विद्यालय स्वास्थ्य प्रभावकारी बनाउन रामग्रामले गर्यो योजना तर्जुमा

नवलपरासी,
जिल्लाको रामग्राम नगरपालिकाले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको योजना तर्जुमा गरेको छ । बालबालिकामा अझै पनि पोषणका लागि आवश्यक जनचेतना जगाउन नसक्दा कुपोषण कायम रहेको हुदा विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत हटाउने गरि योजना तर्जुमा गरिएको हो ।
नेपाली बालबालिका खान नपाएर होईन,खान नजानेर कुपोषणमा परेको उतm योजना तर्जुमा कार्यक्रममा बताइएको थियो । बालबालिकालाई विद्यालय खाजा कार्यक्रम प्रभावकारी बनाउनु पर्ने र त्यसका लागि जक्सफुड भन्दा स्थानिय स्तरमा पाईने पोषण युतm खाजा खुवाउनु पर्नेमा जोड दिइएको थियो । बालबालिकालाई आवश्यक पर्ने पोषण मध्ये ३० प्रतिसत पोषण विद्यालयबाटै दिनु पर्ने हुदा विद्यालय खाजा कार्यक्रम सरकारले ल्याएको हो । तर त्यसको प्रभावकारिता बढाउन नसक्दा खाजा नामको मात्र खाजा हुन पुगेको छ । यसलाई हटाउनका लागि स्वास्थ्यकर्मी र शिक्षक दुबै मिलेर काम गर्नु पर्ने बताइएको थियो ।
योजना अनुसार अब स्वास्थ्य शाखाले वितरण गर्ने आईरन चक्की तथा फोलिक एसिड सहितको पोषण स्वास्थ्य शाखाले वितरण गर्ने र खाजा कार्यक्रमलाई पोषणयुतm बनाउनका लागि विद्यालय र शिक्षकले गर्नु पर्ने छ । विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यसको समिक्षा र योजना तर्जुमा राखिएको स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले बताएका थिए । विद्यालय स्वास्थ्य कार्यक्रमको प्रमुख अंग पोषण पनि भएको हुदा प्रत्येक विद्यालयले स्थानिय स्वास्थ्य सस्थासँग सहकार्य गरेर अगाडी बढनु पर्ने शाखाले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *