प्रतापपुरको बाउन्नगढी प्राचिन बौद्धकालिन भएको पुरातात्विक खोज
नवलपरासी,२३ भदौजिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाए पछि पुरातात्विक खोजी हुन थालेको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थल भएको दाबाी पश्चात रामग्राम विकास कोषका सदस्य समेत रहेका पुरातत्वका जानकार नारद यादवले सो स्थानमा पुगेर पुरातात्विक बस्तुको खोज गरेको हुन् ।झण्डै १२ विघामा फैलिएको उतm गढी क्षेत्रमा पुरातात्विक खोज गर्दा एन.वि.पि.(खपडाका टुक्राहरु) फेला परेको बताउदै यादवले थप खोजका लागि उत्खनन र भुभौतिक सर्वे गर्न आवश्यक रहेको बताए ।
गाउापालिकाको अनुमान ठिकै रहेको छ, उनले भने, प्राचिन बस्तु फेला परेका छन् । थप अनुसंधान आवश्यक छ । प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उतm सैनिक गढी पनि यसै क्षेत्रमा रहेको बौद्ध गन्...










