परासी हाटबाजर क्षेत्रमा बालउद्यान सहितको दशै मेला तयारी तिब्र

नवलपरासी,१६ असोज
जिल्लाको रामग्राम नगरपालिका वार्ड नं.२ स्थित साप्ताहिक हाटबजारलाई दशै देखी छठसम्म दैनिक रुपमाम सञ्चालन गर्ने गरि योजना पुर्ण रुपमा सञ्चालनमा नआए पनि दशै लक्षित मेलालाई भब्य बनाउन सो वार्डका वार्ड अध्यक्ष अगाडी सरेका छन् । केही दिन पहिला हाटबाजर रहेको वार्ड नं.२ का वार्ड अध्यक्ष निरज रौनियारले दशै सस्तो बजार बनाउने गरी दैनिक बजार सञ्चालन गर्ने गरि विभिन्न पक्षसँग छलफल चलाउदा नगरपालिकाले खासै चाँसो नलिए पछि अहिले सस्तो दैनिक बजारको योजना स्थगित गरि दशै मेलालाई ब्यवस्थित र भब्य बनाउने अग्रसरता लिएका हुन् ।
विगत साढे चार दशक देखी दशै मेला जिल्लाकै ठूलो मेलाको रुपमा चिनिदै आएको मेला हो,उनले भने, तर एक दिवसिय मेलाले खासै परासी बजारको प्रवद्र्धन हुन सकेको थिएन् । यो बर्ष देखी ढिलो भए पनि अहिले बाल उद्यान थपेका छौ । यसले बालबालिकालाई दशै भरि आकर्षित र मनोरन्जन गराउने विश्वास लिएका छौ । बाल उद्यानमा रोटे पिँग,रेल,डुगाँ पिगँ जस्ता मनोरन्जन लिन सक्ने छन् । बजारमा साँस्कृतिक कार्यक्रम र कुस्तिको समेत आयोजना हुदैछ । अहिले सो स्थानलाई सरसफाई गर्ने कार्य भई रहेको उनले देखाएका थिए ।

आउदो दिनमा आफ्नै वार्ड स्तरिय बजेटबाट बजेट विनियोजना गरि हाटबजारलाई भब्य र ब्यवस्थित सस्ता बजार सञ्चालन गरिने छ । यो बर्ष बिजयादशमीको दिन लाग्ने मेला थप आकर्षक बनाउन बालउद्यान थपिएको छ । दशै पछि यदि बालउद्यान राम्ररी चल्न सकेमा त्यसलाई छठसम्म नै निरन्तरता दिन सकिन्छ, उनले थपे, यसमा परासी बजार तथा आसपासका बासिन्दाले पनि सघाउनु पर्छ । एकल प्रयासले जे सम्भव भयो,त्यो गर्न लागि परेको उनको भनाई थियो । नगरपालिकालाई ठेक्का लगाउदै राजश्व उठाउने बाहेक अरु नगरबासीलाई केही दिन सोच छैन्,तर वार्ड अध्यक्ष रौनियारले यसरी यो बालउद्यान थपेर मेलालाई भब्य बनाउने कार्य सराहनिय रहेको सोही वार्डका एमाले नेता रमेश यादवले बताए । अगामी बर्षमा वार्डकै योजनामा पारेर यसलाई ब्यवस्थित गराउनेमा वार्डबासीले सहयोग गर्ने उनले बताए ।


नेपाली नागरिक सस्तो भनेर भारतिय ठूठीबारी बजार जाने र त्यहा झन महगोँमा मालसमान किन्नु पर्ने बाध्यता छ । परासी हाटबाजरको संरचनाको उपयोग गर्दै दशै सस्तो बजार कार्यक्रम वार्डले ल्याउनु वार्ड अध्यक्षको सोच सकारात्मक भएको उद्योग बाणिज्य संघका पुर्व बाणिज्य उपाध्यक्ष समेत रहेका हाटबजार ब्यवसायि राधेश्याम अग्रहरीले भने,तर नगरपालिकाले त्यसको स्वामित्व ग्रहण गर्न नसक्नु दुःखद हो । नगरपालिकाले बजारबाट ठेक्का लगाएर लाखौ राजस्व संकलन गर्छ । ति राजस्वले त्यहाँका कर्मचारी पालिने गरेका छन्,तर त्यही बजार त्यही स्थानलाई उपभोतmा ब्यवसायिलाई पनि राहत मिल्ने गरि योजनाबाट विमुख हुनु नगरबासी प्रतिको वेईमानी भएको बताए ।

जे भए पनि अहिले दशै मेला लक्षित गरि वार्ड अध्यक्ष रौनियारले कम्तीमा पनि बालबालिकालाई मनोरन्जन गराउने गरि बालउद्यान सञ्चालन गरिने कार्य प्रशंसनिय रहेको उनले बताए । उनले थपे , वार्ड अध्यक्ष रौनियारले के कस्तो सहयोग ब्यवसायिबाट चाहन्छ ? त्यसको प्रारुप बनाईनु पर्छ । त्यसमा ब्यवसायिहरुको साथ र सहयोग रहने छ । बजार ब्यवस्थित हुने गरि बजारमा दुई वटा सार्वजनिक सौचालय छ । दर्जनौ सेडहरु रहेका छन् । बजार भरि नै ब्लक राखेर धुलो हिलो मुतm बनेको छ । झरही किनारमा खुल्ला स्थान पनि रहेको छ । भैरहवा भुमही सडकसँग जोडिएको परासी हाट बजारमा दशै सस्तो बजार सञ्चालनले बाजर मात्रै नभई एक प्रदर्शनी स्थलको रुपमा विकास हुने उनको भनाई थियो । किसानका लागि संकलन केन्द्र,ब्यवसायिका लागि बिक्री केन्द्र र उपभोतmाका लागि एक मेला महोत्सवको रुपमा सञ्चालन हुने हुदा स्थानियबासी उत्साही देखिएका छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *