प्रगतिशील सहकारीको साढे ६ करोडको कारोबार र १३ लाख नाफा

नवलपरासी,
जिल्लाको सुनवल ९ स्वाठी स्थित प्रगतिशील बचत तथा ऋण सहकारी सस्थाले बार्षिक साढे ६ करोडको कारोबार गर्दै १३ लाख ६३ हजार नाफा आर्जन गरेको छ । २०६३ सालमा स्थापना भएको उतm सहकारीले शनिवार आफ्नो १६ औ बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी गराएको हो ।
सहकारी विगत भन्दा अहिले जनताको भरोसामन्द बन्दै गएको र स्थानियको आकर्षण समेत सहकारी प्रति बढदै जादा कारोबार बढेको र कारोबार बढदा नाफामा उल्लेख्य वृद्धि भएको सहकारीका अध्यक्ष रामचन्द्र भण्डारीले बताए । सहकारीले बचत ऋण सहकारी भएको हुदा सेयर सदस्यहरुसँग बचत गर्ने र तिनै सेयर सदस्यहरुमा ऋण लगानी गर्नुको अतिरितm समाजिक कार्य समेत गर्दै आएको जानकारी गराएका थिए । सहकारीले शिक्षा क्षेत्रमा सेयर सदस्य वा सेयर सदस्यका सन्ततीले उत्कृष्ट अंक ल्याई पास गरेको खण्डमा छात्रवृति तथा सम्मान कार्यक्रम गर्दै आएको छ,भने एकल महिलालाई बार्षिक रुपमा नगद सहित सम्मान गर्ने कार्य पनि गर्दै आएको छ ।
अहिलेको साधारणसभाको अवसर पारेर सहकारीले २६ जना एकल महिलालाई नगद सहित सम्मान गरेको अध्यक्ष भण्डारीले बताए । साथै उनले एसईई,एसएलसी र स्नातक तहमा उत्कृष्ट अंक ल्याएर पास गर्न सेयर सदस्यका सन्तानलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेको थियो । सहकारीका सेयर सदस्य तथा सल्लाहकार समितिका संयोजक समेत रहेका बलराम सापकोटाका छोरा र छोरी दुबैले राम्रो अंक ल्याएर पास गरे वापत उनलाई सम्मान समेत गरिएको थियो । सहकारीमा ४ सय ८३ र पुरुष ४ सय २३ गरि कुल ९ सय ३ जना सेयर सदस्य रहेका छन्भने १ सय ७ जना बालक र १ सय २५ बालिका गरि २ सय ३२ जना बालबचत कर्ता पनि सहकारीसँग आवद्ध रहेका छन् ।
सहकारीले गत असारसम्म ७ करोड ७४ लाख ७१ हजार ६ सय ४० कुल पुँजी भएको समेत जानकारी अध्यक्ष भण्डारीले गराएका थिए । जस्मा सयेर पुँजी ८१ लाख ५१ हजार १ सय ५३ रहेको छ । जगेडाकोष २५ लाख ८८ हजार ७ सय ४७ रहेको छ । निक्षेप(बचत) रकम ६ करोड ५५ लाख ४३ लाख ५ सय २५ रहेको छ । जोखिम कर्जा कोषको रुपमा १२ लाख ८३ हजार ६ सय ४३ रहेको जानकारी गराइएको थियो । सहकारीले सस्थामै प्रत्यक्ष ३ जनालाई रोजगारी प्रदान गरेको छ । सहकारी स्थापना हुदा जम्मा ४२ जना सेयर सदस्य र २१ हजार पुँजीले शुभारम्भ भएको थियो,अध्यक्ष भण्डारीले भने,अहिले सहकारीले फड्को मार्दै भण्डै हजार सेयरमा पुर्याएको र करोडको कारोबार गर्न पाएकोमा सस्थापक हामी सबै खुशी छौ । सहकारीले बैंक प्रतिको नर्भरतालाई घटाएको छ । यसले स्थानियलाई साँहु महाजनको मिटरब्याजी ऋणबाट पनि मुतिm दिलाएको उनले बताएका थिए ।
अध्यक्ष भण्डारीका अनुसार सहकारीले विभिन्न प्रकारका बचत कार्यक्रम ल्याएर बचत वृद्धि गर्दै लगानी बढाउदै आएको छ । जस्मा नियमित मासिक बचत,खुत्रुके बचत,पर्व बचत,दैनिक बचत,बालहित बचत,कर्मचारी उपदान बचत,ऐच्छिक बचत,जेष्ठनागरिक बचत,नारी बचत,सेयरवृद्धि बचत,पेन्सन बचत गर्दै आएको छ । त्यसैगरि लगानी तर्फ पनि विविधता दिदै ब्यवसायिक कर्जा,नवउद्यमी कर्जा,बाखा्रपालन कर्जा,गाईभैसी पालन कर्जा,कुखुरापालन कर्जा,माछापलन कर्जा,मौरीपालन कर्जा,सब्जी खेती कर्जा,पुष्प खेती कर्जा,उखु खेती कर्जा,रोजगार कर्जा,लघुवित्त कर्जा,सवारीसाधन कर्जा,फलफूल खेती कर्जा,नीजि बन कर्जा,शैक्षिक कर्जा,आकस्मिक कर्जा,घरजग्गा कर्जा,घरायसी उपकरण खरिद कर्जा,कर्मचारी उपदान कर्जा,साधारण कर्जा विभिन्न ब्याजदरमा उपलब्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *