Health Advertisement

सडक निर्माणमा कमसल निर्माण समाग्रिको प्रयोग भएको आरोप

नवलपरासी,२६ असोज,
जिल्लाको सिमा नाका महेशपुरको सडक तथा ढल निर्माणमा कमसल समाग्रिको प्रयोग गरि भ्रष्टाचार हुने गरेको आरोप स्थानियले लगाएका छन् । नियमन गर्ने निकायको मौनता, सरोकारवाला प्राविधिकको मिलोमतोमा कमसल समाग्रि प्रयोग गरि गुणस्तरहिन कार्य गरेर भ्रष्टाचार गरिएको स्थानियबासीले दाबी गरेका हुन् ।
पाल्हीनन्दन गाउपालिका १ स्थित महेशपुर नाकासम्मको सडक फराकिलो गर्ने कार्यमा बन्दै गरेको सडक आयोजनाको काममा कमसल समाग्रिको निर्माण भई रहेको स्थानिय जितेन्द्र गुप्ताको भनाई थियो । काम गर्ने ठेकेदार को हो ?त्यसको कुनै होर्डिगँ बोर्ड राखी सुचना समेत राखिएको छैन्,उनले भने, सडक र ढलको लागि कुन समाग्रि कस्तो हुने जानकारी कसैलाई छैन् । काम गर्ने मजदुरसँग भनेर के गर्ने ? उनले थपे, उनीहरुले हामी कामदार हो,कुन गुणस्तरको हो ? त्यसबारे कुनै जानकारी छैन् । ठेकेदारले इटा,बालुवा र सिमेन्ट पठाई दिन्छ । हामी सुरवाईजरले भनेको स्थानमा जोडिदिन्छौ । यसबारे विस्तृत जानकारी त सम्बन्धित ठेकेदार र इन्जिनियरलाई नै हुने होला ।


महेशपुर भन्सारसम्म सडक फराकिलो गर्ने गरि बेलहिया—बुटवल सडक अयोजनाले नै हेर्ने गरि सडक विभागले टेण्डर गरेको थियो । ठूठीबारी जाने नेपाल भारत सिमा दशगजा देखी महेशपुर भन्सारसम्म कुल ३ सय ३६ मिटर सडक फराकिलो गरि दुबै किनारमा ढल निर्माण,ढल माथि ढक्कन,माटो पुर्ने,ग्राभेल गरि पिच गर्ने र रिटनिगँवाल सहितको काम गर्ने गरी २ करोड ६० लाखमा समन कन्ट्रक्सन प्रालि खैरहनी रुपन्देहीले ठेक्का कबोल गरि काम गरिरहेको छ । मंसिर भित्रै सकिने ठेक्का हालसम्म २५ प्रतिसत मात्र काम भएको छ । परियोजना कार्यालय समेत हटेर अहिले सो कामको अनुगमन,मुल्याँकन,नियमन गर्ने कार्य सडक डिभिजन कार्यालयको जिम्मामा गएको छ । तर ठेक्का एउटा निकायले गर्ने र नियमन आर्को निकायले गर्ने अहिलेको समस्याले पनि भ्रष्टाचार र अनियमितता हुने गरेको पाइएको छ ।
ठेकेदारले ढलमा अवल इटाको सट्टा सिम इटा प्रयोग गर्ने,स्थानिय खोलाकै माटो मिश्रित बालुवा प्रयोग हुदा गुणस्तरहिन काम भईरहेको स्थानियले आक्रोस पोखेका छन् । नजिकै भन्सार कार्यालय र सिमा प्रहरी कार्यालय पनि छन्ु,उनले भने, तर त्यसबारे सम्बन्धित सरकारी निकायमा जानकारी गराउने समेतका कार्य नगर्दा ति कार्यालयका प्रमुखहरु पनि ठेकेदारको दवाव र प्रभावमा परेको हुन सक्ने आशँका पनि स्थानियबासीको छ । एउटा सरकारी निकायको काम जे जस्तो सुकै होस,जान्ने बुझ्ने चाहना पनि राख्दैनन् उनले आक्रोसित मुद्रा भने,स्थानियबासीको पहुँच बुटवल र काठमाडौसम्म पुग्दैनन् । सडकमा भई रहेको अनियमितताबारे सम्बन्धित सडक हेर्दै आएका इन्जिनियर दुगौ भण्डारीले भने, केही कमसल इटाहरु पनि इटा सप्लाई गर्ने इटा भट्टाले मिसावट गरि पठाउने गरेको छ,मिसावट इटालाई छानेर सकेसम्म फिर्ता पठाउने गरेको प्रतिकृया उनले दिए । तर निर्माण स्थलमा आई सकेका कुनै पनि समाग्रि फिर्ता नभएको भनाई स्थानियबासीको रहेको छ । कसैले विरोध गरेमा केही इटा दुई चार दिनसम्म प्रयोग नगर्ने तर लुकिपिछी फेरी त्यही निर्माण कार्यमा यस्ता कमसल समाग्रि प्रयोग हुने गरेको स्थानियको दाबी थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *