शैक्षिक बेरोजगारलाई रोजगारी दिनका लागि सुचिकृत हुन युवाहरुलाई आग्रह

नवलपरासी,
जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भित्र शैक्षिक बेरोजगार भएर बसेका युवाहरुलाई रोजगारी उपलब्ध गराउनका लागि सुचिकृत हुन आग्रह गरेको छ । अन्य वेरोजगार युवायुवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले समेटे पनि शैक्षिक युवालाई छुट्टै शैक्षिक बेरोजगार युवालाई पनि रोजगारी उपलब्ध गराउनका लागि गाउपालिकाले गाउमा काम नपाएर बसेका शैक्षिक युवालाई सुचिकृत हुन आग्रह गरेको हो ।

Health Advertisement
Health Advertisement

अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम मार्फत ति शैक्षिक बेरोजगार युवालाई विद्यालयहरुमा शैक्षिक जनशतिm परिपुर्ति गरि शैक्षिक गुणस्तर सुधार गर्ने र बेरोजगार युवालाई रोजगारीको पनि अवसर सृजना गर्ने गरि गाउपालिकाले बार्षिक कार्यक्रम बनाएको थियो । त्यही कार्यक्रम अनुसार शैक्षिक बेरोजगारको सुचि तयार गर्न लागिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कातिक १७ गते भित्र कक्षा १२ पास गरेका वा सो भन्दा माथिका शैक्षिक बेरोजगार भई कुनै पेशा वा ब्यवसाय शुरु नगरेका युवाहरुलाई सुचिकृत हुन आग्रह गरिएको छ,प्रमुख प्रशासकिय अधिकृत घिमिरेले भने,सुचिकृत हुनका लागि युवाहरुले भर्ने फर्म पनि बनाइएको छ । फर्मेट अनुसारको सुचना भरेर गाउपालिकालाई उपलब्ध गराउन वार्ड कार्यालय मार्फत आग्रह गरिएको छ ।
सुचिकृत हुन चाहने ब्यतिmले निवेदन,नेपाली नागरिकताको प्रमाणपत्र,सबै शैक्षिक योग्यताको प्रमाणपत्र,अध्यापन अनुमतिपत्र प्राप्त गरेको भए सो प्रमाणपत्र र विगतमा काम गरेको भए त्यसको अनुभवन प्रमाणपत्र सहित सुचिकृत हुनु पर्ने छ । सुचिकृत भए पश्चात रोजगारीका लागि गाउपालिकाले उपयुतm निर्णय गरि उपयुतm स्थानमा काम गर्ने गरी रोजगारी प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *