नवलपरासी,१५ साउन
जिल्लाको प्रतापपुर गाउपालिकाको जगन्नाथपुर आधारभुत अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको छ । जगर्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि आधारभुत अस्पतालको रुपमा गरि स्थापना भएको सो अस्पतालको भवन अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको हो ।
गाउपालिका भित्र १५ सैया अस्पताल निर्माणको क्रममा बन्दै गरेको केन्द्रमा स्वास्थ्य सेवाले स्थानियबासी लाभान्वित भएका हुन् । १६ करोड ९३ लाख २९ हजार ७ सय ९४ रुपिया लागतको उतm आयोजना नेपाल सरकार सशर्त अनुदान,प्रतापपुर गाउपालिकाले गर्दै आएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी गराएका थिए । सो आयोजनाको निर्माण कार्य लामा कन्ट्रक्सन कम्पनी प्रालि महराजगँज काठमाडौले ११ करोड २४ लाख १३ हजार ५ सय ५१ रुपियामा ठेक्का सकार गरि काम गरिरहेको केन्द्रले जानकारी गराएको छ ।
अस्पतालमा अहिले दैनिक बहिरगँ सेवा,२४ सै घण्टा प्रसुती सेवा,प्रयोगशाला(प्याथोलोजी) सेवा,एम्बुलेन्स सेवा,यु.एस.जी भिडियो एक्सरे,एक्सरे, शुरक्षित गर्भपन सेवा दिदै आएको छ । त्यसै गरि नियमित खोप सेवा,परिवार नियोजन सेवा र नियमित गर्भवती जाँच(एएनसि) जाँचहरु पनि हुने गरेको छ । मेडिकल दुई जना मेडिकल अधिकृत,नर्सिगँ स्टाफ सहितको स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्रमा छन् । बार्षिक ८ हजार विरामीले सेवा लिदै आएको उनको भनाई थियो ।
तर पनि केन्द्रमा जनशतिm,उपकरणले विरामीको सेवा दिने क्षमता छ,तर प्रचार प्रसारको अभाव र अस्पताल सरहको सेवा केन्द्रले दिने गरेको सुचना जानकारी आम समुदायमा जान सकेको छैन् । त्यसले गर्दा पनि लक्ष्य अनुसारका विरामी अहिले अस्पतालमा नआई निजी क्लिनिकमा जाने गरेका छन् । अस्पताल जस्तै केन्द्रमा शशुल्क र निशुल्क फर्मेसी पनि सञ्चालनमा छ । यसले विरामीहरु आएर लाभ लिन सक्ने छन् । प्रतापपुर २ स्थित सेमरी बजार परासी जिल्ला सदरमुकाम पछिको दोश्रो सेवा प्रवाह हुने बजार पनि हो ।
प्रतापपुर गाउपालिका मात्रै नभई सेमरी वर्दघाट नगरपालिका,सरावल गाउपालिका र सुस्ता गाउपालिकालाई समेत सेवा पुर्याउने गरि संघिय संसदको संसदिय क्षेत्र नं.१ को केन्द्र पनि सेमरी नै भएको हुदा यो अस्पताललाई प्राथमिकतामा राखेर काम भई रहेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । सेमरी बजारमा इलाका प्रशासन कार्यालय स्थापना भई नागरिकको प्रमाणपत्र समेत वितरण हुदै आएको हुदा पश्चिमी नवलपरासीको दोश्रो सदरमुकाम सरह नै रहेको छ । नेपाल गण्डक पश्चिमनी नहर सिचाई प्रणालीको ब्यवस्थापन कार्यालय तथा गण्डक जलउपभोतmा सस्थाको कार्यालय समेत यहिँ बजारमा रहेको हुदा गण्डकको मुहान गण्डकी प्रदेशको विनयीत्रिवेणी गाउपालिका देखी जिल्लाको सुनवल नगरपालिका बाहेक सुस्ता,प्रतापपुर,पाल्हीनन्दन,सरावल गाउपालिका र वर्दघाट तथा रामग्राम नगरपालिकाका सेवाग्राही समेत यो बजारमा आउने गर्छन् ।
सिमावर्ति भुजहवा नाका,बसयिहा नाका र झुलनीपुर नाका मात्रै नभई गण्डकी प्रदेशको त्रिवेणी नाका भएर आउने भारतिय नागरिकले समेत यो अस्पतालबाट सेवा लिइने गरेका छन् । अस्पताल परिसर भित्रै आयुर्वेदिक तर्फ पनि आयुर्वेद चिकित्सक समेत रहेका छन् । स्वास्थ्य जाँचसँगै केही निशुल्क र सहुलिय मुल्यमा औषधी वितरण हुदै आएको छ । यसले आउने विरामीलाई सहज सुलभ सेवा पाउने हुदा जान्ने विरामीहरु नियमित आउने गरेका छन् । प्रदेश सरकारकै १६ करोडको लगानीमा प्राथमिक अस्पताल भवन निर्माण कार्य समेत भई रहेको छ ।
अस्पताल भवन,पोष्टमार्टम ब्लक,चमेनागृह र गार्ड भवनका लागि विनियोजित बजेटको काम भई रहेको केन्द्रले जनाएको छ । भवन पुर्वाधार बन्ने वित्तिकै प्राथमिक स्वास्थ्य केन्द्र प्राथमिक अस्पतालमा परिणत हुनेछ । अस्पतालको भवन पुर्वाधार निर्माण भए पश्चात यसलाई अस्पतालको रुपमा सञ्चालन गरिने गाउपालिकाका अध्यक्ष यादवले जानकारी गराए । प्रतापपुर अस्पताल पुर्वि क्षेत्रका जनतालाई राहत पुर्याउनेमा गाउपालिकाले विश्वास लिएको छ । अस्पतालको रुपमा परिणत भए पनि यस क्षेत्रमा चिकित्सिय प्रशासनिक कार्यलाई समेत टेवा मिल्ने उनको भनाई रहेको छ ।