समाचार

प्रतापपुर गाउपालिकाले पाँच लाख बजेट विनियोजन गरि पत्रकार कल्याणकोष स्थापना गर्दै
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले पाँच लाख बजेट विनियोजन गरि पत्रकार कल्याणकोष स्थापना गर्दै

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले पत्रकारहरुको लागि कल्याणकोष स्थापनाका लागि बजेटद विनियोजना गरेको छ । जनताको सुचना,सञ्चारको अधिकार प्रयात्याभुत गराउनमा निरन्तर खटिरहने पत्रकार राज्यबाटै खासै कुनै सेवा सुविधान नपापाउने गरेको अवस्थालाई महशुस गर्दै गाउपालिकाले आफ्नो बजेट कार्यक्रममै राखेर सो बजेट विनियोजन गरेको हो ।कृयाशिल पत्रकारहरुलाई पर्न सक्ने समस्याको बेला गाउपालिकाले सहयोग गर्न सकोस भनेर पत्रकार कल्याणकोष स्थापाना गर्नका लागि बजेट विनियोजन गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । गाउपालिकाले कल्याणकोषका लागि यो बर्ष रु.पाँच लाख बजेट विनियोजन गरिदिएको छ, उनले भने, कार्यविधि बनाएर कृयाशिल पत्रकारलाई सो रकम कल्याणमुखी कार्यका लागि उपलब्ध गराउन सक्ने छ । उनका अनुसार विरामी,घाईते लगायतको बेला पत्रकारलाई राहत मिलोस भनेर यस्तो सोच गाउपालिका अध्यक्ष उमेशचन्द्र...
सरावल गाउपालिका अध्यक्ष चौधरी स्कुटीमै सरर……….
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिका अध्यक्ष चौधरी स्कुटीमै सरर……….

विभिन्न गाउपालिका र नगरपालिकामा सवारीसाधनको विषयलाई लिएर विवादको विषय बन्ने गरेको छ । केही पालिकाका अध्यक्षले पाएको गाडीलाई आफ्नो निजी बाहनजस्तै ठान्ने गरेको पनि पाईने गरिएको छ,तर नवलपरासी जिल्लाको सरावल गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीलाई सवारीसाधनको कुराले कुनै मतलब राखेको छैन् । उनी आफ्नो दैनिक गाउपालिकाको कामलाई नै दैनिकी बनाई काम गर्ने क्रममा आवश्यकता अनुसार सवारी साधनको प्रयोग गर्ने गरेका छन् । कम आन्तरिक आय भएको गाउपालिकाको साधन स्रोतलाई मितब्ययी बनाउने मान्यता उनी राख्ने गरेका छन् । विहिवार उनी गाउपालिकाको चारपाँग्रे वाडी भन्दा स्कुटीमै चढेर गाउपालिका भित्र हुदै गरेको विद्युतीकरण क्षेत्रमा स्थान देखाउन पुगे ।सरावल ४ गोबरहिया देखी हातीबनसम्म सडक किनारमा स्कुटीमा भेटिएका गाउपालिका अध्यक्ष चौधरीले विद्युतको पोल गाड्ने स्थान स्थानिय मजदुरलाई देखाउदै थिए । उनका अनुसार अहिले विद्युत...
प्रतापपुर गाउपालिकाले गण्डक नहरमा र्याफ्टिगँ चलाउन बिनियोजन गर्यो बजेट
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले गण्डक नहरमा र्याफ्टिगँ चलाउन बिनियोजन गर्यो बजेट

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भएर जाने भारतिय पश्चिमी नहर सिचाई प्रणालीको उपयोग गरि र्याफटिगँ सञ्चालनका लागि गाउपालिकाले बजेट बिनियोजना गरि सम्भाब्यता अध्ययन शुरु गराएको छ । बर्षाै देखी नहर प्रतापपुर गाउपालिका भएर बग्ने गरे पनि त्यसको उपयोग कहि कतै नदेखिए पछि गाउपालिका अध्यक्ष उमेशचन्द यादवले र्याफ्टिगँ शुरु गर्ने योजना ल्याएको र त्यसका लागि गाउपालिकाले बजेट बिनियोजना गरि सम्भाब्यताका लागि काम शुरु गराएका हुन् ।गाउपाालिकाले तत्काललाई १० लाख बजेट बिनियोजन गरेको अध्यक्ष यादवले जानकारी गराए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटन विकास गर्ने उदेश्यले र्याफटिँग शुरु काम थालिएको छ । दुई चार महिनामा सम्भाब्यता अध्ययनको प्रतिवेदन आउछ,उनले भने, त्यस पश्चात र्याफटिगँ सञ्चालनमा ल्याईन्छ । फलामे गेट देखी सुर्यपुरा स्थित गण्डक जनविद्युत केन्द्रसम्म र्याफटिँग शुरु गरिने उनको भनाई थिय...
प्रतापपुरमा तिन बर्ष देखी भत्किएको पुल नबन्दा स्थानियलाई सास्ती
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुरमा तिन बर्ष देखी भत्किएको पुल नबन्दा स्थानियलाई सास्ती

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिका ८ स्थित रेतापुल विगत ३ बर्ष देखी भत्किएको तर हालसम्म पुनिर्माण कार्य नहुदा स्थानियबासीलाई सास्ती भएको छ । सुख्खा मौषमका थोरै पानी हुदा खासै समस्या नपरे पनि बर्षायाममा स्थानियबासीलाई आउजाउमा समस्या भएर सास्ती खेप्न परेको हो ।पुल निर्माणका लागि सरोकारवालाले चाँसो नलिए पछि स्थानियबासीले हैरानी ब्यहोर्न परेको सुस्ता गाउपालिका ३ का वार्ड अध्यक्ष हरिलाल दुसादले बताए । विगत बर्ष देखी नै यो पुलको निर्माणका लागि सम्बन्धित प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराइएको छ । हरेक पटक आश्वासन दिए पनि बजेट बिनियोजनका लागि पहल नगर्दा स्थानियबासीलाई समस्या झेल्न परेको उनको भनाई थियो । सुस्ता र प्रतापपुर गाउपालिका जोड्ने बालुटोल,फट्केटोल लगायतका आधा दर्जन गाँउका बासिन्दालाई दैनिक आउजाउ गर्नु पर्छ । अन्य गाउपालिका र जिल्ला बाहिरका ब्यतिm पनि सो पुल ...
अवैध स्वास्थ्य  क्लिनीकहरुको नगरपालिकाले नियमन गर्नेः प्रमुख प्रशासकिय अधिकृत खड्का
रामग्राम नगरपालिका, समाचार

अवैध स्वास्थ्य क्लिनीकहरुको नगरपालिकाले नियमन गर्नेः प्रमुख प्रशासकिय अधिकृत खड्का

नवलपरासी,जिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरुलाई नियमन गर्ने भएको छ । नगरक्षेत्र भित्र रहेका विभिन्न स्वास्थ्य सस्थाहरुले विना दर्ता,मापदण्ड विपरित पनि सञ्चालन हुदै राजश्व समेत छलि गर्ने गरेको जनगुनासो बढन थाले पछि नियमन गर्ने भएको हो ।रामग्राम नगरपालिका भित्र पृथ्वीचन्द्र अस्पताल वरिपरि तथा अन्य विभिन्न बजार क्षेत्रमा मापदण्ड विपरित सञ्चालनमा रहेका स्वास्थ्य सस्था,क्लिनीक तथा प्याथोलोजी सेवाहरुको नियमन गर्ने कार्य योजना बनाउन नगरपालिकाको स्वास्थ्य शाखालाई प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । विना दर्ता स्वास्थ्य सस्थाहरुको तत्काल अनुगमन गर्नका लागि के कस्तो कानुनी प्रवाधान रहेको नभए तत्काल स्वास्थ्य सेवा सम्बन्धित ऐनको तर्जुमाका लागि शाखालाई निर्देशन दिएको उनले बताए । दर्ता नै नगरि सयौ संस्थाहरु नगरभित्र सञ्चालनमा रहेका छन् ...
भगवान बुद्धको अष्टधातु क्षेत्रको सफाई गरि समापन गरियो आठौ संविधान दिवस
रामग्राम नगरपालिका, समाचार

भगवान बुद्धको अष्टधातु क्षेत्रको सफाई गरि समापन गरियो आठौ संविधान दिवस

आठौ संविधान दिवस नवलपरासीको रामग्राम स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रको सरसफाई गरि सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आठौ संविधान दिवस शान्तिका अग्रदुत भगवान गौतम बुद्धको अस्ति रहेको अष्टधातु क्षेत्रमा शान्तिकै कामना गर्दै समापन गरिएको हो ।दिगो शान्ति र विकासको परिकल्पना गरि जारी भएको नेपालको संविधान २०७२ को आठौ संविधान दिवस समापन गरिएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । उनका अनुसार अहिले सन्दर्भ पनि जुरेको हो,कि भगवान बुद्धको अन्त्येष्टि पछि उनको अस्तुलाई विभिन्न आठवटा भागमा विभाजन गरि कोलिय राजाले पाएको आठ भागको एक भाग अस्ति ल्याएर रामग्राम स्तुप बनाएका थिए । जुन बौद्धमार्गीका लागि शान्तिको अभ्यास गर्न स्तुपको सानिध्यमा बसेर ध्यान गर्नु हो । त्यसैका लागि प्राचिन कोलिय गणराज्यका कोलिय राजाहरुले आफ्नो भागमा पाएको अ...
परासी हाटबजारमा दशै सस्तो बजार सञ्चालन गर्ने योजना
रामग्राम नगरपालिका, समाचार

परासी हाटबजारमा दशै सस्तो बजार सञ्चालन गर्ने योजना

जिल्लाको रामग्राम नगरपालिका वार्ड नं.२ स्थित साप्ताहिक हाटबजारलाई दशै देखी छठसम्म दैनिक रुपमाम सञ्चालन गर्ने गरि योजना अगाडी सारिदै छ । हाटबाजर रहेको वार्ड नं.२ का वार्ड अध्यक्ष निरज रौनियारले दशै सस्तो बजार बनाउने गरी दैनिक बजार सञ्चालन गर्ने गरि विभिन्न पक्षसँग छलफल भई रहेको जानकारी गराएका हुन् ।नेपाली नागरिक सस्तो भनेर भारतिय ठूठीबारी बजार जाने र त्यहा झन महगोँमा मालसमान किन्नु पर्ने बाध्यता रहेको हुदा यो बर्ष देखी परासी बजारमै सस्तो दशै बजार सञ्चालन गर्ने योजना ल्याइएको उनले बताए । साताको बुधवार र शनिवार लाग्ने गरेको साप्ताहिक हाटबजार स्थलमा अहिले नयाँ सटरहरु बनेका छन्,उनले भने, ति सटरलाई पनि कम्तीमा छठसम्म ब्यवसायिहरुलाई निशुल्क उपलब्ध गराउने,साप्ताहिक हाटको दिन बाहेकका दिन लाग्ने बजारको बैठकी करलाई पनि सहुलियत दिएर सस्तो बजार बनाउने गरि आन्तरिक छलफल र ब्यवसायिहरुसँग परामर्श भई रहेको ...
प्राचिन कुण्डियनगरको जिवकबन क्षेत्रमा जिउतिया महोत्सव
समाचार, सरावल गाउँपालिका

प्राचिन कुण्डियनगरको जिवकबन क्षेत्रमा जिउतिया महोत्सव

बौद्धकालिन प्राचिन कुण्डियनगर भनेर चिनिएको सरावल १ भगडा स्थित जिवक बनमा जिउतिया महोत्सव मनाइएको छ । स्थानिय थारु समुदायले गत बर्ष दखी जिउतिय पर्वको दिन भगडा स्थित पतजिव बगैचा क्षेत्र प्राचिन कुण्डिय नगरको रुपमा घोषणा गरि जिउतिया महोत्सवको आयोजना गरेको परम्परालाई निरन्तरता दिदै जिउतिय पर्वको दिन महोत्सव मनाएका हुन् ।स्थानिय स्तरमा पतजिव भनेर चिनिने पुत्रन्जिवी बगैचा क्षेत्रमा भगवान बुद्ध र बौद्ध संघको चिकित्सक समेत रहेका भन्ते जिवक र उनका अग्रसेवक भन्ते आनन्द आएर सो स्थानमा बसेको मान्यता रहेको छ । जिवक सहितको बास बसेको स्थान प्राचिन कुण्डिय नगर भएको बौद्ध अध्ययेताहरुको मान्यता रहेको छ । जिवककै नामले पुत्रन्जिवी बनस्पती अहिलेसम्म त्यहा रहेको छ । स्थानियबासीले सो स्थानमा हसनी माईको स्थान पनि भएको मान्दै आएका छन् । आयुर्वेदिक मान्यता अनुसार पुत्रन्जिवीको फल सेवन गरे पुत्रलाभ प्राप्त हुने छ । प...
भगवान बुद्धले महाभिनिष्क्रमण लिएको अनोमाघाट(ठाढीघाट)को नेपाली सेनाले गर्यो सरसफाई
समाचार, सुस्ता गाउँपालिका

भगवान बुद्धले महाभिनिष्क्रमण लिएको अनोमाघाट(ठाढीघाट)को नेपाली सेनाले गर्यो सरसफाई

नवलपरासी,जिल्लाको सुस्ता गाउपालिका ५ स्थित ऐतिहासिक तथा पर्यटकिय क्षेत्र अनोमाघाट(ठाढीघाट)मा नेपाली सेनाको टोलीले सरसफाई गरेको छ । आईतवार पुगेको नेपाली सेना गोरखदल गणको टोलीले एक दिन रात्रीबास गरि सोमवार सफाई कार्य गरेको हो । केही दिन पहिला नेपाली सेनाका जर्नेल नवराज गुरुँगले समेत अनोमाघाटको अवलोकन गरेर फर्के पश्चात यस्ता राष्ट्रिय सम्पदाहरुको संरक्षण,ब्यवस्थापन र सरसफाईमा नेपाली सेनाको कृयाशिलता रहने जानकारी गराएका थिए । अहिले नेपाली सेनाको टोली अनोमाघाटमा पुगेर रात्रीबास बस्ने र भोली पल्ट सरसफाई कार्य गरेको गणका कर्नेल ज्ञानकाजी श्रेष्ठले जानकारी गराएका थिए । सिद्धार्थ गौतम गृहत्याग गरेर आफ्नो प्राचिन कपिलबस्तु राज्यबाट हिडदै कोलिय गणराज्यको पुर्वि सिमामा पर्ने तत्कालिन अनोमा नदी किनारमा पुग्दा उनले चढेको कन्टक घोडा त्यही ठढा भए देखी नै त्यो अनोमा घाटलाई अहिलेसम्म ठाढी घाट भनिदै आ...
स्वास्थ्य सेवा प्रवाह गर्न जिल्लामा वर्दघाट नगरपालिका पहिलो
बर्दघाट नगरपालिका, समाचार

स्वास्थ्य सेवा प्रवाह गर्न जिल्लामा वर्दघाट नगरपालिका पहिलो

नवलपरासी,२ भदौजिल्लाका सात स्थानिय तहमा हुने स्वास्थ्य सेवाका गतिविधिलाई आधार मानी मुल्याँकनमा वर्दघाट नगरपालिका पहिलो भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्धारा भुमहीमा आयोजना गरिएको आर्थिक बर्ष २०७८/०७९ को जिल्ला स्तरिय एकिकृत स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गर्दै कार्यसम्पादान मुल्याँकन गर्दा जिल्लामा वर्दघाट पहिलो स्थानिय तह भएको घोषणा गरिएको हो ।स्वास्थ्य सेवाको प्रभावकारिता,कार्यसम्पादन,स्वास्थ्य सुचना ब्यवस्थापन प्रणाली र स्थानिय तहले बजेट विनियोजना गरिने आधार तथा स्वास्थ्यसँग बनाईएका नीति आदीको आधारमा सातवटै पालिकाको मुल्याँकन गरिएको थियो । त्यसमा वर्दघाट नगरपालिका सबै भन्दा बढि अंक प्राप्त गरेर पहिलो भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको थियो । दोश्रो स्थानमा सरावल गाउपालिका र तेश्रो हुने पालिकामा प्रतापपुर परेको छ । त्यसै गरि रामग्राम नगरपालिका र सुस्ता गाउपालिका...