नवलपरासी,५ जेठ
जिल्लाको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले एक बर्षसम्म गरेको कार्यप्रगति पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् । जिल्लामा पहिलो पटक आफ्नो कार्यप्रगति उनले सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले आफुले लिएको मुख्य पाँच कामको शुभारम्भ गरि सकेको कार्यप्रगति प्रति सुन्तुष्टि समेत ब्यतm गरेका थिए । विगत बर्षमा हुन नसकेको गाउपालिकाको प्रशासनिक भवनको शिलान्याश गरि निर्माण कार्यलाई दु्रत गतिमा बढि रहेको लक्ष्य पुरा भएको छ,उनले भने,आर्को कृषकहरुलाई हित हुने विद्युतिय सिचाईका लागि डिपिआर भईरहेको र डिपिआर अनुसार हरेक बर्ष संघ र प्रदेश सरकारसँग पनि सहकार्य गरि सो कार्य अगाडी बढाईने छ । त्यसै गरि प्रतापपुर चक्रपथ बनाउने कार्यको पनि डिपिआर भई रहेको छ । डिपिआर पछि सो कार्य पनि चाडै नै शुभारम्भ गरिने उनको भनाई थियो । किसानको माटो परिक्षणका लागि गाउपालिकामै माटो परिक्षण प्रयोगशाला निर्माण कार्य शुरु भएको छ । शैक्षिक बेरोजगारहरुका सुचि तयार गरि विद्यालयमा दैनिक ज्यालादारीमा स्वम्सेवक शिक्षक समेत परिचालन गरि विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुर्याउने कार्य भई रहेको छ ।
जग्गादाताबाट जग्गा दान लिएर स्वास्थ्यचौकी भवन निर्माण प्रकृया अगाडी बढाईएको छ । प्रतापपुर अधारभुत अस्पताल सेमरीमा विभिन्न प्रविधि जडान गरि सेवा विस्तार गरिएको छ । विभिन्न बाधा अवरोधका बाबजुद पनि आफुले वार्डअध्यक्षहरुको टिमसँग मिलेर काम गरिरहेको र प्रतापपुरमा आन्तरिक आय कम भएको चुनौती समेत उनले बताएका थिए । विगत देखी विद्युत रोयाल्टीबाट आउने रकम प्राप्त भए आन्तरिक आयमा वृद्धि हुन सक्ने सम्भावना छ,उनले भने, त्यसको लागि प्रयास भएका छन् । गाउपालिकाका अन्य सबै शाखाबाट नियमित हुने विकास निर्माण तथा सेवालाई गुणस्तरिय बनाउने कार्य गरि शुसासन ब्यवस्थापनमा आफु लागेको प्रतिवद्धता जनाएका थिए ।