गाउसभा पश्चात प्रतापपुर गाउपालिकाले गर्यो सार्वजनिक सुनुवाई

नवलपरासी,११ असार
जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपाालिकाको गतिविधि सार्वजनिक गर्दै जनताको जुनासो र सुझाव प्रत्यक्ष रुपमा सुन्ने सुनाउने गरि सार्वजनिक सुनुवाई गरेको छ । बार्षिक रुपमा दुई पटक सार्वजनिक सुनुवाई गर्नु पर्ने गाउपालिकाको लक्ष्य बमोजिम गाउसभा सकिने वित्तिकै सार्वजनिक सुनुवाई गरिएको जानकारी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी गराएका हुन् ।
विगत बर्षमा सार्वजनिक सुनुवाई गर्ने कार्य रोकिएको भए पनि नव निर्वाचित जनप्रतिनिधि आए पश्चात अहिले सार्वजनिक सुनुवाईले पुनः निरन्तरता पाएको हो । सार्वजनिक सुनुवाईले गाउपालिका भित्र शुसासन चुष्टदुरुष्त बनाउदै जाने र जनताको भावना र चाहनालाई समेत सम्बोधन गर्न सक्ने माध्यम भएको हुदा सार्वजनिक सुनुवाई गाउपालिकाका लागि महत्वपुर्ण कार्यक्रम भएको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । नेपालको संविधान २०७२ अनुसार नेपालमा तिन तहको सरकारको परिकल्पना गरेको छ । तिन तह मध्ये संघिय सरकार र प्रदेश सरकारमा प्रतिपक्षको भुमिकालाई अंगिकार गरिएको छ । तर प्रत्यक्ष निर्वाचित स्थानिय सरकारको रुपमा रहेको स्थानिय तहमा प्रतिपक्षको परिकल्पना नभएको हुदा सार्वजनिक सुनुवाई नै स्थानिय सरकारको प्रतिपक्ष भएको हुदा यसलाई महत्वका साथ गर्नु पर्ने महशुस गर्दै सार्वजनिक सुनुवाई कार्य बर्षमा दुई पटक गर्न थालेको अध्यक्ष यादवको भनाई थियो ।

जनता विच उभिएर अध्यक्ष,उपाध्यक्ष,वार्डअध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहित शिक्षा,स्वास्थ्य,पुर्वाधार विकास,कृषि,पशु सेवा,समाजिक,रोजगार लगायतका प्रमुख शाखा प्रमुखहरुले जनताको गुनासा सुन्ने र चित्त बुझ्दो जवाफ दिइने थलो सर्वाजनिक सुनुवाई बनाइएको अध्यक्ष यादवले बताए । जनताले नै निर्वाचित गरेर सरकार चलाउन पठाए पछि जनता प्रति सरकार जवाफदेही हुनु पर्छ,उनले भने,यहिँ पुर्ण लोकतान्त्रिक अभ्यास पनि हो । जनतासँग लुकेर छलछाम गरेर शासन प्रशासन चल्दैन्,विकास निर्माण हुदैन् । जनतालाई समेत सहभागि गराउदै जनतासँगै मिलेर कम गरेमा मात्र संघिय लोकतान्त्रिक गणतन्त्रको मान्यता स्थापित हुन्छ । यसको पुर्ण रुपमा परिपालना प्रतापपुर गाउपालिकाले गर्दै आएको दाबी समेत उनले गरेका थिए ।
आफ्नो कार्यकालको पहिलो सार्वजनिक सुनुवाईको समन्वय गत माघमा कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिले गरेको थियो,उनले भने,अहिले असार १० गते कुमारवर्ती मिडिया प्रा.लिले सार्वजनिक सुनुवाईको समन्वय गरेको थियो । पहिलो सुनुवाई हुदा शुसासनको अवस्थामा ६ प्रतिसत सुधार आएको छ,अगामी दिनमा सार्वजनिक सुनुवाई गर्दै जनताका गुनासा सुन्ने र सोही बमोजिम जनप्रतिनिधि र कर्मचारीले प्रतिवद्धता जनाउदै अगाडी बढ्ने छन् । निश्चित रुपमा क्रमशःप्रतापपुरको शुसासनको अवस्थामा सुधार हुदै जाने विश्वास गरिएको उनको भनाई थियो ।
सार्वजनिक सुनुवाईमा केही संघसस्थाले काम गर्दा प्रस्तावनामा उल्लेख गरिए बमोजिमको काम नगर्दा उनीहरुको भुतmानी समेत रोकिएको जानकारी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताएका थिए । काम गर्दै जादा केही कमिकमजोरी भई हाल्छ,तर त्यसलाई सच्याउदै लैजाने गाउपालिका प्रशासनको लक्ष्य छ । यसमा सुधार पनि आएको छ । यो सार्वजनिक सुनुवाईको प्रभाव पनि हो,उनले थपे,सार्वजनिक सुनुवाईले काम गर्ने हौसला पनि बढाउछ,सच्चिने मौका पनि दिन्छ । जनताले पनि भन्ने थलो प्राप्त गर्छन् । तर जनताले पनि हरेक कुरा नकारात्मक ढंगले नसोचिदिन आग्रह गर्दै विकासमा जनताको सहभागिता भएन भन्ने जनप्रतिनिधि र कर्मचारीले मात्रै दु्रत गतिको विकास गर्न सम्भव छैन् ।
यसका कारण पनि सरकातात्मक ढंगले सहयोगी भावले विकास निर्माण र शुसासन कायम गर्नमा सहभागित हुन पर्छ । गाउपालिकाको बाउन्नगढिमा आयोजना गरिएको उतm सार्वजनिक सुनुवाईमा विभिन्न विषयसँग सम्बन्धित ४ दर्जन भन्दा बढिले प्रश्न तथा सुझावहरु प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाई पुर्व नै प्रत्येक वार्डमा जनताको सेवा सन्तुष्टिबारे सर्वेक्षण फारम समेत भरिएको थियो । दुई दिनसम्म माईकिगँ गरि आम जनसमुदायलाई सार्वजनिक सुनुवाईमा भाग लिई आफ्ना गुनासा र जिज्ञासा राख्न आह्वान गरिको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *