समाचार

सुस्ताका बंगुरपालक किसानलाई तालिम सहित प्रविधि हस्तानान्तरण
समाचार, सुस्ता गाउँपालिका

सुस्ताका बंगुरपालक किसानलाई तालिम सहित प्रविधि हस्तानान्तरण

नवलपरासी,२७ कातिक,जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्र बंगुर पालन गर्दै आएको किसानलाई बंगुर पालन तालिमसँगै प्रविधि हस्तानान्तरण गरेको छ । परम्परागत रुपमा बंगुर पालन गरि जिविकोपार्जन गर्दै आएका किसानलाई ब्यवसायिक बंगुर पालन तालिममा आधुनिक तरिकाले पशुपालन गर्नुका साथै सरफाई,पोषण आदीका लागि ब्यवहारिक शिक्षासँगै प्रविधि हस्तान्तरण गरेको हो । गाउपालिका भित्र परम्परागत रुपमा ४० जना बंगुर पालन गर्दै आएका किसान छनौट गरि उनीहरुलाई ब्यवसायिक तालिम प्रदान गरि प्रविधि हस्तानन्तरण गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । उनकाअनुसार नर्सही र रुपौलिय गरि दुई स्थानमा तालिम गरिएको थियो । तालिममा सरावल गाउपालिका पशु शाखाका प्रमुख ऐन अर्याल र सुस्ता गाउपालिका पशु शाखाकी प्रमुख इन्द्रा पुनले ब्यवसायिक बंगुर पालन सम्बन्धि प्रशिक्षण दिएका थिए । दुई दिने तालिम ...
सरावल गाउपालिका अध्यक्ष चौधरीद्धारा अलपत्र महिलाको उद्धार
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिका अध्यक्ष चौधरीद्धारा अलपत्र महिलाको उद्धार

नवलपरासी,२४ कातिकजिल्लाको सरावल गाउपालिका १ खोखरपुरामा मानसिक सन्तुलन गुमाएकी एक महिलाको गाउपालिकाले उद्धार गरि मानव सेवा आश्रमलाई हस्तानान्तरण गरेको छ । इस्लामपुरघर बताउदै आएकी उतm अन्दाजी ३५ बर्षिय महिलालाई सस्थासँग समन्वय गरेर गाउपालिकाले उद्धार गरेको हो । स्थानियबासीले अलपत्र अस्थामा रहेकी महिलाको अवस्थाबारे जानकारी गराए पछि गाउपालिकाको पहलमा मानव सेवा आश्रम बुटवलको जिम्मा लगाइएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराए । उतm मानसिक संतुलन गुमाएकी महिलाको पहिलो स्वास्थ्य उपचार गर्ने आवश्यकता महशुस गरेर सो क्षेत्रमा काम गर्दै आएको सस्थासँग समन्वय गरिएको अध्यक्ष चौधरीले बताए । उपचार पछि आवश्यक थप सेवाका लागि गाउपालिकाले समेत पहल गर्ने उनको भनाई थियो । गाउपाािलकाले गाउपालिका भित्र सबै भन्दा पहिला मानविय सेवालाई नै प्राथमिकतामा राखेर काम गर्दै आएको जनाएको छ ।...
कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट) र रामग्राम स्तुप परिसरमा ‘हजार बत्ति’ बालियो
रामग्राम नगरपालिका, समाचार, सुस्ता गाउँपालिका

कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट) र रामग्राम स्तुप परिसरमा ‘हजार बत्ति’ बालियो

नवलपरासी, २२ कातिक,जिल्लाको प्रमुख दुई बौद्ध तिर्थ स्थलमा कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइएको छ । बौद्ध संस्कृतिमा कार्तिक पुर्णिमाको दिनलाई पनि भब्य रुपमा उत्सवको रुपमा मनाईदै आएको हुदा यो बर्ष देखी यि प्रमुख दुई बौद्ध तिर्थ स्थलमा हजार बत्ति बालेर मनाइएको हो । पिस क्लब इन्टरनेसनलको आयोजनामा स्तुपा परिसरमा हजार बत्ति बालिएको थियो,भने अनोमाघाटमा सुस्ता गाउपालिकाकै आयोजनामा हजार बत्ति बाल्ने कार्यक्रम भएको थियो । भगवान गौतम बुद्धको अस्तुधातुमा धातु प्रार्थना गरि हजार बत्ति बालिएको क्लबका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराए । यो पहिलो कार्तिक पुर्णिमा उत्सव हो, उनले भने, अगामी दिनमा यसलाई अझै भब्य बनाउदै लैजान्छौ । अगामी बर्षमा मेलाको समेत आयोजना गरिने छ । त्यसै गरि सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) म...
कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट)मा “हजार बत्ति बाल्ने” कार्यक्रम
समाचार, सुस्ता गाउँपालिका

कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट)मा “हजार बत्ति बाल्ने” कार्यक्रम

नवलपरासी,जिल्लाको सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गर्ने भएको छ । परापुर्वकाल देखी कातिक पुर्णिमामा मेला लाग्दै गएको तर पछिल्लो समय बौद्ध तिर्थ स्थलको रुपमा अनोमाघाट त्यही भएको घोषणा पश्चात बौद्ध मान्यता अनुसारका कार्यक्रम थपिने क्रममा यो बर्ष देखी पुर्णिमाको साझ हजार बत्ति बाल्ने कार्यक्रम राखिएको गाउपालिकाले जनाएको हो ।नेपालको बोधगायको रुपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । अहिलेको कातिक पुर्णिमा बौद्ध मान्यता अनुसार धेरै महत्वपुर्ण दिन रहेकोले त्यसलाई ब्यापकता दिनका लागि हजार बत्ति बाल्ने कार्यक्रम आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । कातिक पुर्णिमा कातिक २२ गते परेको छ । यसका लागि गाउप...
वर्दघाट नगरपालिकाले गर्यो त्रैमासिक प्रगति समिक्षा कार्यक्रम
बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाले गर्यो त्रैमासिक प्रगति समिक्षा कार्यक्रम

नवलपरासी,जिल्लाको वर्दघाट नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को तिन महिनाको कार्य प्रगति विवरण सहितको त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामै पहिलो पटक त्रैमासिक रुपमा कार्यप्रगति सार्वजनिक गर्ने र समिक्षा गर्ने पहिलो नगरपालिका हो ।सार्वजनिक गरिएको उतm ५६ बुदे प्रगाति विवरणमा शिक्षा,कृषि विकास,योजना अनुगमन,नगर प्रशासन,न्यायिक कार्य र वार्डहरुबाट सम्पादन हुने कार्यहरु उल्लेख गरिएको छ । त्यसै गरि राजश्वमा हालसम्म ३१.३१ प्रतिसत राजश्व संकलन भएको जनाइएको छ । बार्षिक ५ करोड ६० लाख राजश्व उठाउने लक्ष्यमा हालसम्म १ करोड ७५ लाख ३७ हजार ९ सय ७६ रुपिया राजश्व संकलन भएको छ । राजस्व बढाउनका लागि कर सहभागिता अभियान २०७९ घोषणा गरि वार्ड कार्यालय मार्फत अभियान लैजानका लागि उत्प्रेरित गरिएको छ । सार्वजनिक जग्गाको अभिलेखिकरणका लागि पनि जिम्मेवारी बाडिएको छ । पन्जीकरण तर्फ जन्मदर्ता ३ सय ६...
नवलपरासी क्षेत्र नं. १ का जित्ने सांसदद्धय मन्त्रि बने, सडक बनेन
समाचार

नवलपरासी क्षेत्र नं. १ का जित्ने सांसदद्धय मन्त्रि बने, सडक बनेन

नवलपरासी,जिल्लाको पुर्वि क्षेत्रका साँसद र प्रदेश साँसद मन्त्रि बने तर सो क्षेत्रको सडक नबनेको गुनासो स्थानियबासीले गरेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं.१ साँसद हृदेश त्रिपाठी संघिय मन्त्री बने क्षेत्र नं.१(ख)का प्रदेश साँसद अजय बहादुर शाही प्रदेश सरकारका मन्त्री भए पनि सोही क्षेत्रको प्रमुख सडक महेशपुर —त्रिवेणी सडक जिर्ण सडक बन्न नसकेको गुनासो गरेका हुन् ।चुनावको बेला घरदैलोमा पुग्ने र विभिन्न आश्वासन बाड्ने नेता जितेर गए पछि गाँउका घरदैलो बिर्सने र आफ्नै दुनो सोच्याउनमा ब्यस्त हुने गरेको आरोप स्थानियको छ । यसको प्रत्यक्ष उदाहरण हुन सोही क्षेत्रका दुई साँसद त्रिपाठी र शाही । आफ्नो बलबुतोमा जित्न नसक्दा एमालेको बैशाखी लिए र त्यसको आडमा साँसद बने पछि विभिन्न तिगडम गरि दुबै जना मन्त्री पनि भए तर जनताले जनताको आधार भुत सडक मर्मत हुन नसकेन् । जिर्ण बन्दै गएको छ । विगत बर्षमा सर्वदलिय प्रत...
भक्सिपुरको ‘होचो पुल’ सांसद कण्डेलमाथि प्रश्न
पाल्हिनन्दन गाउँपालिका, समाचार

भक्सिपुरको ‘होचो पुल’ सांसद कण्डेलमाथि प्रश्न

नवलपरासी,जिल्लाको पाल्हीनन्दन २ स्थित झरहीखोला भक्सिपुरको होचो पुल अहिले चुनावी ऐजेण्डा बन्न थालेको छ । विगत तिन दशक देखी उतm होचो पुलको विकल्पमा नयाँ पुल किन बन्न सकेन ? भनेर स्थानियले सो पुललाई अहिलेको चुनावी मुख्य एजेण्डा बनाउन थालेका हुन् ।समाजिक सञ्जाल देखी घरदैलोमा भोट माग्न आउने राजनीतिक दलको नेता तथा उमेदवारसँग कहिले बन्छ ? पुल भनेर प्रश्न गर्न थालेका छन् । जिल्लाकै प्रमुख महेशपुर नाकासँग जोड्ने उतm पुल सम्भवतः पुर्व पश्चिम राजमार्ग बन्दाको समकालिन पुल हो । अहिलेसम्म पनि सोही पुलले भारतिय बजार ठूठीबारी जाने र राजमार्गसँग जोड्ने सुनवल—परासी—महेशपुर सडकको सबै भन्दा पुरानो र लामो पुल हो । जमिनको सतह देखी पनि करिब डेढ मिटर होचो पुल छ । बाढीको बेला आवागन बन्द प्राय हुने गरेको छ । जोखिम मोलेर स्थानियहरु बाढी र बर्षायाममा आवत जावत गर्ने गरेका छन् । पुलको निर्माण हरेक चुनावको बेला उठ्ने गर...
किसानलाई आलुमै सम्भावना खोज्न प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र
रामग्राम नगरपालिका, समाचार

किसानलाई आलुमै सम्भावना खोज्न प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र

नवलपरासी,‘तालुमा आलु फल्नु’ नेपाली उख्खान नेपाली युवा किसानलाई अहिले पनि उत्तिकै महत्व भएको एक कार्यक्रममा बताइएको छ । विगतमा उख्खानको रुपमा रहेको यो वाक्य अहिले पनि चरितार्थ हुन सक्ने बेरोजगार युवा तथा किसानलाई आलुमै सम्भावना खोज्ने अवस्था आएको कृषि ज्ञान केन्द्र नवलपरासीमा आयोजना गरिएको एक कार्यक्रममा बताइएको हो ।नेपालमा आलु खेतीमा अवसर खोज्ने हो भने अहिले नेपालमा आलुको बजार ठूलो सम्भावना रहेको आलु विज्ञको रुपमा चिनिदै आएका श्याम प्रसाद ढकालले बताए । कृषि ज्ञान केन्द्रले जिल्लामा आलु खेती प्रवद्र्धन कार्यक्रममा प्रस्ताव पेश गरेका आलु किसानलाई अभिमुखीकरण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सो कुरा उनले बताएका हुन् । नेपालमा आलु खेती र आलु खेतीमा लाग्ने किसानलाई अवसर उत्तिकं रहेको छ, ढकालले भने, किसानले अवसर चिन्न सक्नु पर्छ । तालुमा आलु फल्नु अर्थात किसानको भाग्य सप्रिने नेपालमा ठूलो...
समाजिक सुरक्षा सेवा प्रभवाकारी बनाउन परिचयपत्र
समाचार, सुस्ता गाउँपालिका

समाजिक सुरक्षा सेवा प्रभवाकारी बनाउन परिचयपत्र

नवलपरासी,जिल्लाको सुस्ता गाउपालिकाले समाजिक सुरक्षा कार्यलाई प्रभावकारी बनाउन बेला बेला निवेदन संकलन गरि अपाँग परिचयपत्र बितरण कार्य गराउदै आएको छ । अपाँग परिचयपत्र प्राप्त गरे पश्चात उनीहरुले पाउने समाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधा पाउने हुदा सो कार्यलाई प्राथमिकतामा राखि काम गरिने गरिने गरिएको हो ।सरकारबाट पाउने सेवा सुविधाका लागि अपाँग परिचयपत्र आवश्यक पर्ने भएको हुदा सेवा प्रवाह पुर्व नै निवेदन संकलन गरि महिला बालबालिका तथा समाजिक विकास शाखा मार्फत गाउपालिकामै अपाँग परिचयपत्र बनाउने गरिएको छ । निवेदन संकलन भए पछि चिकित्सकलाई गाउपालिकामै बोलाएर सिफारिस गराउने र परिचयपत्र वितरण गर्ने कार्य भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । अपाँगलाई सेवा सुविधा प्रवाह गर्नका लागि परिचयपत्र आवश्यक पर्छ,उनले भने, त्यही भएर बेला बेला चिकित्सक गाउपालिकामै बोलाएर चेक...
करोडौको तुरियाखोला पुल डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र
रामग्राम नगरपालिका, समाचार

करोडौको तुरियाखोला पुल डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र

नवलपरासी,जिल्लाको रामग्राम १५ स्थित तुरियाखोला पुलको डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र परेको छ । पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले पुलको डिजाईन नै फेल भएर निर्माण कार्य अलपत्र परेको हो ।सडक पुर्वाधार विकास कार्यालय(आरआईडिओ) मणिग्राम रुपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उतm पुलको निर्माण कार्यको जिम्मेवारी एम/एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रुपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए । पुल निर्माणको डिजाईन नै फेल होला भनेर लागेको थिएन् होला । अहिले पुलको डिजाईन नै फेल भएको देखिएको छ,स्थानिय बलिराम कोईरीले भने,स्थानिय स्तरमा नपुगि सम्भवतः इन्जिनियरले सो पु...