Health Advertisement

प्रतापपुर गाउपालिकामा ३१ करोड लागतको ३२ किलोमिटर चक्रपथ बन्ने

नवलपरासी,४ फागुन
जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिकाको सबै वार्ड जोड्ने गरि चक्रपथ(रिगँरोड)को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य शुरु गरेको छ । यत्रतत्र झरिएर रहेका गाउपालिकाका सबै वार्डमा सहज र सुलभ तरिकाले पुग्न सक्ने र सजिलो गरि यातायात र सञ्चारको पहुँच पुर्याउने उदेश्यले चक्रपथको निर्माण कार्यलाई निरन्तरता दिनका लागि गाउपालिकाले सो चक्रपथको डिपिआर बनाउन लागेको हो ।
राज्यको पुर्नसंरचना अनुसार मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थामा जाने क्रममा साविक प्रतापपुर,गुठीसुर्यपुरा,गुठिप्रसौनी,बैदौली,सोमनी,जमुनिया र ठूलो खैरेटवा गाविसलाई मिलाएर ९ वटा वार्ड कार्यगरि प्रतापपुर गाउपालिका बनेको छ । साविक ७ वटा गाविसका कार्यालयहरु वार्ड कार्यालय रहेको र थप दुई वटा वार्ड केही थपिएका छन् । ति सबै वार्डमा सहज ढंगले पुग्नका लागि चक्रपथको आवश्यकता महशुस गर्दै चक्रपथ निर्माण कार्य अगाडी बढाइएको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । सबै वार्डमा सडक र बाटोले नजोडिएको भन्ने होईन,उनले भने,तर सम्बन्धित सबै वार्डमा सहज ढंगले यात्रा गर्न मिलोस भनि यस्तो चक्रपथ बनाउने अवधारणा ल्याएको छ । जुन चक्रपथको मापदण्डमा एकरुपता कायम रहोस । चक्रपथ वरिपरि आर्थिक,समाजिक,साँस्कृतिक गतिविधिहरु जोडिन सकियोस । बाहिरबाट आउने यात्रु हुन वा आन्तरिक सबैलाई सहज ढंगले यात्रा गर्न सकुन भन्ने लक्ष्य अनुसार नै यो चक्रपथ निर्माण हुन्छ । ३२ किलोमिटर भन्दा लामो सो चक्रपथले गाउपालिकाको सबै वार्ड र अधिकाँश गाउटोललाई पनि जोड्ने छ ।
चक्रपथ बनाउदा केही पुरानै सडकसँग जोडिने छन् । केही नयाँ सडकहरु थपिने छन् । केही समान्य बाटोलाई पनि स्तरोन्तती गरि सडकमा एकरुपता कायम हुन्छ । एकै बर्षमा सम्भव नभए पनि चक्रपथको डिपिआर निर्माण भए पछि क्रमशः ति चक्रपथमा बजेट थप्दै बनाउने जाने कार्य हुन्छ । केही गाउपालिकाको बजेट विनियोजन गर्दै संघ सरकार र प्रदेश सरकारसँग पनि लागत सहभागितामा साझेदारीमा पनि काम गर्न सकिन्छ । यसले यो ग्रामिण क्षेत्रको अर्थतन्त्रसँग जोडिन्छ । अधिकाँस भाग ग्रामिण बस्तीसँग जोडिएको हुदा ति ग्रामिण बस्तीका कृषि उपजलाई सहज ढंगले उत्पादन बजारसम्म पुग्छ । गाँउलाई आवश्यकता हुने समाग्रिको पनि सहज ढंगले पुर्याईन्छ । प्रशासनियक रुपमा पनि एक वार्ड आर्को वार्डसँग यो चक्रपथले जोड्ने गरि काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए ।
गाउसभाले निर्णय गरि अवधारणा पास गरे पछि अहिले चक्रपथ निर्माणका लागि डिपिआर बनाउने कार्य भईरहेको जनाउदै प्राविधिक रुपमा सर्वेक्षण गर्ने कार्य भई रहेको छ । सर्वेक्षणबाट आएका सुझावलाई आधार मानी थप परिमार्जन सहित डिपिआर गाउकार्यपालिकाले स्वीकृति प्रदान गरे पछि अन्तिम रुप पाउने छ । तत पश्चात ति चक्रपथको वरिपरि विद्यालय,खानेपानी,स्वास्थ्य सस्था,बजार,उत्पादन क्षेत्रको निर्धाण हुन्छ । चक्रपथकै सेरोफेरोमा विद्युतीकरण कार्य पनि हुन्छ । चक्रपथमा सम्भाब्यताको आधार सिचाई क्षेत्रलाई पनि जोडेर लैजान सकिन्छ,प्रमुख प्रशासकिय अधिकृत घिमिरेले भने,यो गाउपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा गरिने प्रमुख पाँच काम मध्येको दोश्रो प्राथमिकतामा परेको पालिका गौरवको आयोजना हुनेछ ।
पहिलो काममा गाउपालिकाको ११ करोड लागतको प्रशासनिक भवन रहेको छ,उनले भने,सो भवन निर्माण प्रकृया अगाडी बढाई सकिएको छ । भवन निर्माणका लागि टेण्डर समेत भई सकेको हुदा भवन बन्ने स्थानमा केही पुराना स्वास्थ्यचौकीको जिर्ण भवन थियो । ति भवन भत्काउने र सफा गर्ने कार्य भई रहेको छ । त्यो सफाई हुने वित्तिकै भवनको शिलान्यास हुनेको भनाई थियो । त्यसै गरि चक्रपथको काम पनि डिपिआर पछि त्यसको शुभारम्भ गर्ने कार्य हुन्छ, उनले थपे,हालसम्म चक्रपथको अनुमानित लागत ३१ करोड हुन सक्छ । तर त्यो नै अन्तिम होईन् । कार्यपालिकामा प्रस्तुत गरिए पछि आएको सुझावको आधारमा रकम थपघट पनि हुन सक्छ । चक्रपथ निर्माणमा संघिय साँसद विनोद चौधरी र प्रदेश साँसद देवकरण जैसवाल समेतले चाँसो लिइने गरेका छन् । सडकमा आवश्यक बजेटका लागि संघ सरकार र लुम्बिनी प्रदेश सरकारबाट पनि लगानी ल्याउन सकिने आशमा गाउपालिकाले यो कदम चालेको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *