बजेट अभावले पोखरापालीको जौरहरीमाई पार्क निर्माण कार्य अलपत्र

नवलपरासी, ४ माघ
जिल्लाको रामग्राम नगरपालिका ६ पोखरापाली स्थित जौरहरीमाई पार्क बजेट अभावले निर्माण कार्य अलपत्र परेको छ । जिल्ला सदरमुकाम परासीको पोखरापाली बजार देखी उत्तरमा रहेको सो पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाइएको भए पनि आवश्यक बजेट विनियोजन गरि कुनै निकायले सहयोग नगरिददा अलपत्र अवस्थामा पुगेको हो ।
जौरहरीमाई स्थानमा प्राचीन शिवालय र देवस्थल सहितको पोखरी रहेको स्थानलाई आजको आवश्यकता अनुरुप त्यस क्षेत्रलाई पार्कको रुपमा विकास गर्दै एक धार्मिक,साँस्कृतिक तथा पर्या पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरि डिपिआर विगत बर्षमा बनेको तर लगानीको अभावमा निर्माण कार्य अलपत्र परेको सोही वार्डका वार्ड अध्यक्ष विद्यासागर त्रिपाठीले बताए । सो स्थानलाई ब्यवस्थि पार्क बनाउनका लागि करिब ६ करोडको लागत पर्ने गरि डिपिआर बनाइएको छ,उनले भने,तर प्रयाप्त मात्रामा स्रोत ब्यवस्थापन हुन नसक्दा पार्कको निर्माण कार्य अलपत्र जस्तो देखिएको छ । द्रुत गतिमा सो क्षेत्रको विकास हुन नसकेको स्वीकार गर्दै भने,यसलाई नगरपालिकाले पनि स्वामित्व लिई अलि बढी लगानी गर्न सकेको छैन् । प्रदेश र संघबाट पनि आर्थिक स्रोत ब्यवस्थापन गर्न नसक्दा पार्क निर्माण कार्य ढिलाई भएको हो ।
स्थानियको चाहना तँ डिपिआर बने पछि तुरन्तै पार्कको स्वरुप देखियोस भन्ने हुनु स्वभाविक हो,उनले थपे,तर यसका लागि सरकारी तथा गैसरसकारी पक्षबाट पनि चाँसो लिई काम गर्न तत्परतामा कमी देखिएको छ । वार्ड स्तरबाट सक्ने जति थोरे धेरै कामहरु भई रहेका छन् । करिब डेढ हेक्टर(३० कट्ठा) जग्गामा सो पार्क भए पनि १ हेक्टर जनि तँ कमल पोखरी रहेको छ । पोखरीमा रातो र सेतो कमल फुल्ने गरेका छन्,उनले भने, प्राचीनकाल देखी नै कमल भएको पोखरी हो,त्यसको वरिपरी केही खुल्ला चौरहरु र बगैचा रहेका छन् । त्यसै भित्र शिवालय,देवीदेवताको मन्दिर अवस्थित छ,वार्डअध्यक्ष त्रिपाठीले भने, अन्य जग्गा नभएका कारण सोही क्षेत्रमा परासी खानेपानी तथा सरसफाई उपभोतmा समितिले खानेपानीको ओभरहेड ट्याँकी बनाइएको छ । सो टयाँकी सञ्चालनका लागि भवन पनि बनेका छन् ।
वार्ड कार्यालय र आधारभुत स्वास्थ्य केन्द्र पनि सोही पार्क स्थलमा बनाइएको हुदा ति स्थानमा मानिसको आगमन निरन्तर भई रहेको छ । पोखरीको पानी अहिले किसानले सिचाँईमा प्रयोग गर्दै आएका छन् । कोही कोहीले विहाबारी कार्यक्रम समेत सो स्थानमा हुने गरेको छ । पिकनिक स्पोर्टमा पनि प्रयोग भई रहेका छन् । शिवरात्रीको मेला समेत लाग्ने र साउन मास मेला हुने गरेको छ । यसले यस क्षेत्रलाई आकर्षित बनाएको छ । तर अझै एउटा पार्कलाई आवश्यक पर्ने पुर्वाधार बन्न सकेको छैन् । सरसफाईमा ध्यान नदिइएको अवस्था देखिएको छ । पार्क ब्यवस्थापनका लागि विगतमा डिभिजन बन कार्यालय लगायतका संघसस्थाले पनि सहयोग गर्दै आएका थिए,तर अहिले ति क्षेत्रबाट पनि लगानी हुन नसकेको वार्डका पुर्व अध्यक्ष दिपु अग्रहरीले बताए ।
पार्क कुनै एउटा ब्यतिm हुदैन्,उनले भने, यसमा सबै क्षेत्रको चाँसो हुनु आवश्यक छ । पहिला सदरमुकाम विकास कार्यक्रम अन्तरगत पोखरापालीमा सडक बन्दा ति आयोजना तथा सम्बन्धित ठेकेदारले पार्क ब्यवस्थत बनाउने मौखिक आश्वासन समेत दिएका थिए । तर पछि सडक आयोजनाको कार्य सकिने वित्तिकै न त्यहाँ आयोजनाका कर्मचारी देखिन्छन्,नत ठेकेदार नै,उनले भने, कुरा उठ्दा सबैले प्रतिवद्धता जनाउदै तर पछि कोही पनि अगाडी नसर्ने अवस्था पनि देखिएको पुर्व वार्ड अध्यक्ष अग्रहरीले बताए ।
अहिलेको जनप्रतिनिधिले पनि चाँसो लिई काम गर्नमा कम उत्साही देखिदा निर्माण कार्यमा ढिलाई भएको हुन सक्ने उनको भनाई थियो । यस क्षेत्रका संघिय तथा प्रदेशका साँसदहरुले पनि आफ्ना कार्यक्रममा समावेश नगरेको र चाँसो पनि नलिएको उनको आरोप थियो । वार्ड स्तरका बुद्धिजिवि जनप्रतिनिधिहरु पनि यदि पोखरीपाली क्षेत्रकै औद्योगिक क्षेत्रका उद्योगपतिलाई पनि सहभागि गराउदै समाजिक तथा वातावरणिय उत्तरदायित्व बुझाएर पनि स्रोत परिचालन गर्नु पर्ने हो,तर संगठित रुपमा पार्क ब्यवस्थापनमा चाँसो नलिदा पनि अलपत्र देखिनु स्वभाविक भएको उनको भनाई थियो ।
स्थानिय जनता पनि सबै कुरा सरकारमै निर्भर हुदा काममा ढिलाई हुने देखिएको छ । पार्क ब्यवस्थापन तथा सञ्चालनका लागि एक शसतm टिम चाहिन्छ,टिमवर्क पनि हुन सकेको छ्रैन् । विगतमा कृयाशिल टोलविकास सस्थाहरुलाई पनि नगरपालिका र वार्डले परिचालन गर्न नसक्दा समान्य सहयोगले हुने कार्य हुन नसक्ने अवस्थामा पुग्ने गरेको नगरपालिकाकै समाजिक विकाश शाखाका प्रमुख नगेन्द्र यादवले बताएका थिए । टोल विकास सस्था नगरपालिका र वार्डका जनपरिचालनका सहयोगी सस्था हुन,उनले भने,विगतमा जनप्रतिनिधि नहुदा धेरै जसो जनप्रतिनिधिको अभाव महशुस नहुने गरि काम गर्दै आएका टोलविकास सस्था अहिले परिचालन हुन सकेका छैनन् ।
भुमिका विहिन जस्तै देखिएका पनि छन्,उनले भने,नगरपालिकाका जनप्रतिनिधिहरु अहिले पनि ति टोलविसका सस्था परिचालन गर्न सकेमा समाजिक,आर्थिक र साँस्कृतिक स्रँोत परिचालनमा सहयोगी सिद्ध हुन सक्छन्,तर त्यता चाँसो नदिएको जस्तो महशुस गरिएको छ । यता टोल विकास सस्थाहरुलाई अहिलेका जनप्रतिनिधिहरु आफ्ना प्रतिस्पर्धी जस्तै देखिने हुदा ति सस्थालाई सक्रिय गराउन नचाहेको नागरिक समाज नवलपरासीका सचिव अनिल अग्रहरीले बताए । आफु जनपरिचालन गर्न पनि नसक्ने र जनता जोडिएका टोलविकास सस्था परिचालन गर्न पनि नचाहने हुदा गाँउ टोलमा भएका समाजिक,साँस्कृतिक सम्पदा ओझेलमा पर्ने अवस्था हुदै गएको भनाई उनको थियो ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *