नवलपरासी,८ साउन
जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भित्रका स्वास्थ्य चौकीहरुको उचित ब्यवस्थान तथा सञ्चालनका गर्न स्थानिय स्वास्थ्य सस्था सञ्चालन तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण तालिम दिएको छ । स्थानिय स्तरबाट नै गठित स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिलाई शसतm बनाई ग्रामिण जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले सो तालिम दिइएको हो ।
बेस नेपालको सहजीकरणमा गाउपालिको स्वास्थ्य शाखाले प्रतापपुर ९ स्थित स्वास्थ्य चौकीका सञ्चालन तथा ब्यवस्थापन समितिका सदस्यहरुलाई तालिम प्रदान गरिएको स्वास्थ्य शाखाले जानकारी गराएको थियो । स्वास्थ्य सस्थाहरुमा पुरा समय स्वास्थ्यकर्मी नबस्ने गरेको र केही स्वास्थ्यकर्मीहरुले आफ्नो निजी क्लिनीकमा सेवा दिईने तर स्वास्थ्य चौकीमा सेवा नदिईने गरेको गुनासो गाउपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानिय जनताले कुरा उठाएका थिए । त्यस बेला गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले स्वास्थ्य सस्थामा सुधार आवश्यक रहेको र केही दिनमै स्वास्थ्य सस्थाका समितिलाई सक्रिय बनाईने प्रतिवद्धता समेत जनाएका थिए । अहिले सम्भवतः सोही प्रतिवद्धता पुरा गर्ने उदेश्यले पनि स्थानिय स्तरमा रहेको स्वास्थ्य सस्था सञ्चालन तथा ब्यवस्थापन समितिलाई स्वास्थ्य सस्था सञ्चालनका लागि आवश्यक जानकारी,काम कर्तब्य र अधिकारबारे अभिमुखीकरण शुरु गरिएको छ ।
विगत बर्षमा जिल्ला स्वास्थ्य कार्यालयले नयाँ समिति गठन पश्चात समितिलाई स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापनबारे अभिमुखीकरण कार्य गराउदै आएको थियो । तर आधार भुत स्वास्थ्य सेवा स्थानिय तह मार्फत आए पश्चात अधिकाँस स्वास्थ्य सस्थामा रहेका सञ्चालन तथा ब्यवस्थापन समिति निस्कृय प्राय भई सकेको थियो । जस्ले गर्दा स्वास्थ्य सस्थामा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिन थालेको छ । ति सस्थाहरुलाई सक्रिय बनाउनका लागि पनि स्थानिय स्तरको स्वास्थ्य सस्था सञ्चालन तथा ब्यवस्थापन समिति शसतm बनाउनु पर्ने आवश्यकता देखिन थालेको छ । जुन कार्य अहिले प्रतापपुर गाउपालिकाले गर्न थालेको जनाएको छ । गाउपालिकाले स्वास्थ्य सँस्था सञ्चालक तथा ब्यवस्थापन समितिलाई सक्रिय बनाउन चाँसो देखाए पनि बेस नेपाल नामक सस्थाले पनि त्यसमा सहयोग गर्न थालेको छ ।
बेस नेपालको तर्फबाट शालिक राम पोख्रेलले स्वास्थ्य सँस्था सञ्चालन तथा ब्यवस्थापनको आवश्यकताबारे जानकारी तथा समितिको काम कर्तब्य र अधिकारबारे प्रशिक्षण गरेका थिए । जनप्रतिनिधि,वार्ड सचिव,स्वास्थ्य सस्था प्रमुख,स्वास्थ्यकर्मी,महिला स्वास्थ्य सेविका लगायतको सहभागिता रहेको थियो । प्रतापपुर गाउपालिकामा कुल ९ वटा वार्ड रहेको र प्रत्येक वार्डमा स्वास्थ्य सस्था तथा आफ्नै प्रतापपुर आधारभुत अस्पताल समेत रहेको छ ।