समाचार

चुनाव आयो, मल आएन
रामग्राम नगरपालिका, समाचार

चुनाव आयो, मल आएन

नवलपरासी,खाद्यमा आत्मनिर्भर बनाईने लक्ष्य लिई सरकारले खाद्यान आयात प्रतिस्थापन गर्ने गरि बन्ने नीति र नियतीमा फरक देखिन थालेको छ । खाद्यानको स्रोत हो कृषि,कृषिको उपजको आधार हो सिचाँई र मलखाद तर सरकारी मल बितरण प्रकृयाले नै नीति र नियतीमा फरक देखाएको हो ।लुम्बिनी प्रदेश सरकारले प्राप्त गरेको डाई अमोनिया फस्फेट(डि.ए.पी.) मल वितरणमा नवलपरासी जिल्लालाई बिभेद भएको स्थानिय कृषिसँग सम्बद्ध संघसस्थाले आरोप लगाएका छन् । सरकारी नीतिमा कृषि उत्पादन बढाउने भए पनि कृषि उत्पादनका मुख्य आधार मलखाद पहिलो आवश्यकताको आधारमा माग गरिदैन,माग गरिए पनि समयमा आयात गरिदैन,आयात भएर आए पनि कुन क्षेत्र उत्पादन क्षेत्र हो,त्यसको पहिचान गरिदैन,हचुँवाको तालमा मल वितरण गर्दा त्यसको असर नवलपरासीका किसानलाई परेको कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्यायले बताए ।कृषक प्रतिको सरकारी वेवास्ता हालै लुम्बिनी प्रदेशले व...
शैक्षिक बेरोजगारलाई रोजगारी दिनका लागि सुचिकृत हुन युवाहरुलाई आग्रह
प्रतापपुर गाँउपालिका, समाचार

शैक्षिक बेरोजगारलाई रोजगारी दिनका लागि सुचिकृत हुन युवाहरुलाई आग्रह

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भित्र शैक्षिक बेरोजगार भएर बसेका युवाहरुलाई रोजगारी उपलब्ध गराउनका लागि सुचिकृत हुन आग्रह गरेको छ । अन्य वेरोजगार युवायुवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले समेटे पनि शैक्षिक युवालाई छुट्टै शैक्षिक बेरोजगार युवालाई पनि रोजगारी उपलब्ध गराउनका लागि गाउपालिकाले गाउमा काम नपाएर बसेका शैक्षिक युवालाई सुचिकृत हुन आग्रह गरेको हो । अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम मार्फत ति शैक्षिक बेरोजगार युवालाई विद्यालयहरुमा शैक्षिक जनशतिm परिपुर्ति गरि शैक्षिक गुणस्तर सुधार गर्ने र बेरोजगार युवालाई रोजगारीको पनि अवसर सृजना गर्ने गरि गाउपालिकाले बार्षिक कार्यक्रम बनाएको थियो । त्यही कार्यक्रम अनुसार शैक्षिक बेरोजगारको सुचि तयार गर्न लागिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कातिक १७ गते भित्र कक्षा १२ पास गरेका वा...
विद्यालय स्वास्थ्य प्रभावकारी बनाउन रामग्रामले गर्यो योजना तर्जुमा
रामग्राम नगरपालिका, समाचार

विद्यालय स्वास्थ्य प्रभावकारी बनाउन रामग्रामले गर्यो योजना तर्जुमा

नवलपरासी,जिल्लाको रामग्राम नगरपालिकाले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको योजना तर्जुमा गरेको छ । बालबालिकामा अझै पनि पोषणका लागि आवश्यक जनचेतना जगाउन नसक्दा कुपोषण कायम रहेको हुदा विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत हटाउने गरि योजना तर्जुमा गरिएको हो ।नेपाली बालबालिका खान नपाएर होईन,खान नजानेर कुपोषणमा परेको उतm योजना तर्जुमा कार्यक्रममा बताइएको थियो । बालबालिकालाई विद्यालय खाजा कार्यक्रम प्रभावकारी बनाउनु पर्ने र त्यसका लागि जक्सफुड भन्दा स्थानिय स्तरमा पाईने पोषण युतm खाजा खुवाउनु पर्नेमा जोड दिइएको थियो । बालबालिकालाई आवश्यक पर्ने पोषण मध्ये ३० प्रतिसत पोषण विद्यालयबाटै दिनु पर्ने हुदा विद्यालय खाजा कार्यक्रम सरकारले ल्याएको हो । तर त्यसको प्रभावकारिता बढाउन नसक्दा खाजा नामको मात्र खाजा हुन पुगेको छ । यसलाई हटाउनका लागि स्वास्थ्यकर्मी र शिक्षक दुबै मिलेर काम गर्नु पर्ने बताइएको थि...
सडक निर्माणमा कमसल निर्माण समाग्रिको प्रयोग भएको आरोप
समाचार

सडक निर्माणमा कमसल निर्माण समाग्रिको प्रयोग भएको आरोप

नवलपरासी,२६ असोज,जिल्लाको सिमा नाका महेशपुरको सडक तथा ढल निर्माणमा कमसल समाग्रिको प्रयोग गरि भ्रष्टाचार हुने गरेको आरोप स्थानियले लगाएका छन् । नियमन गर्ने निकायको मौनता, सरोकारवाला प्राविधिकको मिलोमतोमा कमसल समाग्रि प्रयोग गरि गुणस्तरहिन कार्य गरेर भ्रष्टाचार गरिएको स्थानियबासीले दाबी गरेका हुन् ।पाल्हीनन्दन गाउपालिका १ स्थित महेशपुर नाकासम्मको सडक फराकिलो गर्ने कार्यमा बन्दै गरेको सडक आयोजनाको काममा कमसल समाग्रिको निर्माण भई रहेको स्थानिय जितेन्द्र गुप्ताको भनाई थियो । काम गर्ने ठेकेदार को हो ?त्यसको कुनै होर्डिगँ बोर्ड राखी सुचना समेत राखिएको छैन्,उनले भने, सडक र ढलको लागि कुन समाग्रि कस्तो हुने जानकारी कसैलाई छैन् । काम गर्ने मजदुरसँग भनेर के गर्ने ? उनले थपे, उनीहरुले हामी कामदार हो,कुन गुणस्तरको हो ? त्यसबारे कुनै जानकारी छैन् । ठेकेदारले इटा,बालुवा र सिमेन्ट पठाई दिन्छ । हामी सुरवाईज...
रामग्राम नगरपालिकाले नागरिकलाई दिदैछ करदाता शिक्षा
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले नागरिकलाई दिदैछ करदाता शिक्षा

नवलपरासी,२६ असोज,जिल्लाको रामग्राम नगरपालिकाले नगरका करदाता ब्यवसायि र नागरिकलाई करदाता शिक्षा कार्यक्रमको आयोजना गरि सचेतना कार्य थालेको छ । करदातालाई करबारे आवश्यक जानकारी गराउने उदेश्यले करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।प्रत्येक वार्डबाट ६ जनाका दरले उद्यमी ब्यवसायि,किसान र संघसस्थाका प्रतिनिधि गरि सहभागि गराई कर शिक्षा कार्यक्रम गरिएको नगरपालिकाको राजश्व शाखाकी प्रमुख निर्मला प्रजापतिले बताईन् । कर शिक्षा कार्यक्रम गर्ने गरि नगरसभाले नै कार्यक्रम राखेको हुदा कर शिक्षा कार्यक्रम शुरु गरिएको उनले बताईन् । संविधान र कानुन प्रदत्त अधिकारको प्रयोग गरि नगरपालिकाले नगरक्षेत्रमा कर उठाउने गरेको र उठेको कर कसरी जनताका लागि विकास निर्माण,सेवा प्रवाह र दैनिक प्रशासनमा खर्च हुने गरेको बारे जानकारी गराइएको थियो । करदाता शिक्षाका स्रोत ब्यतिm लेखा शाखाका लेखापाल सञ्जय शर्माले संघ,प्रदेश र स...
रामग्रामले तिन महिनामा संकलन गर्यो झण्डै दोब्बर राजस्व
रामग्राम नगरपालिका, समाचार

