रामग्राम नगरपालिका

बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुपा भारतमा भएको प्रचार प्रति ध्यानाकर्षण
पर्यटन, राजनीति, रामग्राम नगरपालिका, समाचार

बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुपा भारतमा भएको प्रचार प्रति ध्यानाकर्षण

नवलपरासी,२७ अश्विनभगवान गौतम बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र भारतिय भुमिमा रहेको भारतिय सञ्चार माध्यममा भई रहेको प्रचार प्रसार प्रति यहाँका संघसंस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । भारतिय केही सस्था र ब्यतिmहरुले विना कुनै प्रमाण आधारमा बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्र भारतमा भएको भन्दै प्रचार गर्ने,अभिब्यतिm दिने र भारतिय सञ्चार माध्यमले त्यसैलाई प्राथमिकतामा राखेर प्रकाशन गरेको कार्य प्रति ध्यानाकर्षण गराएका हुन् । रामग्राम स्तुप तथा संरक्षण विकास सस्थाका अध्यक्ष सम्भु प्रसाद उपाध्यायले भारतिय केही सञ्चार माध्यमले रामग्राम स्तुपा र देवदह भारतमा रहेको समाचार प्रकाशन गरेको प्रति ध्यानाकर्षण गराएका हुन् । बर्षाै देखी रामग्राम स्तुपा क्षेत्रलाई नेपाल सरकारबाट उपेक्षामा राखिनु र भारतिय सञ्चार माध्यमले रामग्राम स्तुपा भारतीय भुमिम...
पवन मावि परासीमा दुर्गन्ध हटाउनेबारे रामग्राम नगरपालिकाले चाँसो नलिएको गुनासो
रामग्राम नगरपालिका, शिक्षा, समाचार

पवन मावि परासीमा दुर्गन्ध हटाउनेबारे रामग्राम नगरपालिकाले चाँसो नलिएको गुनासो

नवलपरासी,२४ आश्विनजिल्लाको रामग्राम नगरपालिकाकै विग स्कुल भनेर चिनिएको जिल्ला सदरमुकाम परासीको पवन मावि परिसर अहिले ब्यतिmको सौचालयका पानीले दुर्गन्धित भए पनि नगरपालिकाले रोक्न चाँसो देखाएको छैन् । विद्यालयको जग्गा अतिक्रमण गरि बनाईएको सौचालयको पानी विद्यालय परिसरमै बगाउने गरेको र त्यसलाई रोक्नका लागि वार्ड कार्यालय मार्फत नगरपालिकालाई जानकारी गराइएको भए पनि नगरपालिकाबाट खासै चाँसो नदेखाइएको विद्यालय ब्यवस्थापनको गुनासो गरेको हो ।सौचालयको पानी विद्यालय परिसरमै आउने गरेको देखाउदै विद्यालय ब्यवस्थान समितिका सदस्य जयराम गुप्ताले यसबारे वार्ड कार्यालयलाई जानकारी गराइएको तर सुनुवाई नभएको बताए । स्थानिय दिनेश उपाध्यायले विद्यालयको जग्गा अतिक्रमण गरि त्यही सौचालय बनाएका छन्, उनले उतm सौचालय देखाउदै भने,यसको प्रदुषित पानी पनि विद्यालय परिसरमै बग्ने गरेको छ । यसले गर्दा विद्यालयको वातावरण नै प्रदुष...
नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न रामग्राम नगरपालिकाद्धारा पत्राचार
रामग्राम नगरपालिका, शिक्षा, समाचार

नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न रामग्राम नगरपालिकाद्धारा पत्राचार

