्ने खालको भएकै कारण एक साता भित्रै यसमा आवागमन थपिएको छ ।