नवलपरासी,२७ माघ
जिल्लाको प्रतापपुर गाउपालिकाले विद्युत रोयाल्टी वापत पाउने अनुदान ल्याउनमा चाँसो देखाएको छ । लामो समय देखी सरकारले गण्डक जल विद्युत केन्द्रको विद्युत रोयाल्टीबाट पाउने रकम जलविद्युत केन्द्र रहेको जलाधार क्षेत्रमा लगानी नगरे पछि प्रतापपुर गाउपालिकाले चाँसो देखाएको हो ।
प्रतापपुर गाउपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नै स्थानियबासीले सो कुरा उठाए पनि गाउपालिकाले अहिले चाँसो लिएर सो अनुदान रकमको खोजीमा लागेको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । उनका अनुसार विगत बर्षमा तत्कालिन जिविसमा सरकारले विद्युत रोयाल्टी वापतको रकम पठाउदै आएको तर राज्य पुर्नसंरचनामा जादा जिविस खारेज भई अहिले स्थानिय सरकारको रुपमा गाउपालिका र नगरपालिका बनेको छ । तर सरकारले विगतमा जिविसमा पठाउदै आएको उतm रकम सम्बन्धित पालिकाहरुमा पठाएको छैन्,अध्यक्ष यादवले भने,यसबारे प्रभावित क्षेत्रका स्थानिय तह मिलेर सो रोयाल्टी रकमका लागि पहल गर्नु पर्छ । त्यसका लागि अहिले प्रभावित क्षेत्रका स्थानिय तहसँग समन्वय गर्ने कार्य भई रहेको छ । गण्डक जलविद्युत केन्द्रसँग समन्वय गर्ने कार्य अहिले संघियता आए देखी जटिल बनेको अनुभव सुनाउदै उनले भने,एक त गण्डक जलविद्युत केन्द्र नेपाल भारतको दुई देशिय गण्डक सम्झौताले बनेको हो ।
अहिले नेपालकै पुर्नसंरचना हुदा गण्डक दुई देश भित्रको नेपाल पक्ष भित्र पनि तिनवटै सरकार तहमा विभाजित भएको छ । गण्डक परियोजना सञ्चालनका लागि संघिय सरकारको मातहतमा छ । संघिय सरकारको कार्यालय नेपाल गण्डक पश्चिमी नहर सिचाई कार्यालय,भुआर्जन तथा सम्पर्क कार्यालय(लाईजन),जलविद्युत केन्द्र सुर्यपुरा तिनै वटा कार्यालय संघ सरकारको जलस्रोत तथा सिचाई मन्त्रालयसँग सरोकार राख्छ । गण्डक बाँध क्षेत्र गण्डकी प्रदेशमा परेको छ । गण्डक नहरका मुहान गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउपालिका मा छ । जलविद्युत केन्द्र,सिचाई ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशमा छ । भुआर्जन तथा सम्पर्क कार्यालय भारत विहार प्रदेशको बाल्मिकी नगरमा छ ।
गण्डक सिचित क्षेत्र र गण्डक बाँधका कारण प्रभावित हुने जनता लुम्बिनी प्रदेशको सुस्ता गाउपालिका,प्रतापपुर गाउपालिका,सरावल गाउपालिका र केही भाग पाल्हीनन्दन गाउपालिकासँग जोडिन्छ । गण्डक क्षेत्रसँग वर्दघाट नगरपालिका र रामग्राम नगरपालिकाका पनि केही वार्ड जोडिन्छ । गण्डक जलविद्युत केन्द्र प्रतापपुर गाउपालिकामा अवस्थित छ । यसका लागि गण्डक जलविद्युत केन्द्रबाट प्राप्त हुने रोयाल्टी रकमको वितरण प्रणाली पनि केही जटिलता देखिएको छ,तर त्यसको निकास पनि संघिय सरकारले दिनु पर्ने मान्यताका साथ प्रतापपुर गाउपालिकाले रोयाल्टी रकमका लागि निरन्तर पहल गरिरहेको उनले बताए । यसका लागि गाउपालिका मात्रै नभई यस क्षेत्रमा संघिय साँसद विनोद चौधरी मार्फत पहल भई रहेको उनले जनाए ।
अघिल्लो कार्यकालमै यसको छिनोफानो हुन पर्थ्यो,उनले भने,तर यस क्षेत्रका जनप्रतिनिधिहरुले जनताका यि समस्या र पाउने अनुदानलाई नै वेवास्ता गर्दै आएको देखियो,तर अब वेवास्ता हुदैन्,यसका लागि सबै मिलेर हामी रकम ल्याउने प्रयास गर्दैछौ । विगत बर्षमा विद्युत रोयल्टी सिर्षकमै जिविसमा रकम आउने गर्थ्यो,उनले भने,जिविसले यस क्षेत्रमा विकास निर्माणका कार्य गर्दै आएको थियो । अहिले जिविस छैन्,त्यसको अधिकार क्षेत्र पालिकामा सरेर आएको छ । उनका अनुसार प्रतापपुर कम्तीमा पनि १२ प्रतिसत रोयाल्टी रकम पाउछ । ति रकम बर्षेनी डेढ देखी दुई करोड हुन्छ । यि प्रतापपुर,सुस्ता गाउपालिकामा आन्तरिक आय पनि कम छ,उनले थपे,कम्तीमा त्यही रकम आए पालिकाको आयमा वृद्धि हुन्थ्यो । जनताको विकास गर्न सहज हुने थियो ।
However, this is also the extenze drink terrifying power of the Hades Sword priligy dapoxetine 1998 May Jun; 4 3 185 93