रामग्रामले तिन महिनामा संकलन गर्यो झण्डै दोब्बर राजस्व

नवलपरासी,जिल्लाको रामग्राम नगरपालिकाले गत बर्षको तुलनामा हालसम्म झण्डै दोब्बर राजश्व संकलन गर्न सफल भएको छ । राजस्व शाखाले करदता प्रवद्र्धन सहित राजश्व समितिका संयोजक समेत रहेकी उपप्रमुख(उपमेयर)को कृयाशिलताले राजश्व संकलन बढाउन सफल भएको हो ।नगरपालिकाको राजश्व शाखाका तथ्याँक अनुसार गत आर्थिक बर्ष २०७८/०७९ को असोज मसान्तसम्ममा १ करोड ३६ लाख ९१ हजार १ सय ४३ रुपिया राजश्व संकलन भएको थियो,तर अहिले चालु आर्थिक बर्ष २०७९/८० को असोज २५ गतेसम्ममा २ करोड १२ लाख ३० हजार ९ सय ५९ रुपिया सकलन भएको छ । राजश्व संकलनमा विगतको बर्षको तुलनामा यो बर्ष सरकारी सम्पती बहाल करबाट सबै भन्दा बढि राजस्व संकलन भएको तथ्याँकले देखाएको छ । सो शिर्षकमा गत आर्थिक बर्षमा ११ लाख ८१ हजार २ सय ५६ रुपिया मात्र संकलन भएको थियो,तर अहिले चालु आर्थिक बर्षमा ९१ लाख २३ हजार २ सय ८७ रुपिया संकलन गरिएको छ । सरकारी निकायबाटै बहाल कर वि...
परासी हाटबाजर क्षेत्रमा बालउद्यान सहितको दशै मेला तयारी तिब्र
रामग्राम नगरपालिका, समाचार

परासी हाटबाजर क्षेत्रमा बालउद्यान सहितको दशै मेला तयारी तिब्र

नवलपरासी,१६ असोजजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.२ स्थित साप्ताहिक हाटबजारलाई दशै देखी छठसम्म दैनिक रुपमाम सञ्चालन गर्ने गरि योजना पुर्ण रुपमा सञ्चालनमा नआए पनि दशै लक्षित मेलालाई भब्य बनाउन सो वार्डका वार्ड अध्यक्ष अगाडी सरेका छन् । केही दिन पहिला हाटबाजर रहेको वार्ड नं.२ का वार्ड अध्यक्ष निरज रौनियारले दशै सस्तो बजार बनाउने गरी दैनिक बजार सञ्चालन गर्ने गरि विभिन्न पक्षसँग छलफल चलाउदा नगरपालिकाले खासै चाँसो नलिए पछि अहिले सस्तो दैनिक बजारको योजना स्थगित गरि दशै मेलालाई ब्यवस्थित र भब्य बनाउने अग्रसरता लिएका हुन् ।विगत साढे चार दशक देखी दशै मेला जिल्लाकै ठूलो मेलाको रुपमा चिनिदै आएको मेला हो,उनले भने, तर एक दिवसिय मेलाले खासै परासी बजारको प्रवद्र्धन हुन सकेको थिएन् । यो बर्ष देखी ढिलो भए पनि अहिले बाल उद्यान थपेका छौ । यसले बालबालिकालाई दशै भरि आकर्षित र मनोरन्जन गराउने विश्वास लिएका छ...
नवलपरासीमा सम्पन्न भयो जलबायु परिवर्तन सम्बन्धि बहस
समाचार, सुनवल नगरपालिका

