रामग्रामले तिन महिनामा संकलन गर्यो झण्डै दोब्बर राजस्व

नवलपरासी,
जिल्लाको रामग्राम नगरपालिकाले गत बर्षको तुलनामा हालसम्म झण्डै दोब्बर राजश्व संकलन गर्न सफल भएको छ । राजस्व शाखाले करदता प्रवद्र्धन सहित राजश्व समितिका संयोजक समेत रहेकी उपप्रमुख(उपमेयर)को कृयाशिलताले राजश्व संकलन बढाउन सफल भएको हो ।
नगरपालिकाको राजश्व शाखाका तथ्याँक अनुसार गत आर्थिक बर्ष २०७८/०७९ को असोज मसान्तसम्ममा १ करोड ३६ लाख ९१ हजार १ सय ४३ रुपिया राजश्व संकलन भएको थियो,तर अहिले चालु आर्थिक बर्ष २०७९/८० को असोज २५ गतेसम्ममा २ करोड १२ लाख ३० हजार ९ सय ५९ रुपिया सकलन भएको छ । राजश्व संकलनमा विगतको बर्षको तुलनामा यो बर्ष सरकारी सम्पती बहाल करबाट सबै भन्दा बढि राजस्व संकलन भएको तथ्याँकले देखाएको छ । सो शिर्षकमा गत आर्थिक बर्षमा ११ लाख ८१ हजार २ सय ५६ रुपिया मात्र संकलन भएको थियो,तर अहिले चालु आर्थिक बर्षमा ९१ लाख २३ हजार २ सय ८७ रुपिया संकलन गरिएको छ । सरकारी निकायबाटै बहाल कर विगत बर्षमा संकलन हुन सकेको थिएन्,तर अहिले यो बर्ष सदरमुकाममा धेरै सरकारी कार्यालय रहेको तर किन थोरै राजस्व संकलन भई रहेकोबारे नगरपालिकाले चाँसो लिएको थियो । सरकारी निकायबाट बहाल करका लागि पहल भए पछि राम्रै राजश्व उठेको उपमेयर चौधरीले जानकारी गराएकी थिईन् ।
त्यसै गरि नगरपालिकाले ब्यवसायीहरुलाई पनि नगरक्षेत्र भित्र कार्यालय स्थापना गरि कारोबार गर्नेले ब्यवसाय दर्ता गराउनु पर्ने बाध्यकारी गराउन थाले पछि सो शिर्षकमा पनि राजस्व उठेको छ । त्यसमा गत बर्षमा ७ लाख ६६ हजार ४ सय ७९ रुपिया मात्र संकलन भएको थियो,तर अहिले सो रकम वृद्धि भएर १० लाख ७८ हजार १ सय ५० रुपिया पुगेको छ । विगतका बर्षको तुलनामा अहिलेको नव निर्वाचित जनप्रतिनिधिले फरक फरक क्षेत्रबाट राजस्व संकलनको क्षेत्रलाई पहिचान गर्दै राजस्व संकलनमा लागेको उपमेयर चौधरीको भनाई थियो । विगतमा प्रशासनिक तथा न्यायिक दण्ड सजायबाट राजस्व संकलन गर्ने देखिए पनि अहिले सो शिर्षकमा राजस्व कम उठेको छ । प्रशासनिक र न्यायिक क्षेत्रबाट दण्ड जरिवार राजस्व स्रोतको राम्रो स्रोत मानिदैन,उपमेयर चौधरीले भनिन्,त्यस शिर्षकलाई बढि प्राथमिकतामा राखिएको छैन् । त्यो भएर पनि कम रकम संकलन भएको हो । जबकी त्यो शिर्षक भन्दा अन्य शिर्षकबाटै परिचालन गर्न सकिए धेरै राजस्व उठाउन सकिदो रहेछ । अहिले नगरपालिका क्षेत्रमा रहेका औद्योगिक क्षेत्रलाई पनि राजस्वको स्रोत बनाउने लक्ष्य छ ।
जनताको सेवा प्रवाहमा शुल्क घटाउदै लैजाने र थप नयाँ नयाँ स्रोतको पहिचानले राजस्व बढाउने सम्भावना बढि देखिएको छ । नदी खोला नालाको सफाई र त्यसबाट निस्कने बालुवा भष्कट समेतबाट राजस्व उठाउन सक्ने आधार छ । राजस्वको दरमा पनि खासै वृद्धि गरिएको छैन्,उनले थपिन्,राजस्वको दर भन्दा दायरा बढाउने लक्ष्य नगरपालिकाको रहेको छ । त्यसैलाई प्राथमिकतामा राखिएको छ । सोही अनुसार काम पनि भई रहेको उनको भनाई थियो । अहिले राजस्व संकलन सम्बन्धित तालिम,सचेतना र आवश्यकता अनुसार शिविर समेत सञ्चालन गर्ने योजना रहेको छ । त्यसले जनतालाई स्वेक्षिक कर तिर्न हौसला प्रदान गर्ने छ । नगरपालिकाले सम्पतिकर,ब्यतिmगत सम्पतिकर,भुमिकर,बाहालकर,बहाल बिटौरीकर,वित्तिय तथा पुजिँगत कारोबार कर,ब्यवसाय दस्तुर,सरकारी सम्पति बहालबाट आय,विद्युत सेवा शुल्क,अन्य सेवा शुल्क,पार्किगँ शुल्क,नक्सापास दस्तुर,सिफारिस दस्तुर,नाताप्रमाणित दस्तुर,दण्ड जरिवाना लगायत २१ वटा शिर्षकमा राजस्व उठाउदै आएको छ । राजस्व तिर्न आउने सेवाग्राहीसँग गरने राम्रो ब्यवहारले पनि राजस्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने गरेको शाखाकी कर्मचारी निर्मला प्रजापतिले बताईन् । कर संकलनको बेला राम्रो परामर्शको आवश्यता छ,जुन हामी निरन्तर गर्दै आएका छौ,उनले भनिन्,कर उठाउदा करको महत्व समेत दर्साउदा करदाताहरु खुशी साथ कर तिर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *