सरावलको जनता मावि मनरीमा विद्यार्थीहरुकै सञ्चार समुह गठन
जिल्लाको सरावल २ स्थित जनता नमुना माध्यमिक विद्यालयका बालबालिकाहरुले सञ्चार समुह गठन गरेका छन् । विद्यालयमा पठन पाठनसंगै विद्यालय तथा समुदायका गतिविधिलाई समाचार बनाई प्रकासन÷प्रशारण गर्ने उदेश्यले सो सञ्चार समुह गठन गरेका हुन् ।विद्यालयले नमुना कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई नै सञ्चार सिप तथा समाचार लेखन सम्बन्धि दुइ दिने तालिम गराएरको थियो । तालिम लिएका विद्यार्थीहरुले विद्यालयका विभिन्न गतिविधिलाई समेटेर समाचार बनाउने तथा विद्यालयको बेभसाईट मार्फत प्रकाशन÷प्रशारण गर्ने गर्नका लागि सञ्चार समुह गठन गरिएको विद्यालयका समाजिक शिक्षक श्रवण सहानीले जानकारी गराए । विद्यालयले आफ्नै वेभसाईट बनाई सकेको छ,उनले भने, त्यसमा समाचार अपलोड गर्न सक्छन् । विद्यालयको गतिविधि सार्वजनिक रुपमा जानकारी हुनुका साथै विद्यार्थीहरुले पढाईसंगै शिप पनि सिक्ने अवसर भएको उनको भनाई थियो । पहिला बालबालिकाहरुले भित्ते...



