नवलपरासी,२१ फागुन
लामो संघर्ष र प्रयत्न गर्दै जिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनियक भवन निर्माणका लागि शिलान्यास गरेको छ । भवन निर्माणमा स्थानिय केही पुर्व जनप्रतिनिधिहरुद्धारा अवरोध सृजना भए पनि त्यसलाई पन्छाउदै गाउपालिकाले आइतवार झण्डै १६ करोड लागतमा बन्ने उतm प्रशासनियक भवनका शिलान्यास गर्न सफल भएको हो ।
एक औपचारिक कार्यक्रम बिच गाउपालिकाका अध्यक्ष उमेशचन्द यादवले भवनको शिलान्यास गरेको गाउपालिकाले जानकारी गराएको थियो । अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागि परेको र अहिले भवनको शिलान्यास गरि भवन निर्माण कार्यको शुभारम्भ गरेको गाउपालिका अध्यक्ष यादवले बताए । गाउपालिकाको भवन बनाउन पनि केही विरोधी तत्वका कारण संघर्ष गर्न परेको हो,उनले भने,जबकी यो प्रशासनिक भवन सबैको लागि हो । जस्मा राजनीतिक प्रतिसोध साध्नका लागि पुर्व जनप्रतिनिधिहरुद्धारा अवरोध गर्ने वातावरण सृजना भएको थियो । तर कानुनी सबै प्रकृया पुरा गरेर भवनको शिलान्यास गर्न सफल भईयो,उनले थपे,अब यो प्रशासनिक भवन बन्ने कार्य शुनिश्चित भयो । गाउपालिकाको लाखौ रुपिया निजी भाडाको भवनलाई तिर्न परेको थियो । आफ्नो भवन भए पश्चात ति रकम बच्ने गाउपालिकाको विकासमा लगाईने उनले बताए । भवनको हालको लागत १४ करोड ८६ लाख १९ हजार १ सय ९९ रुपिया रहेको छ । दुई बर्ष भित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्ने गरि लोटस÷देउतीबजै÷डि.सी.विल्डर्स भेभिले ठेक्का सकार गरेको र लागतको १२ प्रतिसत कम रकममा काम गर्ने गरि सम्झौता गरेको छ ।
साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन सकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आए पछि प्रशासनिक भवन जसरी पनि बनाउने लक्ष्य लिई काम योजना बनाएको थियो । स्वास्थ्यचौकी भवन भत्काउन पाईदैन भनेर निहुँमा भवन निर्माणमा अवरोध सृजना गरिएको थियो । अहिले सरकारको तोकेको मापदण्ड र नीति अनुसार नै नजिकै रहेको प्रतापपुर स्वास्थ्य चौकी भवन क्षेत्रको जग्गामा भवनको निर्माण गर्ने गरि कार्य अगाडी बढाइएको गाउपालिका अध्यक्ष यादवले बताए । स्वास्थ्य चौकीको भवन जिर्ण भई सकेको थियो,उनले भने,अब गाउपालिकाले नै स्वास्थ्य चौकीको लागि नजिकै भवन बनाउने र स्वास्थ्य चौकी भवन रहेको स्थानमा गाउपालिकाको प्रशासनिक भवन बनाउने गरि कार्य अगाडी बढाईएको छ । प्रशासनिक भवनको शिलान्यास भयो,उनले थपे अब पालो स्वास्थ्यचौकी निर्माणको रहेको छ ।
करिब ९ कट्ठा जग्गामा प्रशानिक भवनको निर्माण हुने गरि भवन निर्माणका लागि टेण्डर भएको र अहिले भवनको शिलान्यास पछि भवनको निर्माण कार्य शुरु भएको छ । निर्माण कम्पनीलाई दिएको म्याद भित्रै भवन निर्माण गर्नका लागि पनि गाउपालिकाले सहजीकरण गर्दै जाने उनको भनाई थियो । प्रशासनिक भवन निर्माणमा केही अवरोधहरु समेत सिर्जना गर्ने गतिविधि भएको थियो । सबै कार्य कानुन सम्मत तरिकाले विधि पुर्याएर काम भइ रहेको छ । यसले भवन निर्माणमा अब बाधा नआउने उनको भनाई थियो । स्वास्थ्य चौकी भवन भत्काउनु पुर्व स्वास्थ्य चौकीलाई नजिकै रहेको साविक प्रतापपुर गाविस भवन,हालको प्रतापपुर गाउपालिका वार्ड नं.९ को वार्ड कार्यालयमा सारिएको छ । त्यहाबाट स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । वार्ड कार्यालयलाई भारतिय मुख्य पश्चिमी गण्डक नहर नजिकै रहेको उखु उत्पादक कृषक समितिको भवनमा सारिएको छ । सो स्थानबाट वार्डका सेवाहरु प्रवाह भई रहेको छ । त्यसै गरि अध्यक्ष यादवले गाउपालिका नजिकै रहेको त्रिभुवन मावि परिसरको हुलाकी मार्गसँग जोडिएको जग्गामा सटन बनाउने निर्णय अनुसार सटक निर्माणका लागि पनि शिलान्यास गरेका थिए ।