नवलपरासीमा सम्पन्न भयो जलबायु परिवर्तन सम्बन्धि बहस

नवलपरासी,विश्वब्यापी रुपमा भईरहेको जलबायु परिवर्तन सम्बन्धि बहस कार्यक्रम सुनवलमा सम्पन्न भएको छ । असल छिमेकी नेपालद्धारा आयोजित सो बहस कार्यक्रममा जलबायु सम्बन्धि बहसहरु वार्ड देखी स्थानिय,प्रदेश र संघिय सरकारले गर्नु पर्ने भए पनि त्यस्तो बहस नभएको सहभागिहरुले बताएका हुन् ।विश्वब्यापी समस्या जलवायु परिवर्तनबारे सरकारी गम्भिरता नभएको र अहिले गैरसरकारी सस्थाले ति काम गरिरहेको बताइएको थियो । संघिय संसदको राष्ट्रियसभा,प्रतिनिधिसभा,प्रदेश सरकारको प्रदेश सभा स्थानिय तहको नगरसभा र गाउसभामा यो बहसको आवश्यकता भएको तर ति कुरा एउटा गैससले गर्नु पर्ने नेपालको राजनीति प्रति नै प्रश्न उठेको थियो । अझ स्थानिय तहको नगरसभा र गाउसभा एक घण्टे कार्यक्रम हुने गरेको छ,त्यो पनि बजेट पास गर्नु पर्ने बाध्यकारी भएकोले तर जनताका सवाल र विश्वब्यापी समस्याबारे सोच्ने फुर्सद नै जनप्रतिनिधिसँग नभएको बताइएको थियो ।जलवाय...
सहकारी संस्थाहरुलाई उत्पादनमुखी  र पर्यटन क्षेत्रमा पनि लगानी बढाउन आग्रह
रामग्राम नगरपालिका, समाचार

सहकारी संस्थाहरुलाई उत्पादनमुखी र पर्यटन क्षेत्रमा पनि लगानी बढाउन आग्रह

नवलपरासी,नगरभित्र रहेका सहकारी सस्थाहरुले अब उत्पादनमुखी र पर्यटन क्षेत्रमा पनि लगानी गर्नु पर्ने आवश्यकता जिल्लाको सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले औल्याएका छिन् । लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी सस्थाको २५ औ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा औल्याएकी हुन् ।हजारौ मेट्रिक टनको चिस्यान केन्द्र नगरपालिका भित्रै निर्माण अन्तिम चरणमा पुगेको छ,ति चिस्यान केन्द्रमा आफ्नो उत्पादन राख्नु पर्ने अवस्था आउछ,तर त्यसमा के कृषि उपज राख्ने ? के उत्पादन गर्ने ? जस्ता कार्यको अब सहकारी सस्थाहरुले सोच्नु पर्ने अवस्था आएको उनले सभामा उठाएकी थिईन् । बचत गर्ने र ऋण लगानी गर्ने लक्ष्य लिई काम गर्दै आएका सहकारीले अब बजारको अध्ययन,मागको अवस्था अनुसार उत्पादन मुखी क्षेत्रमा लगानी गरि उत्पादन बढाउनु पर्ने कुरा जिम्मेवारीबोध गरि सहकारीहरुले अगाडी बढाउनु पर्ने बताएका थिईन् । त्यसै गरि तराई दे...
प्रगतिशील सहकारीको साढे ६ करोडको कारोबार र १३ लाख नाफा
समाचार, सुनवल नगरपालिका

प्रगतिशील सहकारीको साढे ६ करोडको कारोबार र १३ लाख नाफा

नवलपरासी,जिल्लाको सुनवल ९ स्वाठी स्थित प्रगतिशील बचत तथा ऋण सहकारी सस्थाले बार्षिक साढे ६ करोडको कारोबार गर्दै १३ लाख ६३ हजार नाफा आर्जन गरेको छ । २०६३ सालमा स्थापना भएको उतm सहकारीले शनिवार आफ्नो १६ औ बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी गराएको हो ।सहकारी विगत भन्दा अहिले जनताको भरोसामन्द बन्दै गएको र स्थानियको आकर्षण समेत सहकारी प्रति बढदै जादा कारोबार बढेको र कारोबार बढदा नाफामा उल्लेख्य वृद्धि भएको सहकारीका अध्यक्ष रामचन्द्र भण्डारीले बताए । सहकारीले बचत ऋण सहकारी भएको हुदा सेयर सदस्यहरुसँग बचत गर्ने र तिनै सेयर सदस्यहरुमा ऋण लगानी गर्नुको अतिरितm समाजिक कार्य समेत गर्दै आएको जानकारी गराएका थिए । सहकारीले शिक्षा क्षेत्रमा सेयर सदस्य वा सेयर सदस्यका सन्ततीले उत्कृष्ट अंक ल्याई पास गरेको खण्डमा छात्रवृति तथा सम्मान कार्यक्रम गर्दै आएको छ,भने एकल महिलालाई बार्षिक रुपमा नगद सहित सम...