नवलपरासी,१२ आश्विनजिल्लाको रामग्राम नगरपालिकाले नागरिकलाई सार्वजनिक सुचनाको हल प्रत्याभुती गराउनका लागि नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न लगाएको छ । बुधवार नगरक्षेत्रमा रहेका सामुदायिक तथा सस्थागत सबै विद्यालयलाई अभिभावक तथा आम नागरिकले सुचना माग गर्दा कुन ब्यतिसँग माग गर्ने गरि विद्यालयमा सुचना अधिकारी तोक्न पत्राचार गरेको हो ।नगरपालिकाको सुचनाका लागि नगरमा सुचना अधिकारी पहिला देखी नै रहेको नगरपालिकाले जनाएको छ । तर नगरक्षेत्र भित्रका अन्य निकायमा अहिले सुचना पाउन सहज होस भनेर विद्यालयहरुमा सुचना अधिकारी तोक्नका लागि विद्यालयलाई निर्देशन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले बताए । विद्यालयका सुचना माग गर्न नगरपालिकाको शिक्षा शाखामा आउन परेको समस्या हटाउनका लागि सम्बन्धित विद्यालयमै सुचना अधिकारीको ब्यवस्था मिलाउन लागिएको हो । नगरपालिका र वार्ड कार्यालयको ...
परासीको राष्ट्रिय धार्मिक एकता सम्मेलन नेपालमै उदाहरणिय कार्य भएको छ ः राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना
रामग्राम नगरपालिका, समाचार, संस्कृति

परासीको राष्ट्रिय धार्मिक एकता सम्मेलन नेपालमै उदाहरणिय कार्य भएको छ ः राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

नवलपरासी,६ आश्विनमदरसा शिक्षकहरुको साझा संगठन ओल्मा काउन्सिल नेपालले आयोजना गरेको राष्ट्रिय एकता दिवस नेपालमै उदाहरणिय कार्य भएको संघिय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् । शनिवार परासीमा आयोजना गरिएको उतm सम्मेलनमा उदघाटन मन्तब्य दिदै उनले सो कुरा बताएका हुन् ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्यजयन्तीको अवसरमा ओल्मा काउन्सिल नेपाले सम्भवतः पहिलो पटक यस्तो सम्मेलनको आयोजना गरिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए । इस्लामिक धर्मगुरु मात्रै नभई हिन्दु,बौद्ध र इसाई धर्मगुरुलाई समेत सहभागिता गराई धार्मिक एकताको स्वरुप प्रदान गर्ने गरि गरिएको उतm कार्यक्रमले अन्य मुलुकमा धार्मिक द्धन्द्ध भए पनि नेपालमा सबै धर्म विच एकता रहेको सन्देश दिइएको उनले बताए । यस प्रकारका सम्मेलन अन्य धार्मिक समुह र संघसस्थाले पनि आयोजना गर्नु पर्छ,यो उदाहरणिय र सराहनिय कार्य भएको छ,उनले ...
बनकट्टी मजारको प्रवद्र्धन गर्न पैगम्बर मोहम्मद जयन्तीको अवसरमा परासीमा धार्मिक एकता सम्मेलन हुदै
रामग्राम नगरपालिका, समाज, संस्कृति

बनकट्टी मजारको प्रवद्र्धन गर्न पैगम्बर मोहम्मद जयन्तीको अवसरमा परासीमा धार्मिक एकता सम्मेलन हुदै

नवलपरासी,४ आश्विनजिल्लाको सुनवल नगरपालिका ९ कब्रिस्तान बनकट्टी स्थित इस्लामिक पुरातात्विक र धार्मिक स्थललाई इस्लाम धर्म तिर्थ स्थलको रुपमा प्रवद्र्धन तथा धार्मिक सदभाव बलियो बनाउन सर्व धर्म एकता सम्मेलन हुने भएको छ । इस्लाम धर्म प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय एकता दिवस तथा सर्व धर्म सम्मेलन नेपाल आश्विन ६ गते शनिवार परासीमा हुने भएको जानकारी आयोजक सस्था ओल्मा काउन्सिल नेपाल र अहलेवैतले जानकारी गराएको हो ।सम्मेलनमा हिन्दु धर्मगुरु गजेन्द्रमोक्ष धाम त्रिवेणीका करपात्री जी महाराज स्वामी कृष्ण प्रपन्नाचार्य,इस्लामिक धर्म गुरु आले रसुल हजरत सैयद असन अशरफ असरफी जिलानी साहब,बौद्ध धर्मको तर्फबाट लुम्बिनी स्थित राजकिय बुद्ध विहारका भिच्छु भन्ते सागर धम्म र इसाई धर्मबाट पास्टर सुबास ज्ञवालीले धर्म प्रवचन गर्ने छन् । त्यसै गरि उतm सम्मेलनको औपचारिक उदघाटन संघिय सँसद राष्...
रामग्राम नगरपालिकाले कृषि विद देवेश कुमार मिश्रको संयोजकत्वमा बनायो कृषि कार्यदल
कृषि, रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले कृषि विद देवेश कुमार मिश्रको संयोजकत्वमा बनायो कृषि कार्यदल

नवलपरासी,१६ भदौजिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र कृषि क्षेत्र सुधार गरि आधुनिक कृषि प्रणाली विस्तार गर्नका लागि विज्ञ सहितको कार्यदल गठन गरेको छ । कृषि शाखासँग समन्व गरि नगरक्षेत्र भित्रको कृषि क्षेत्रको सम्भाब्यता अध्ययन गरि दिगो कृषि विकास गर्ने उदेश्यले नगरपालिकाले सो कार्यदल गठन गरेको हो ।कार्यदलको संयोजकमा कृषि विज्ञको रुपमा हलै लुम्बिनी प्रदेश सरकारको बाली विज्ञान अन्वेषण प्रयोगशाला नेपालगँजमा कार्यरत कृषि विज्ञ देवेश कुमार मिश्रले राजीनामा गरि अवकास लिए पछि उनलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवले बताए । लुम्बिनी प्रदेश भित्र विभिन्न जिल्लामा कृषि ज्ञान केन्द्रको प्रमुख भई मिश्रले पछिल्लो समय अनुसंधान केन्द्र प्रमुख भएर गएका थिए । पछि उनी स्वेक्षिक अवकास लिई स्वतन्त्र भए पछि उनलाई नगरपालिकाले नगरक्षेत्र भित्रको कृषि सम्बन्धित योजना बनाई काम...
दिउँसो औपचारिक शिक्षा र रातीमा धार्मिक शिक्षा दिलाउनमा सक्रिय मौलाना सैयद गुलाम हुसेन
रामग्राम नगरपालिका, शिक्षा, समाचार

दिउँसो औपचारिक शिक्षा र रातीमा धार्मिक शिक्षा दिलाउनमा सक्रिय मौलाना सैयद गुलाम हुसेन

नवलपरासी,१५ भदौयहाँका एक सस्थाले गरिब बिपन्न मुस्लिम समुदायका बालबालिकालाई दिनमा औपचारिक शिक्षा र रातीमा धार्मिक शिक्षा पढाउदै आएका छन् । जिल्लाको रामग्राम नगरपालिका २ स्थित फैजाने अलहत वेत नामक सस्थाका अध्यक्ष समेत रहेका ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसेनले स्थानिय गरिब विपन्न परिकारका बालबालिकालाई आफ्नै लगानीमा धर्मिक शिक्षा प्रदान गर्दै आएका हुन् ।विभिन्न ब्यतिmहरुसँग चन्दा सहयोग लिई उनले ४० भन्दा बढि बालिबालिकालाई आवासिय सुविधा उपलब्ध गराएर दिनमा साधारण सामुदायिक विद्यालयमा औपचारिक शिक्षा पढ्न पठाउने र रातीको बेला आफैले बालबालिकालाई र्धािर्मक शिक्षा पढाउने कार्य गर्दै आएको बताए । गरिब विपन्न परिवारका बालबालिका यस्मा सहभागि छन्,मौलाना गुलामले भने, सबै खर्च सस्थाले बालबालिकाको ब्यहोर्ने गर्छ । बालबालिकाहरुको शिक्षा पाउने अधिकार हो,तर गरिब बिपन्न मुस्लिम समुद...
परासी स्थित ६ लैनको बन्दरगाह मार्गको सडक विस्तारले बजार चिटिक्क
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी स्थित ६ लैनको बन्दरगाह मार्गको सडक विस्तारले बजार चिटिक्क

नवलपरासी,८ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गरि ६ लैनको बनाउने कार्य सम्पन्न हुदा बजार चिटिक्क बनेको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भएको एक बर्ष भित्रै आधा सडकको काम सम्पन्न गरेसँगै बजार चिटिक्क देखिएको हो ।अन्य स्थानमा सबै सडकको भाग खन्ने,खोतर्ने तर काम पुरा नगरि अलपत्र बनाउनु भन्दा ठेक्का भएको पुरै लम्बाईको सडकको स्तरोन्नतीका कार्यको आधा भाग पुरै सम्पन्न गरि सडक चलायमान बनाइएको छ । अहिलेको ठेकेदारले गरेको काम गराई ठिक लाग्यो, स्थानिय शिवनारायण यादवले भने, स्तरोन्नतीको नाममा पुरै सडक विगार्नु भन्दा थोरै थोरै भाग एक तिरबाट पुरा गर्दै जानु उदाहरणिय काम भएको देखिएको छ । उनका अनुसार योजना बाईपास चोक देखी मन्झरियासम्मको भए पनि अहिले बाईपास देखी रावणखण्डा पुलसम्मको सडक बनाई सम्पन्न गरिएको छ । बाकी आधा रावणखण्ड...
शैक्षिक गुणस्तर सुधार्न पवन माविले शुरु गर्यो शिक्षक अभिभावक अन्तरक्रिया
रामग्राम नगरपालिका, शिक्षा, समाचार

शैक्षिक गुणस्तर सुधार्न पवन माविले शुरु गर्यो शिक्षक अभिभावक अन्तरक्रिया

नवलपरासी,६ भदौनगरपालिका भित्रको विग स्कुल भनेर चिनिने रामग्राम २ स्थित पवन माविले अब विद्यालय शिक्षालाई गुणस्तरिय बनाउन अभिभावक,शिक्षक र विद्यार्थीसँगै राखेर छलफल तथा अन्तरक्रिया गरेको छ । विद्यालयमा विद्यार्थीको आकर्षण बढदै विग स्कुल बन्दै जादा सोही अनुसार गुणस्तरिय शिक्षा कसरी प्रदान गर्ने भनि विद्यालय सरोकारवालासँग छलफल थालेको हो ।दुई हजार भन्दा बढि विद्यार्थी संख्या भएको पवन मावि नगरपालिकाकै सबै भन्दा बढि विद्यार्थी भएको विद्यालय हो । सदरमुकाममा रहेका आदर्श नमुना विद्यालय भन्दा पनि बढि विद्यार्थी यो पवन माविमा अध्ययन गर्ने गरेका छन्,विद्यालयका प्रधानाध्यापक अरबन्दि कुमार पाठकले भने,विद्यार्थीको अझै पनि पवन माविमा अध्ययन गर्ने आकर्षण बढेको छ । तर साधनस्रोत र पुर्वाधारको समस्या देखिएको छ । त्यसले गर्दा थप विद्यार्थी भर्ना गर्न केही जटिलता देखिन थालेको छ । तर पनि विद्यालयले दिईने गुणस्तरि...
च्याउ उद्योगमा पचास जना महिलाले पाए प्रत्यक्ष रोजगारी
कृषि, रामग्राम नगरपालिका, समाचार

च्याउ उद्योगमा पचास जना महिलाले पाए प्रत्यक्ष रोजगारी

नवलपरासी,५ भदौजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम) को उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका छन् । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याए पछि स्थानिय ५० जना महिलाहरु प्रत्यक्ष रोजगारी पाएको उद्योगले जनाएको हो ।च्याउको विँउ राख्ने देखी च्याउ काट्ने र प्याकेजिगँ गर्नेसम्मको काम गर्नका लागि स्थानिय गाँउकै महिलाहरुले काम गर्दै आएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए । एक जना महिलाले कम्तीमा पनि मासिक २५ हजारसम्म कमाउदै आएका छन्,उनले भने,गाँउमै रोजगारी पाए पछि गाँउका महिलाहरु उत्साही छन् । कसैका श्रीमान विदेश छन्,घरमा काम नभएर बस्दै आएकी स्थानिय महिलाहरु पनि च्याउ उद्योगमा काम गरेर थप आमदनी गर्न थालेका छन् । उद्योगले स्थानिय स्तरमा च्याउको आपुर्ति मात्रै नभई रोजगारी समेत दिइने गरेको छ ...